Latest

कोभिड-१९ अपडेट: टिजिएद्वारा र्‍यापिड एन्टीजेन टेस्ट वितरकलाई आवश्यक जानकारी नदिएको भन्दै जरिवाना

कोभिड-१९ सम्बन्धी बिहीबार, ११ अगस्ट २०२२ को अस्ट्रेलियाली अपडेट।

COVID19 RAT TEST DELIVERY

TGA said 2San Pty Ltd allegedly failed to provide information within the specified timeframe to demonstrate the ongoing minimum level of sensitivity of two COVID-19 RATs. (file) Source: AAP / JOEL CARRETT/AAPIMAGE

मुख्य बुँदाहरू:
  • न्यु साउथ वेल्समा कोभिड-१९ का कारण एक ज्यान गुमाउनेहरूको साप्ताहिक दरमा २२ प्रतिशतको वृद्धि
  • भिक्टोरियामा नयाँ जेनरलसर्जरी केन्द्र खोलिँदै
  • विश्व स्वास्थ्य सङ्गठनको रिपोर्टमा पश्चिम प्यासिफिक क्षेत्रमा साप्ताहिक सङ्क्रमणमा २९ प्रतिशतको वृद्धि दर्ता
बिहीबार, अस्ट्रेलियामा कम्तीमा पनि ५० जनाको कोभिड-१९ का कारण मृत्यु भएको छ। जसमध्ये न्यु साउथ वेल्समा २९ र क्वीन्सल्याण्डमा ११ जनाले ज्यान गुमाएका हुन्।

न्यु साउथ वेल्स स्वास्थ्य विभागका अनुसार उसको पछिल्लो साप्ताहिक रिपोर्टमा कोभिड-१९ का कारण ज्यान गुमाउनेहरूको सङ्ख्यामा २२ प्रतिशतको वृद्धि देखिएको छ।

इन्फ्लुएन्जा देखिने क्रम न्यून तहमा रहेको तर यसको खोप लगाउन भने अझै पनि सुझाव दिइने विभागको भनाइ छ।

भिक्टोरियाले नयाँ जेनरल सर्जरी सेन्टर खोलिने घोषणा गरेको छ। बेल्बर्ड प्राइभेट अस्पतालमा खोलिने सो केन्द्र १ अर्ब ५० करोड डलर रहेको कोभिड क्याच-अप प्लान अन्तर्गत खोलिने भएको हो।

सो केन्द्र यसै वर्षको अन्त्यसम्ममा सञ्चालनमा आउने र वार्षिक ५ हजार ७ सय बढी भिक्टोरियाका बासिन्दाहरूलाई सर्किजल सेवा प्रदान गर्नेछ।

कोभिड-१९ सम्बन्धी अस्ट्रेलियाभरका पछिल्ला आँकडाहरूका लागि यहाँ थिच्नुहोस्
औषधि सम्बन्धी नियामक निकाय थेराप्यूटिक गूड्स एडमिनिस्ट्रेसन (टीजीए)ले 2San Pty Ltd ले पाँच वटा नियम उल्लङ्घन गरेको भन्दै जम्मा ६६ हजार ६ सय डलर बराबरको जरिवानाको सूचना जारी गरेको छ।

र्‍यापिड एन्टीजेन टेस्ट वितरकले दुई वटा र्‍यापिड एन्टीजेन टेस्टहरूका बारेमा जानकारी दिने सम्बन्धमा न्यूनतम संवेदनशीलता समेत प्रस्तुत गर्न नसकेको आरोप सहित सो सूचना जारी गरेको हो।

"टीजीएलाई निश्चित म्यादभित्र जानकारी प्रदान गर्नु पर्ने नियम पटक पटक पालना नगरेकोमा 2San Pty Ltd लाई एक भन्दा बढी नियम उल्लङ्घन गरेको बारे सूचना जारी गरिएको छ।"

एसबीएसले 2San Pty Ltd लाई प्रतिक्रियाका लागि सम्पर्क गरेको छ।


विश्व स्वास्थ्य सङ्गठनले ७ अगस्टसम्मको एक हप्ताको रिपोर्टमा विश्वभर कोभिड-१९ सङ्क्रमण मामिलामा ९ प्रतिशतले कमी आएको बताएको छ।

यद्यपि अस्ट्रेलिया, जापान र कोरिया समेट्ने पश्चिमी प्यासिफिक क्षेत्रमा भने सङ्क्रमण सङ्ख्यामा २९ प्रतिशतको वृद्धि देखिएको छ।

साप्ताहिक रूपमा सबैभन्दा बढी सङ्क्रमण दर्ता गर्नेमा जापान, अमेरिका, कोरिया र भियतनाम रहेका छन्।

ऱ्यापिड एन्टीजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम

विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस् 



अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्



कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्



६० वटाभन्दा बढी भाषामा समाचार र जानकारी यहाँ उपलब्ध छ sbs.com.au/coronavirus


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू



Share

Published

Presented by Sunita Pokharel
Source: SBS

Share this with family and friends


Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand