कोभिड-१९ अपडेट: भिक्टोरियाको लकडाउन लम्बियो, न्यु साउथ वेल्समा थप ९८ जना सङ्क्रमित

यो १९ जुलाई २०२१, सोमवारको कोरोनाभाइरस अपडेट हो।

A person is seen crossing a quiet Flinders Street in Melbourne, Monday, July 19, 2021.  (AAP Image/Daniel Pockett) NO ARCHIVING

A person is seen crossing a quiet Flinders Street in Melbourne, Monday, July 19, 2021. Source: AAP Image/Daniel Pockett


मुख्य बुँदाहरू

  • भिक्टोरियाको पाँच दिने लकडाउन लम्ब्याइएको छ
  • न्यु साउथ वेल्समा थप ९८ जना सङ्क्रमित भएका छन्
  • सर्भिस न्यु साउथ वेल्सद्वारा सरकारी अनुदानका लागि आवेदन खुल्ला गरेको छ
  • अस्ट्रेलिया १० लाख डोज फाइजर खोप आइपुगेको छ

भिक्टोरिया

भिक्टोरियाको लकडाउन अन्त्य पूर्व निर्धारित समय अनुसार नहुने भएको छ।

प्रिमियर ड्यानिएल एन्ड्रुजले यसबारेमा हाल थप समीक्षा हुन बाँकी नै रहेको मेलबर्नमा आयोजित एक पत्रकार सम्मेलनका क्रममा बताए।

सोमवार थप १३ जनामा कोरोनाभाइरसको सामुदायिक सङ्क्रमण पुष्टि गर्दै एन्ड्रुजले लकडाउन लम्बिने जानकारी दिएका हुन्।

हाल भिक्टोरिया भर सक्रिय सङ्क्रमितको सङ्ख्या ८१ रहेको छ भने १५,८०० जनालाई प्राथमिक सम्पर्क भएका मानिसहरू भन्दै आइसोलेसन वा क्वारेन्टिनमा बस्न आदेश दिइएको छ।

यसै गरी राज्यमा २५० भन्दा पनि बढी नयाँ सङ्क्रमण स्थलहरू थपिएका छन्।

पछिल्ला सङ्क्रमणका स्थानहरू नक्सा वा सूचिमा हेर्नुहोस्। भिक्टोरियाको पाँचौँ लकडाउन मङ्गलवार २० जुलाई, ११:५९ सम्म कायम रहने छ।

न्यु साउथ वेल्स

आज न्यु साउथ वेल्समा थप ९८ जनामा कोरोनाभाइरसको सामुदायिक सङ्क्रमण पुष्टि भएको छ।

ती मध्ये २० जना क्वारेन्टिन वा आइसोलेसनमा नबसेको पनि राज्यका अधिकारीहरूले बताएका छन् भने ६१ केस पहिले जानकारीमा आइसकेको क्लस्टरसँग जोडिएका घटनाहरू रहेको बताइएको छ।

यसै गरी ३७ जना कसरी सङ्क्रमित बन्न पुगे भनेर पनि छानबिन भइरहेको छ।

प्रिमियर ग्लाडिस बेरिजिक्लियन भन्छिन् कि सङ्क्रमितहरूको कुल सङ्ख्याको दुई तिहाइ दक्षिण-पश्चिमी सिड्नीमा बसोबास गर्छन्।

यसै बिच लेक मक्वारी स्थित बेलमन्ट र सिड्नीको केन्द्रीय व्यापारिक इलाकामा रहेको पिट स्ट्रिटमा दुई ठुला खोप केन्द्रहरू आजैदेखि सञ्चालनमा आएका छन् भने अबका केही हप्ता भित्रै दक्षिण-पश्चिमी सिड्नीको मक्वारी फिल्ड्स र वलङगङमा पनि यस्तै ठुला खोप केन्द्रहरू खुल्ने बताइएको छ।

बृहत् सिड्नीमा जारी नयाँ प्रतिबन्धहरू लागू भएपछि सबै किसिमका निर्माण कार्य तथा अत्यावश्यक ठहर नभएका खुद्रा व्यापारहरू बन्द भएका छन्।

सुपरमार्केट, औषधि पसलहरू लगायत ब्याङ्क तथा मदिरा बिक्री केन्द्रहरू भने खुलै रहेका छन्।

यसै गरी, सर्भिस न्यु साउथ वेल्सले कोभिड-१९ लकडाउनबाट प्रभावित भएका साना र मझौला व्यापार व्यवसायहरूले सरकारी अनुदानका लागि आवेदन पनि खुल्ला गरेको छ।

१३ सेप्टेम्बर २०२१ राती ११:५९ बजे बन्द हुने उक्त आवेदनका लागि २०२० स्मल बिजनेस कोभिड-१९ सपोर्ट र

स्मल बिजनेस रिकभरी ग्रान्ट पाइसकेका व्यवसायहरू पनि योग्य हुनेछन्।

थप जानकारीका लागि यहाँ हेर्नुहोस्

पछिल्ला सङ्क्रमणका स्थानहरू नक्सा वा सूचिमा हेर्नुहोस्।

 

न्यु साउथ वेल्सको हाल जारी लकडाउन शुक्रवार ३० जुलाई, ११:५९ सम्मका लागि लम्ब्याइएको छ।

गएको २४ घण्टामा अस्ट्रेलिया

सोमवार क्विन्सल्यान्डमा सामुदायिक सङ्क्रमण शून्य रहेको छ।

 

कोभिड-१९ को लक्षण भएका सात कर्मचारी सहितको एक मालवाहक जहाज वेस्टर्न अस्ट्रेलियाको फ्रिम्यान्टल स्थित बन्दरगाहमा आइपुगेको छ।

 

सिड्नीमा थप ८ लाख फाइजरद्वारा निर्मित खोप आपूर्ति भएको छ भने भिक्टोरियालाई झन्डै एक लाख डोज हस्तान्तरण गरिएको छ।

इद अल अधा

त्यागको चाड भनेर परिचित इद अल अधा आज रातिदेखि सुरु हुँदैछ। 

 

इदको बेला गरिने धार्मिक पाठ या प्राथनाका बेला आफू तथा समुदायका अन्य सदस्यहरूको सुरक्षा गर्नु एकदमै जरुरी हुन्छ।

 

  • यदि तपाईँ पनि इद मनाउँदै हुनुहुन्छ भने तपाईँले:
  • घरमा नै रहेर प्राथना गर्नुपर्छ
  • ठुला जमघटको आयोजना गर्नु हुँदैन
  • मास्क लगाउनु पर्छ
  • पाठ गर्न आफ्नै आसनको प्रयोग गर्नुपर्छ।

कोभिड-१९ मिथक

स्वस्थ र हट्टाकट्टा मानिसहरू कोभिड-१९ बाट प्रभावित हुँदैनन्। यसले त वृद्ध तथा बिरामीहरूलाई मात्र हानी पुर्‍याउँछ।

कोभिड-१९ तथ्य

भाइरसले वृद्ध तथा स्वास्थ्यमा पहिले नै समस्या रहेका मानिसहरूलाई बढी प्रभावित गर्ने देखिएता पनि केही स्वस्थ युवाहरूलाई पनि हानी पुर्‍याउनुका साथै उनीहरूको मृत्युको कारण समेत बनेको छ।

 


क्वारेन्टिन, यात्रा, परीक्षण क्लिनिकहरू र महामारी विपद् भुक्तानी

क्वारेन्टिन लगायत परीक्षण राज्य र प्रादेशिक सरकारहरूद्वारा व्यवस्थापन तथा लागू गरिन्छन्। 

यदि तपाईँ विदेश भ्रमणमा जान चाहनुहुन्छ भने छूटका लागि अनलाइन नै निवेदन हाल्न सक्नुहुनेछ। अस्ट्रेलियाबाट प्रस्थान गर्ने बारे थप जानकारीका लागि यहाँ जानुहोस्

अन्तर्राष्ट्रिय उडान सम्बन्धी नियमहरू नियमित रूपमा सरकारले समीक्षा गर्ने गरेको छ। यस बारे अद्यावधिक जानकारी स्मार्ट ट्राभेलर वेबसाइट मार्फत प्राप्त गर्न सक्नुहुन्छ।


कोभिड-१९ सम्बन्धी पछिल्ला समाचार तथा जानकारी ६० भन्दा बढी भाषामा यहाँ उपलब्ध छ

तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस्: न्यु साउथ वेल्सभिक्टोरियाक्विन्सल्यान्डवेस्टर्न अस्ट्रेलियासाउथ अस्ट्रेलियानर्दर्न टेरिटरीएसीटीटास्मेनिया ।

नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ


न्यु साउथ वेल्स सरकारद्वारा उल्था गरिएका कोभिड-१९ खोप शब्दावली र अपोइन्टमेन्ट सम्झाउने अनलाइन एप


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू

महामारी विपद् भुक्तानी बारे राज्य तथा प्रादेशिक जानकारी

 


Share

4 min read

Published

Updated

By SBS/ALC Content

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now