SKIP TO MAIN CONTENT

कोभिड–१९ अपडेट: कमजोर प्रतिरक्षा प्रणालीका कारण अर्को लहर आउन सक्ने वरिष्ठ स्वास्थ्य अधिकारीको चेतावनी

यो १९ सेप्टेम्बरको कोरोनाभाइरस अपडेट हो।

VICTORIA CORONAVIRUS COVID19
A worker hands out a surgical mask to a passenger at Southern Cross Station in Melbourne. (file) Source: AAP / JOEL CARRETT/AAPIMAGE

2 min read

Published

Updated

Presented by Krishna Pokhrel

Source: SBS



Skip to article content

मुख्य बिषय:

  • कोभिड–१९ नियन्त्रणका लागि सरकारले थप १.४ अर्ब डलर लगानी गर्ने।
  • भिक्टोरियामा सार्वजनिक सवारीमा मास्क नलगाउने सय जना भन्दा बढीलाई जरिवाना।

सोमबार स्वास्थ्य मन्त्री मार्क बटलरले एल्बानिजी सरकारले कोभिड–१९ नियन्त्रणका लागि थप १.४ अर्ब डलर लगानी गर्ने बताएका छन्।

कोभिड–१९ सम्बन्धी प्रबन्धहरू डिसेम्बर ३१ सम्मका लागि बढाइएको पनि उनले बताएका छन्।

यस अघि सेप्टेम्बर ३० मा सरकारले लागु गरेका प्रबन्ध र सहयोगहरु समाप्त हुने बताइएको थियो।

१.४ अर्ब मध्ये ८४० मिलियन बृद्धस्याहार सहयोग कार्यक्रममा खर्चिने बताइएको छ भने ४८ मिलियन सामान्य जिकीत्सक (जीपी) सहितको १०० वटा श्वासप्रश्वास क्लिनिकहरूमा खर्च गरिनेछ।

वाकी रहेको रकम मध्ये २३५ मिलियन व्यक्तिगत सुरक्षा सामाग्री (पिपिई) र उपचार सामाग्रीहरू खरिदका लागि प्रयोग गरिने बताइएको छ।

मन्त्री बटलरले अस्ट्रेलियामा कोरोनाभाइरस केसहरू निरन्तर ओरालो लागिरहेको पनि बताए।

“गत जुलाईमा कोरोनाभाइरस केस शिखरमा पुगेपछि केस सङ्ख्या ८५ प्रतिशतले कम भएको छ भने अस्पताल भर्ना हुनेको सङ्ख्या पनि ७० प्रतिशतले घटेको छ,” उनले भने।

“बृद्धस्याहार केन्द्रमा देखिएको प्रकोप पनि एक तिहाइले कम भइसकेको छ।”

अस्ट्रेलियाभरका राज्य तथा प्रदेशहरूका कोरोनाभाइरस सम्बन्धी पछिल्लो तथ्याङ्क लागि यहाँ हेर्नुहोस्

भिक्टोरियाका मुख्य स्वास्थ्य अधिकारी ब्रेट सटनले टुईट गर्दै कोभिड-१९ विरुद्धको दोस्रो बुस्टरले गम्भीर बिरामी भई मृत्यु हुनबाट चार गुणा रोक्ने बताएका छन्।

पछिल्लो समय विभिन्न भेरीएन्टका लागि खोप विकास भइरहेको समयमा, अहिले नै कुनै एक डोज लिन पनि सुझाव दिएका छन्।

आइतबार उनले भविष्यमा आउने कोभिड–१९ भेरीएन्ट यस अघिका जस्तो गम्भीर नहुने बताएका थिए।

अस्ट्रेलियाली प्रहरीले (एएपी) भिक्टोरीयामा सार्वजनिक सवारीमा मास्क नलगाउने एक सय भन्दा बढीलाई जरिवाना र १८१,००० जनालाई चेतावनी जारी गरेको बताएको छ।

ऱ्यापिड एन्टीजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम

विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्

६० वटाभन्दा बढी भाषामा समाचार र जानकारी यहाँ उपलब्ध छ sbs.com.au/coronavirus

प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now