SKIP TO MAIN CONTENT

कोभिड-१९ अपडेट : भिक्टोरियामा अहिलेसम्म कै सबैभन्दा बढी सङ्क्रमण दर्ता, एनआरएल ग्राण्ड फाइनल खेल आइतबार हुने

यो शनिवार, २ अक्टोबर २०२१ को अस्ट्रेलियाली कोरोनाभाइरस अपडेट हो।

Victoria COVID-19
People are seen crossing Bourke Street in Melbourne. Source: AAP/DANIEL POCKETT

4 min read

Published

Updated

By SBS/ALC Content

Source: SBS



Skip to article content

मुख्य बुँदाहरूमा :

  • भिक्टोरियामा दैनिक सङ्क्रमण सङ्ख्या अहिलेसम्म कै सबैभन्दा उच्च
  • न्यु साउथ वेल्समा ८१३ स्थानीय सङ्क्रमण दर्ता
  • एसीटीमा ५२ नयाँ सङ्क्रमित थपिए
  • २ जनामा सङ्क्रमण पुष्टि भएको क्वीन्सल्याण्डमा दुवै घरमा क्वारेन्टिन मा रहेका थिए

भिक्टोरिया

भिक्टोरियाले थप १ हजार ४ सय ८८ नयाँ सङ्क्रमणका साथ नयाँ रेकर्ड बनाएको छ। यो अहिले सम्म कै उच्च दैनिक सङ्क्रमण सङ्ख्या हो। त्यस्तै सङ्क्रमणका कारण २ जनाको मृत्यु भएको छ। हाल राज्यभर ४२९ सक्रिय सङ्क्रमित रहेका छन्, ९७ जना सघन उपचार कक्षमा र ५४ जना भेन्टिलेटरमा रहेका छन्।

कोभिड-१९ को जोखिमयुक्त स्थानको सुचीमा केही स्वास्थ्य केन्द्रहरूलाई पनि समावेश गरिएको छ। उक्त सूचिमा राज्यका ग्रामीण भागका वार्नाम्बूल, शेपर्टन, गिज्बर्न, इस्ट बेन्डिगो, मकाटाः र बालाराटका स्थानहरू रहेका छन्।

ट्रेजरर टिम पल्लासले १९६.६ मिलियन डलरको सहयोग प्याकेजको घोषणा गरेका छन् जुन उक्त सहयोग पाउन योग्य रहेका व्यवसायहरूलाई प्रदान गरिने छ।  सोल ट्रेडरहरूलाई समेत समेटिने उक्त सहयोग प्याकेजले सेप्टेम्बर २१ देखि अक्टोबर ४ सम्मको कोभिड प्रतिबन्धहरूका कारण परेको असरका लागी सहयोग प्रदान गर्ने छ।

आफू नजिकको खोप केन्द्र पत्ता लगाउन यहाँ क्लिक गर्नुहोस्।

 न्यु साउथ वेल्स

न्यु साउथ वेल्समा ८१३ स्थानीय सङ्क्रमणहरू दर्ता गरिएको छ भने १० जनाले सङ्क्रमणका कारण ज्यान गुमाएका छन्।

राज्यभर अहिले १ हजार ५ जना अस्पतालमा उपचाररत रहेका छन् जसमध्ये २०२ सघन उपचार कक्षमा  छन् भने  ९९ जनालाई भेन्टिलेटरको आवश्यकता परेको छ।

राज्यका स्वास्थ्य अधिकारी डा. जेरेमी मकनल्टीले राज्यवासीहरूलाई स्वास्थ्य निर्देशनहरूको पालना गर्दै आइतबार रग्बी लिगको ग्राण्ड फाइनल खेलका बिच  निजी निवासहरूमा गैर कानुनी ढङ्गबाट जमघट नगर्न आग्रह गरेका छन्।

आज खोप लगाउने समय निश्चित गर्न यहाँ क्लिक गर्नुहोस्।

अस्ट्रेलियाका अन्य स्थानहरूमा :

  • राजधानी एसीटीमा ५२ नयाँ कोभिड-१९ सङ्क्रमण पुष्टि गरिएको छ जसमध्ये २९ जना संक्रमित समयमा समुदायमा सक्रिय रहेका थिए।
  • क्वीन्सल्याण्डका अधिकारीहरूले  घरमा नै क्वारेन्टिनमा रहेका दुई जनामा सङ्क्रमण देखिएको जानकारी दिएका छन्। सङ्क्रमित दुवै जना बालबालिका छन् र दुवै जना ब्रिसबेनको उड्डयन सँग सम्बन्धित मामिलासँग सम्बन्धित रहेको पनि बताइएको छ।
  • क्वीन्सल्याण्डका स्वास्थ्य मन्त्री यवेट डी'आथले भोलि आइतबार  एन आर एल ग्राण्ड फाइनल आयोजना गरिने रङ्गशाला वरपर अस्थायी खोप केन्द्रहरू राखिने जानकारी दिएका छन्।
Victoria vs NSW case numbers
Source: SBS

क्वारेन्टिन, यात्रा, परीक्षण क्लिनिकहरू र महामारी विपद् भुक्तानी

क्वारेन्टिन लगायत परीक्षण राज्य र प्रादेशिक सरकारहरूद्वारा व्यवस्थापन तथा लागू गरिन्छन्। 

यदि तपाईँ विदेश भ्रमणमा जान चाहनुहुन्छ भने छूटका लागि अनलाइन नै निवेदन हाल्न सक्नुहुनेछ। अस्ट्रेलियाबाट प्रस्थान गर्ने बारे थप जानकारीका लागि यहाँ जानुहोस्

अन्तर्राष्ट्रिय उडान सम्बन्धी नियमहरू नियमित रूपमा सरकारले समीक्षा गर्ने गरेको छ। यस बारे अद्यावधिक जानकारी स्मार्ट ट्राभेलर वेबसाइट मार्फत प्राप्त गर्न सक्नुहुन्छ।


कोभिड-१९ सम्बन्धी पछिल्ला समाचार तथा जानकारी ६० भन्दा बढी भाषामा यहाँ उपलब्ध छ

तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस्: न्यु साउथ वेल्सभिक्टोरियाक्वीन्सल्यान्डवेस्टर्न अस्ट्रेलियासाउथ अस्ट्रेलियानर्दर्न टेरिटरीएसीटीटास्मेनिया ।

नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ


न्यु साउथ वेल्स सरकारद्वारा उल्था गरिएका कोभिड-१९ खोप शब्दावली र अपोइन्टमेन्ट सम्झाउने अनलाइन एप


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू

महामारी विपद् भुक्तानी बारे राज्य तथा प्रादेशिक जानकारी

कोभिड-१९ डिजास्टर पेमेन्ट भनिने कोरोनाभाइरस विपद्का बेला साप्ताहिक हुने भुक्तानी सङ्घीय सरकारद्वारा हटस्पट भनी पहिचान गरिएका स्थानका योग्य बासिन्दाहरूका लागि उपलब्ध छ।

यस बारे थप जानकारी ६० भन्दा बढी भाषाहरूमा यहाँ पाउन सकिन्छ र बहुभाषिक टेलिफोन सेवाका लागि १३१ २०२ मा फोन गर्न सकिन्छ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now