कोभिड-१९ अपडेट: भिक्टोरियामा पूर्वअपेक्षित समय अगावै लकडाउन खुल्ने, अस्ट्रेलिया र न्युजिल्याण्ड बिच यात्रा गर्ने व्यवस्था पुनः ल्याइयो

यो आइतबार, १७ अक्टोबर २०२१ को अस्ट्रेलियाली कोरोनाभाइरस अपडेट हो।

Brighton, St Kilda, Victoria

Brighton, St Kilda, Victoria Source: AAP/DANIEL POCKETT

मुख्या बुँदाहरू:

  • भिक्टोरियामा यस अघि अपेक्षा गरिए भन्दा अगाडी नै लकडाउन खुल्ने 
  • न्यु साउथ वेल्समा दुई मात्रा खोप लगाउनेहरू ८० प्रतिशत पुगे 
  • अस्ट्रेलिया र न्युजिल्याण्ड बिच यात्रा गर्न सकिने व्यवस्था यसै हप्ताबाट फेरी लागू गरिने 
  • अस्ट्रेलियाली सरकारले कोभिड-१९ उपचारको लागी 'सफल' मानिएको रोनाप्रेव किन्यो 

भिक्टोरिया 

भिक्टोरियामा थप १,८३८ स्थानीय सङ्क्रमण र ७ मृत्यु दर्ता गरिएको छ। अहिले कुल ७७७ जना अस्पतालमा उपचाररत रहँदा १५१ जना सघन उपचार कक्षमा र ९४ जना भेन्टिलेटरमा रहेका छन्। 

प्रिमियर ड्यानियल एन्ड्रुजले पहिले अनुमान गरिएको भन्दा केही अगाडी नै राज्यमा लकडाउन हटाइने बताएका छन्। बिहीबार २१ अक्टोबर मध्यरातबाट राज्यमा जारी रहेका प्रतिबन्धहरू खुकुलो हुनेछन्। 

 

प्रिमियर एन्ड्रुज भन्छन्, "लकडाउन हटाइन्छ, आफ्नो घरबाट बाहिर जान कुनै प्रतिबन्ध लगाइने छैन, कुनै कर्फ्यु हुने छैन।" 

 

८९ प्रतिशत १६ वर्ष माथिका भिक्टोरियावासीले कोभिड-१९ को कम्तीमा पनि एक मात्रा लगाएका छन् भने दुवै मात्रा लगाउनेहरू ६५.५ प्रतिशत रहेका छन्। 

 

आफू नजिकको खोप केन्द्र पत्ता लगाउन यहाँ क्लिक गर्नुहोस्। 

 

न्यु साउथ वेल्स 

 

न्यु साउथ वेल्समा थप ३०१ नयाँ स्थानीय सङ्क्रमणहरू दर्ता गरिएको छ। सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा १० जनाले ज्यान गुमाएका छन्। 

 

 प्रिमियर डोमिनिक पेरोटेले शनिवार राज्यले खोपको पूर्ण मात्रा लगाउनेहरूको सङ्ख्या ८० प्रतिशत पुर्‍याउने सरकारी लक्ष पुरा गरेको बताएका छन्। यसको अर्थ सोमबार देखि थप प्रतिबन्धहरू खुकुलो परिने भएको छ। 

 

प्रिमियर पेरोटेले १३० मिलियन डलर बराबरको लगानी मानसिक स्वास्थ्य क्षेत्रका लागी छुट्टाएको घोषणा गरेका छन्। 

"हामी नै अस्ट्रेलियामा पहिलो राज्य हौँ जसले २ लाख ७५ हजार मानिसलाई आत्महत्या रोकथाम र मानसिक स्वास्थ्य सम्बन्धी प्राथमिक उपचारका लागी तालीम प्रदान गर्दै छ।"

आज खोप लगाउने समय तय गर्न यहाँ क्लिक गर्नुहोस्। 

 

पछिल्लो २४ घण्टामा अस्ट्रेलियामा:

 

  • सङ्घीय सरकारले 'सफलतापूर्ण उपचार पद्धति' भनिने रोनाप्रेव को १५ हजार युनिट खरिद गरेको छ।

 

  • यही मङ्गलवार १९ अक्टोबर देखि न्यु साउथ वेल्स, भिक्टोरिया र न्युजिल्याण्डका केही स्थानहरू बिच यात्रा गर्नेहरूले क्वारेन्टिनमा बस्नु नपर्ने भएको छ। 

 

  • एसीटीमा ३३ नयाँ स्थानीय सङ्क्रमण पुष्टि गरिएको छ। 

 

  • टास्मेनियामा शून्य सङ्क्रमण रह्यो। 

 

  • क्वीन्सल्याण्ड सरकारले सीमा खोल्ने बारे अझै मिति तय गरेको छैन। 

क्वारेन्टिन, यात्रा, परीक्षण क्लिनिकहरू र महामारी विपद् भुक्तानी

क्वारेन्टिन लगायत परीक्षण राज्य र प्रादेशिक सरकारहरूद्वारा व्यवस्थापन तथा लागू गरिन्छन्। 

यदि तपाईँ विदेश भ्रमणमा जान चाहनुहुन्छ भने छूटका लागि अनलाइन नै निवेदन हाल्न सक्नुहुनेछ। अस्ट्रेलियाबाट प्रस्थान गर्ने बारे थप जानकारीका लागि यहाँ जानुहोस्

अन्तर्राष्ट्रिय उडान सम्बन्धी नियमहरू नियमित रूपमा सरकारले समीक्षा गर्ने गरेको छ। यस बारे अद्यावधिक जानकारी स्मार्ट ट्राभेलर वेबसाइट मार्फत प्राप्त गर्न सक्नुहुन्छ।


कोभिड-१९ सम्बन्धी पछिल्ला समाचार तथा जानकारी ६० भन्दा बढी भाषामा यहाँ उपलब्ध छ

तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस्: न्यु साउथ वेल्सभिक्टोरियाक्वीन्सल्यान्डवेस्टर्न अस्ट्रेलियासाउथ अस्ट्रेलियानर्दर्न टेरिटरीएसीटीटास्मेनिया ।

नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ


न्यु साउथ वेल्स सरकारद्वारा उल्था गरिएका कोभिड-१९ खोप शब्दावली र अपोइन्टमेन्ट सम्झाउने अनलाइन एप


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू

महामारी विपद् भुक्तानी बारे राज्य तथा प्रादेशिक जानकारी

कोभिड-१९ डिजास्टर पेमेन्ट भनिने कोरोनाभाइरस विपद्का बेला साप्ताहिक हुने भुक्तानी सङ्घीय सरकारद्वारा हटस्पट भनी पहिचान गरिएका स्थानका योग्य बासिन्दाहरूका लागि उपलब्ध छ।

यस बारे थप जानकारी ६० भन्दा बढी भाषाहरूमा यहाँ पाउन सकिन्छ र बहुभाषिक टेलिफोन सेवाका लागि १३१ २०२ मा फोन गर्न सकिन्छ।

[node_list title=" यी पनि हेर्नुहोस्:" uuid="8dbf7297-0ffa-40f9-a98c-c6427d166f78,592a839b-d4cd-4872-a540-bc6853959121,1b72f14d-5710-43af-b8fb-b957ab182b85

 


Share

4 min read

Published

By SBS/ALC Content

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now