मुख्य बुँदाहरू:
- न्यु साउथ वेल्समा कोभिड-१९ का कारण एक ज्यान गुमाउनेहरूको साप्ताहिक दरमा २२ प्रतिशतको वृद्धि
- भिक्टोरियामा नयाँ जेनरलसर्जरी केन्द्र खोलिँदै
- विश्व स्वास्थ्य सङ्गठनको रिपोर्टमा पश्चिम प्यासिफिक क्षेत्रमा साप्ताहिक सङ्क्रमणमा २९ प्रतिशतको वृद्धि दर्ता
बिहीबार, अस्ट्रेलियामा कम्तीमा पनि ५० जनाको कोभिड-१९ का कारण मृत्यु भएको छ। जसमध्ये न्यु साउथ वेल्समा २९ र क्वीन्सल्याण्डमा ११ जनाले ज्यान गुमाएका हुन्।
न्यु साउथ वेल्स स्वास्थ्य विभागका अनुसार उसको पछिल्लो साप्ताहिक रिपोर्टमा कोभिड-१९ का कारण ज्यान गुमाउनेहरूको सङ्ख्यामा २२ प्रतिशतको वृद्धि देखिएको छ।
इन्फ्लुएन्जा देखिने क्रम न्यून तहमा रहेको तर यसको खोप लगाउन भने अझै पनि सुझाव दिइने विभागको भनाइ छ।
भिक्टोरियाले नयाँ जेनरल सर्जरी सेन्टर खोलिने घोषणा गरेको छ। बेल्बर्ड प्राइभेट अस्पतालमा खोलिने सो केन्द्र १ अर्ब ५० करोड डलर रहेको कोभिड क्याच-अप प्लान अन्तर्गत खोलिने भएको हो।
सो केन्द्र यसै वर्षको अन्त्यसम्ममा सञ्चालनमा आउने र वार्षिक ५ हजार ७ सय बढी भिक्टोरियाका बासिन्दाहरूलाई सर्किजल सेवा प्रदान गर्नेछ।
कोभिड-१९ सम्बन्धी अस्ट्रेलियाभरका पछिल्ला आँकडाहरूका लागि यहाँ थिच्नुहोस्।
र्यापिड एन्टीजेन टेस्ट वितरकले दुई वटा र्यापिड एन्टीजेन टेस्टहरूका बारेमा जानकारी दिने सम्बन्धमा न्यूनतम संवेदनशीलता समेत प्रस्तुत गर्न नसकेको आरोप सहित सो सूचना जारी गरेको हो।
"टीजीएलाई निश्चित म्यादभित्र जानकारी प्रदान गर्नु पर्ने नियम पटक पटक पालना नगरेकोमा 2San Pty Ltd लाई एक भन्दा बढी नियम उल्लङ्घन गरेको बारे सूचना जारी गरिएको छ।"
एसबीएसले 2San Pty Ltd लाई प्रतिक्रियाका लागि सम्पर्क गरेको छ।
विश्व स्वास्थ्य सङ्गठनले ७ अगस्टसम्मको एक हप्ताको रिपोर्टमा विश्वभर कोभिड-१९ सङ्क्रमण मामिलामा ९ प्रतिशतले कमी आएको बताएको छ।
यद्यपि अस्ट्रेलिया, जापान र कोरिया समेट्ने पश्चिमी प्यासिफिक क्षेत्रमा भने सङ्क्रमण सङ्ख्यामा २९ प्रतिशतको वृद्धि देखिएको छ।
साप्ताहिक रूपमा सबैभन्दा बढी सङ्क्रमण दर्ता गर्नेमा जापान, अमेरिका, कोरिया र भियतनाम रहेका छन्।
ऱ्यापिड एन्टीजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम
- भिक्टोरिया
- न्यु साउथ वेल्स
- क्वीन्सल्यान्ड
- साउथ अस्ट्रेलिया
- टास्मेनिया
- नर्दर्न टेरिटरी
- अस्ट्रेलियन क्यापिटल टेरिटरी
विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्
।
अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्
।
कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्
।
६० वटाभन्दा बढी भाषामा समाचार र जानकारी यहाँ उपलब्ध छ sbs.com.au/coronavirus
