SKIP TO MAIN CONTENT

कोभिड–१९ अपडेट: पूर्ण खोप लगाएको मान्यता पाउन तीन मात्रा लगाउनु पर्ने 'हुन सक्ने' सम्भावना बढी

यो बिहीबार ३ फेब्रुअरीको संक्षिप्त कोरोनाभाइरस अपडेट हो।

A woman is seen receiving a vaccination at a Cohealth pop-up vaccination clinic at the State Library Victoria, in Melbourne.
A woman is seen receiving a vaccination at a Cohealth pop-up vaccination clinic at the State Library Victoria, in Melbourne. Source: AAP

3 min read

Published

Updated

By SBS Nepali

Source: SBS



Skip to article content

  • १६ र १७ वर्ष उमेर समूहका बालबालिकाहरू अब उनीहरूको तेस्रो कोभिड-१९ खोप लगाउन योग्य भएका छन्। अस्ट्रेलियामा अहिलेसम्म कुल ८४ लाख  भन्दा बढी बुस्टर खोपहरू वितरण गरी सकिएको छ।
  • स्वास्थ्य मन्त्री ग्रेग हन्टले अस्ट्रेलियाको प्राथमिक खोप सम्बन्धी सल्लाहकार समूह अटागीले पूर्ण खोपमा बुस्टर मात्रालाई पनि समावेश गर्ने निर्णय लिने सम्भावना "नहुने भन्दा धेरै रहेको" बताएका छन्।
  •  विपक्षी नेता एन्थनी अल्बनिजीले वृद्ध स्याहार सेवाहरू सम्बन्धी  मन्त्री रिचार्ड कोल्बकले सो क्षेत्रमा कोभिड-१९ संक्रमणको समयमा उनको भूमिकालाई लिएर  राजीनामा दिनु पर्ने माग गरेका छन्।
  • राष्ट्रिय प्रमुख स्वास्थ्य अधिकारी पल केलीले ओमिक्रन लहर अन्तिम कोरोनाभाइरस भेरीएन्ट नभएको भन्दै चेतावनी दिएका छन्।  तर उनले अस्ट्रेलियाले अहिलेको लहरको सङ्क्रमणको उच्च बिन्दु भने पार गरेको विश्वास व्यक्त गरे। यद्यपि, उनले नयाँ कोभिड-१९ सङ्क्रमण आगामी जाडो सिजनमा आउने साथै सन् २०२० पछि पहिलो पटक फ्लु सङ्क्रमण फैलिने अपेक्षा गरेका छन्।  
  • पश्चिम अस्ट्रेलियामा नयाँ शैक्षिक सत्र सुरु भएको केही दिनमा नै तिन विद्यालयका सयौँ विद्यार्थीहरू र दर्जनौँ कर्मचारीहरूलाई दुई हप्ताको आइसोलेसनमा राखिएको छ। आज सो राज्यमा १९ कोरोनाभाइरस सङ्क्रमण दर्ता गरिएको छ।
  • न्युजिल्याण्डले २७ फेब्रुअरी देखि आफ्नो सीमा खोल्न सुरु गर्ने छ। पाँच चरणको उक्त योजना अन्तर्गत अक्टोबरमा अन्तर्राष्ट्रिय यात्रुहरूका लागी देशको सीमा पूर्ण रूपमा खुलिसक्ने छ।

पछिल्लो कोभिड-१९ तथ्याङ्क :

  • न्यु साउथ वेल्समा २ हजार ५ सय ७८ बिरामीहरू अस्पताल भर्ना भएको र १६० जना सघन उपचार कक्षमा रहेका छन्। आज राज्यमा ३८ जनाको मृत्यु र १२ हजार  ६ सय ३२ नयाँ कोभिड-१९ का मामिलाहरू दर्ता गरिएका छन्।
  • भिक्टोरियामा ७५२ जना अस्पताल भर्ना भएका छन् जसमध्ये ८२ जना सघन उपचार कक्षमा उपचाररत छन्। राज्यमा ३४ मृत्यु र १२ हजार १ सय ५७ नयाँ सङ्क्रमण दर्ता गरिएको छ।
  • क्वीन्सल्याण्डमा ७४९ मानिसहरू अस्पतालमा रहेको  र ४७ जना सघन उपचार कक्षमा उपचाररत रहेका छन्। राज्यमा ९ मृत्यु र ८ हजार ६ सय ४३ नयाँ मामिलाहरू दर्ता गरिएको छ।
  • दक्षिण अस्ट्रेलियामा १ हजार ५ सय ८३ नयाँ मामिला र २२६ जना अस्पतालमा रहेका छन्।
  •  टास्मेनिया, दक्षिण अस्ट्रेलिया र नर्दर्न टेरिटरी प्रत्येकमा १ जनाको मृत्यु भएको छ।  

ऱ्यापिड एन्टीेजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम

विश्व स्वास्थ्य सङ्गठनको ओमिक्रन बारे पछिल्लो जानकारी यहाँ उपलब्ध छ

विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now