SKIP TO MAIN CONTENT

कोभिड–१९ अपडेट: अङ्ग्रेजी नबोल्ने मुलुकबाट आएका आप्रवासी बुस्टर खोप लिनेमा पछाडि परेको अध्ययन देखायो

यो २९ सेप्टेम्बरको कोरोनाभाइरस अपडेट हो।

WET WEATHER SYDNEY
Pedestrians in the Sydney CBD. (file) Source: AAP / PAUL BRAVEN/AAPIMAGE

2 min read

Published

Updated

Source: SBS



Skip to article content

मुख्य बुँदा:

  • शुक्रबारको राष्ट्रिय मन्त्रीपरिषद बैठकमा न्यु साउथ वेल्सले आइसोलेसनको नियम हटाउने बारेमा कुरा उठाउने
  • विश्वमा कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या यस हप्ता १८ प्रतिशतले घट्यो

अस्ट्रेलिया नेशनल विश्वविद्यालयले गरेको एक पछिल्लो अध्ययनले अस्ट्रेलियामा कोभिड–१९ विरुद्धको खोप लगाउन रोकिएको हुन सक्ने खुलासा गरेको छ।

“कम आम्दानी भएका, अङ्ग्रेजी भाषा नबोल्ने मुलुकमा जन्मिएका वा ठुला सञ्चारमाध्यमको सूचनामा पहुँच नभएका, प्रमुख संस्थाहरू प्रति विश्वास नराख्ने वा उग्र विचारधारा भएका मानिसहरूले कोभिड–१९ को तेस्रो र चौथो डोज लिएका छैनन्,” अध्ययनमा भनिएको छ।

यसै गरी २५ देखि ३४ वर्ष उमेर समूहका मानिसले कोभिड–१९ को तेस्रो र चौथो डोज निकै कम लिएको पनि बताइएको छ।

पछिल्लो समय कोरोना पोजेटिभ पाइएका अस्ट्रेलियालीहरु मध्ये खोपको बुस्टर डोज निकै कमले मात्र लिएको पाइएको अध्ययनले देखाएको छ।

शुक्रबार हुने राष्ट्रिय मन्त्रीपरिषद् बैठकमा न्यु साउथ वेल्सका प्रिमीयर डोमिनीक पेरोटेको, अनिवार्य आइसोलेसनको नियमलाई हटाउने प्रस्तावका बारेमा छलफल हुने सम्भावना रहेको बताइएको छ।

गत ३१ अगस्टको मन्त्रीपरिषद् बैठकमा लक्षण नभएको खण्डमा आइसोलेसन नियमलाई सात दिनबाट पाँच दिनमा झार्ने सहमति भएको थियो।

न्यु साउथ वेल्स हेल्थले ओमिक्रनका बिए.५ र बिए.४ सब भेरीएन्ट बाहेकमा पनि निगरानी राखेको बताएको छ।

राज्यको अघिल्लो हप्ताको तथ्याङ्क अनुसार बिए.२.७५ र बिए.४.६ सब भेरीएन्टहरुले कुल सङ्क्रमणको क्रमशः १२.४ र ५.२ प्रतिशत ओगटेका छन्।

२५ सेप्टेम्बरसम्मको एक हप्ते तथ्याङ्क अनुसार सङ्क्रमण सङ्ख्यामा ११ प्रतिशतको कमी आएको र मृत्यु पनि १८ प्रतिशतले कम भएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ।

महामारी सुरु भए यता विश्वभर ६१ करोड २० लाख मानिसमा सङ्क्रमण भईसकेको छ भने ६५ लाख मानिसहरूको मृत्यु दर्ता गरिएको छ।

ऱ्यापिड एन्टीजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम

विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्

६० वटाभन्दा बढी भाषामा समाचार र जानकारी यहाँ उपलब्ध छ sbs.com.au/coronavirus

प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now