SKIP TO MAIN CONTENT

कोभिड–१९ अपडेट: टीजीएद्धारा ५ देखि ११ वर्षका बालबालिकालाई बुस्टर डोजको अनुमति

यो २१ सेप्टेम्बरको कोरोनाभाइरस अपडेट हो।

CHILD VACCINATIONS VICTORIA
A health worker administers a COVID-19 vaccine at a pop-up vaccination clinic in Melbourne. (file) Source: AAP / CON CHRONIS/AAPIMAGE

2 min read

Published

Updated

Presented by Krishna Pokhrel

Source: SBS



Skip to article content

मुख्य बिषय:

  • क्वीन्सल्याण्डमा सार्वजनिक यातायातमा फेस मास्क लगाउन नपर्ने।
  • विश्व स्वास्थ्य सङ्गठनद्वारा दुई एन्टीबढी उपचार विधिको प्रयोग नगर्न सुझाव।
  • विश्वका स्वास्थ्य अधिकारीले नयाँ दुई सब भेरीएन्ट पत्ता लगाए।

थेराप्यूटीक गुड्स एडमिनीस्ट्रेशनले फाइजरको खोप ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाका लागि अनुमोदन गरेको छ।

यद्यपि अस्ट्रेलियाको खोप सम्बन्धी सल्लाहकारी समितिले (अटागी) भने यसका बारेमा विचार गरिरहेको र स्वास्थ्य मन्त्रीलाई राय दिने बताएको छ।

क्वीन्सल्यान्ड, सार्वजनिक यातायात, राइड सेयर र ट्याक्सीमा फेस मास्कको अनिवार्यतालाई हटाउने पछिल्लो राज्य बनेको छ।

त्यहाँका बासिन्दाले ट्याक्सी ऱ्यान्क, ट्रेन प्लेटफर्म लगायतमा सवारी कुर्दा पनि मास्क लगाउनु नपर्ने भएको छ।

भिक्टोरिया र एसीटीमा भने अझै पनि सार्वजनिक यातायात र ट्रेनमा फेस मास्क प्रयोग अनिवार्य छ।

एसीटीले महिनाको अन्त्यमा यो नियम हटाउने बताएको छ।

अस्ट्रेलियाभरका राज्य तथा प्रदेशहरूका कोरोनाभाइरस सम्बन्धी पछिल्लो तथ्याङ्क लागि यहाँ हेर्नुहोस्

स्वास्थ्य एवम् बृद्धस्याहार सम्बन्धी सहायक मन्त्री जेड केर्नीले सरकारले कोभिड–१९ खोप र सङ्क्रमणका बारेमा अध्ययनमा लगानी गर्ने बताएका छन्।

उक्त अध्ययनले मृगौला, एचआइभी, अङ्ग दान लिएका र अन्य दीर्घ रोग लागेका वयस्क एवम् बालबालिका पर्ने प्रभावका बारेमा अध्ययन गर्ने बताइएको छ।

विश्व स्वास्थ्य सङ्गठनले सोट्रोभिम्याब र क्यासिरीभिम्याब–इम्डेभिम्याब एन्टीबढी उपचार विधिका बारेमा चेतावनी जारी गरेको छ।

यी उपचार विधि कोभिड–१९ लागि काम नलाग्ने उक्त संस्थाले जनाएको छ।

बिएफ.७ नाम गरेको नयाँ भेरीएन्टका बारेमा अनुसन्धानकर्ताहरुले पत्ता लगाएका छन्।

बिए.५.२.१.७ नाम गरेको नयाँ भाइरस बेल्जियममा २५ प्रतिशत सङ्क्रमण फैलाउन र फ्रान्स, जर्मनी र डेनमार्कको सङ्क्रमणको १० प्रतिशत ओगटेको बताइएको छ।

अर्को बिए.४.६ का बारेमा पनि अनुसन्धान भइरहेको छ। अमेरिकाको कुल सङ्क्रमणमा नयाँ भाइरसले १० प्रतिशत ओगटेको छ।

ऱ्यापिड एन्टीजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम

विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्

६० वटाभन्दा बढी भाषामा समाचार र जानकारी यहाँ उपलब्ध छ sbs.com.au/coronavirus

प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now