कोभिड-१९ अपडेट: भिक्टोरियामा सय बढी प्रहरीको फन्दामा, न्यु साउथ वेल्समा आइसोलेसन समय घटाइयो

यो आइतबार, ३ अक्टोबर २०२१ को अस्ट्रेलियाली कोरोनाभाइरस अपडेट हो।

Polisi wamkamata mwandamanaji MELBOURNE

Polisi wa Victoria wamkamata mwandamanaji karibu ya Royal Botanic Gardens, kwenye maandamano dhidi ya chanjo mjini Melbourne, Jumamosi, Oktoba 2, 2021. Source: AAP Image

मुख्य बुँदाहरूमा :

  • भिक्टोरियामा १,२२० स्थानीय सङ्क्रमण दर्ता
  • न्यु साउथ वेल्समा सामाजिक जमघट सम्बन्धी निर्देशनको पालना गर्न अधिकारीहरूको आग्रह
  • राजधानी एसीटीमा ३८ नयाँ सङ्क्रमण दर्ता
  • टास्मेनियामा एक जनामा सङ्क्रमण भेटियो
भिक्टोरिया

भिक्टोरियामा थप १ हजार २ सय २० नयाँ सङ्क्रमण र थप तिन मृत्युहरू दर्ता गरिएको छ। अहिले सम्मकै सबैभन्दा बढी ७१ हजारले गरेको कोभिड जाँचबाट सो सङ्ख्यामा सङ्क्रमण देखिएको हो।

हिजो शनिवारको दैनिक सङ्क्रमण सङ्ख्या अहिले सम्मकै उच्च १४ हजार ८८ रहँदा राज्यभर अहिले ११ हजार ७ सय ८५ सक्रिय सङ्क्रमित रहेका छन्।

पछिल्लो समयमा भिक्टोरियामा कोभिड सङ्क्रमणका कारण कुल ४७६ जना अस्पतालमा भर्ना भएका छन् जस मध्ये ९८ जनालाई  सघन उपचार कक्षमा राखिएको छ।

अस्पतालमा रहेका कुल सङ्क्रमित मध्ये आधी भन्दा धेरै ३० वर्ष मुनिका रहेका छन् भने लगभग सम्पूर्ण सङ्क्रमितले खोपको दुवै मात्रा लगाएको पाइएको छैन।
Victoria records nine new COVID-19 cases
Source: AAP
रोयल मेलबर्न अस्पतालको सघन उपचार कक्षकी व्यवस्थापक मिशेल स्पेन्स भन्छिन् महामारीको पुरा अवधिमा उनले भेटेका बिरामीहरूमा कोही पनि पूर्ण डोजको खोप लगाउनेहरू रहेका छैनन्।

उच्च जोखिम युक्त टायर १ को सूचिमा ग्रामीण सहर क्यासलमेइनका क्याफेहरू, बाल स्याहार केन्द्र र स्थानीय केमार्ट रहेका छन्।

भिक्टोरियाली अधिकारीहरूले गैर कानुनी रूपमा हुने जमघटलाई लिएर देखिएको चिन्तालाई फेरी पनि दोहोर्‍याएका छन्। साथै राज्यमा प्रहरीहरू दैनिक रूपमा हुने लकडाउन विरोधी र खोप विरोधी प्रदर्शनलाई नियन्त्रणमा लिन सङ्घर्षरत छन्।

आफू नजिकको खोप केन्द्र पत्ता लगाउन यहाँ क्लिक गर्नुहोस्।

न्यु साउथ वेल्स

न्यु साउथ वेल्समा दैनिक कोभिड सङ्क्रमण सङ्ख्यामा उल्लेख्य कमी आएको छ। पछिल्लो २४ घण्टामा राज्यमा ६६७ सङ्क्रमण दर्ता भएका छन् जुन अगस्टको मध्य यता देखिएको सबैभन्दा कम दैनिक सङ्क्रमण सङ्ख्या हो।

५० वर्ष माथिका थप दश जनाले सङ्क्रमणका कारण ज्यान गुमाएका छन्। अहिले राज्यभर ९ सय ८१ कोभिड सङ्क्रमितहरू अस्पतालमा रहेका छन् जसमध्ये नौ वर्ष मुनिका एक बच्चा छन् भने तिन किशोरावस्थाका सङ्क्रमितले सघन उपचार कक्षमा उपचार गराइरहेका छन्।

यसै हप्ताको मध्य तिर न्यु साउथ वेल्सले आफ्नो ७० प्रतिशतको पूर्ण मात्राको खोप लक्ष पुरा गर्ने अनुमान गरिदा आगामी सोमबार देखि प्रतिबन्धहरू निकै खुकुलो हुने सम्भावना रहेको छ।
स्वास्थ्य मन्त्री ब्राड हाजार्डले आजको एन आर एल ग्राण्ड फाइनल खेल हुँदा राज्यवासीलाई संयमित रहन र स्वास्थ्य निर्देशनको पालन गर्न आग्रह गरेका छन्।

आज खोप लगाउने मिति निश्चित गर्न यहाँ क्लिक गर्नुहोस्।

 

Stay home Safe Life - SBS Radio
Stay home Safe Life - SBS Radio Source: SBS Radio
क्वीन्सल्याण्ड

क्वीन्सल्याण्डकि प्रमुख स्वास्थ्य अधिकारीले आइतबार एउटा पनि सामुदायिक सङ्क्रमण नभेटिनु अचम्मको  कुरा भएको बताएका छन्।

हिजो शनिवार राज्यमा दुई वटा सङ्क्रमण दर्ता गरिएको थियो र दुवै सङ्क्रमणलाई पहिले देखिएकै मामिलासँग सम्बन्धित रहेको पाइएको थियो। र त्यस सँगै दक्षिण पूर्वी क्वीन्सल्याण्डमा सामुदायिक सङ्क्रमण फैलने चिन्ताहरू व्यक्त भएका थिए।

प्रमुख स्वास्थ्य अधिकारी जेनेट योङ्गले पहिलो सङ्क्रमण देखिए देखि नै एक कदम अगाडी बढ्दै निर्णय लिइनाले राज्यको कोभिड-१९ सङ्क्रमण माथिको सफलता सम्भव भएको बताएकी छन्।

टास्मेनिया

टास्मेनियामा भने गएको ५८ दिन पश्चात् पहिलो कोभिड सङ्क्रमण पुष्टि गरिएको छ।

मेलबर्नबाट लन्सेस्टन गएका सङ्क्रमित एक किशोर विमानस्थलबाट सिधै आफ्नो घरमा गइ क्वारेन्टिनमा बसेका थिए।

उनले कोभिड -१९ सम्बन्धी सम्पूर्ण स्वास्थ्य निर्देशनको पालना गरेको र विमान भित्र रहँदा पनि मास्क लगाउनुका साथै कोभिड जाँच गराएको पनि बताइएको छ।

लन्सेस्टन विमानस्थललाई अहिले सङ्क्रमण जोखिम रहेको स्थानमा राखिएको छ भने ती किशोरसँगै विमानमा रहेका १० जनालाई पनि सम्पर्क गरिएको छ।

स्वास्थ्य विभागले न्यून जोखिम रहे पनि शुक्रवार बिहान विमानस्थलको अराइभल हलमा आएका व्यक्तिहरूले आफूलाई आइसोलेट गर्न र सार्वजनिक स्वास्थ्यको हटलाइनमा सम्पर्क गर्न भनिएको छ।

पछिल्लो २४ घण्टामा अस्ट्रेलियाका अन्य स्थानमा :

  • राजधानी एसीटीमा ३८ नयाँ स्थानीय सङ्क्रमण पुष्टि भएको छ जसमध्ये कम्तीमा पनि १६ जना सङ्क्रमित समयमा समुदायमा सक्रिय रहेका थिए।
  • दक्षिण अस्ट्रेलियामा शनिवार दिउँसो दुई नयाँ सङ्क्रमण दर्ता गरिएको छ। 

क्वारेन्टिन, यात्रा, परीक्षण क्लिनिकहरू र महामारी विपद् भुक्तानी

क्वारेन्टिन लगायत परीक्षण राज्य र प्रादेशिक सरकारहरूद्वारा व्यवस्थापन तथा लागू गरिन्छन्। 

यदि तपाईँ विदेश भ्रमणमा जान चाहनुहुन्छ भने छूटका लागि अनलाइन नै निवेदन हाल्न सक्नुहुनेछ। अस्ट्रेलियाबाट प्रस्थान गर्ने बारे थप जानकारीका लागि यहाँ जानुहोस्

अन्तर्राष्ट्रिय उडान सम्बन्धी नियमहरू नियमित रूपमा सरकारले समीक्षा गर्ने गरेको छ। यस बारे अद्यावधिक जानकारी स्मार्ट ट्राभेलर वेबसाइट मार्फत प्राप्त गर्न सक्नुहुन्छ।


कोभिड-१९ सम्बन्धी पछिल्ला समाचार तथा जानकारी ६० भन्दा बढी भाषामा यहाँ उपलब्ध छ

तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस्: न्यु साउथ वेल्सभिक्टोरियाक्वीन्सल्यान्डवेस्टर्न अस्ट्रेलियासाउथ अस्ट्रेलियानर्दर्न टेरिटरीएसीटीटास्मेनिया ।

नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ


न्यु साउथ वेल्स सरकारद्वारा उल्था गरिएका कोभिड-१९ खोप शब्दावली र अपोइन्टमेन्ट सम्झाउने अनलाइन एप


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू

महामारी विपद् भुक्तानी बारे राज्य तथा प्रादेशिक जानकारी

कोभिड-१९ डिजास्टर पेमेन्ट भनिने कोरोनाभाइरस विपद्का बेला साप्ताहिक हुने भुक्तानी सङ्घीय सरकारद्वारा हटस्पट भनी पहिचान गरिएका स्थानका योग्य बासिन्दाहरूका लागि उपलब्ध छ।

यस बारे थप जानकारी ६० भन्दा बढी भाषाहरूमा यहाँ पाउन सकिन्छ र बहुभाषिक टेलिफोन सेवाका लागि १३१ २०२ मा फोन गर्न सकिन्छ।

 


Share

Published

Updated

By SBS/ALC Content
Source: SBS

Share this with family and friends


Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand
कोभिड-१९ अपडेट: भिक्टोरियामा सय बढी प्रहरीको फन्दामा, न्यु साउथ वेल्समा आइसोलेसन समय घटाइयो | SBS Nepali