Latest

कोभिड-१९ अपडेट: गत हप्ता १५ हजार कोभिड मृत्यु र मङ्कीपक्स मामिलामा २० प्रतिशतको वृद्धि भएको रिपोर्ट

यो बिहीबार १८ अगस्टको कोरोनाभाइरस अपडेट हो।

People in a crowd with two elderly people waring face masks.

Passengers wearing face masks at Southern Cross Station in Melbourne (file). Source: AAP / JOEL CARRETT/AAPIMAGE

मुख्य बुँदाहरू:
  •  अस्ट्रेलियामा प्रारम्भिक चरणको कोभिड-१९ खोप वितरण सुस्त गतिमा भएको लेखा परीक्षणको कार्यालयले ठहर 
  • कोभिड सङ्क्रमितहरूमा ब्रेन फगकको जोखिम उच्च रहने एक अध्ययनले देखायो 
  • अमेरिकाले ओमिक्रनलाई लक्षित गरेर अपडेट गरेको बुस्टर खोप वितरण सुरु गर्‍यो 
बिहीबार अस्ट्रेलिया भरिमा कम्तीमा पनि १३२ कोभिड-१९ सम्बन्धी मृत्यु दर्ता गरिएकोमा भिक्टोरियामा ४६, न्यु साउथ वेल्समा ४३ र क्वीन्सल्याण्डमा २० जनाको ज्यान गएको छ।

अस्ट्रेलियाको राष्ट्रिय लेखा परीक्षणको कार्यालयले आफ्नो पछिल्लो रिपोर्टमा प्रारम्भिक चरणमा वितरण गरिएको कोभिड-१९ खोप वितरण सुस्त गतिमा भएको औँल्याएको छ।

उक्त वितरण प्रक्रिया सुस्त हुनुका साथै "आंशिक प्रभावकारी" रहेको तर समय बित्दै जाँदा सफल हुँदै गएको रिपोर्टमा देखाइएको छ।

रिपोर्टमा वृद्ध स्याहार, असक्तता सम्बन्धी सेवाहरू र आदिवासी जनसङ्ख्यालाई पहिलो मात्राको खोप पाउने प्राथमिकताको सूचिमा राखे पनि सरकारले खोप लक्ष पुरा गर्न नसकेको ठहर गरेको छ।

अस्ट्रेलियाभरका राज्य तथा प्रदेशहरूका कोरोनाभाइरस सम्बन्धी पछिल्लो तथ्याङ्कका लागि यहाँ थिच्नुहोस्

लेन्सेट साइकियाट्री जर्नलमा प्रकाशित नयाँ अध्ययनले कोभिड-१९ बाट सङ्क्रमित भएकाहरू मस्तिष्कमा प्रभाव पार्ने ब्रेन फग, डिमेन्सिया र साइकोसिसको बढी जोखिममा हुने बताएको छ।


अध्ययनका अनुसार अन्य मानिसहरूको तुलनामा उनीहरू सङ्क्रमणको दुई वर्ष पश्चात् यस्ता अवस्थाहरूको बढी जोखिममा रहने देखिएको छ।


विश्व स्वास्थ्य सङ्गठनले गत हप्ता विश्वव्यापी मङ्कीपक्स (एमपीएक्स) मामिलाहरूमा २० प्रतिशत (लगभग ७ हजार ५ सय मामिला)को वृद्धि देखिएको बताएको छ।

यसको पछिल्लो तथ्याङ्कका अनुसार अस्ट्रेलियामा ८२ एमपीएक्स मामिला पाइएको छ। यसमध्ये न्यु साउथ वेल्समा ३६, भिक्टोरियामा ३६, क्विन्सल्याण्ड र वेस्टर्न अस्ट्रेलियामा ३-३ त्यस्तै एसीटी र साउथ अस्ट्रेलियामा २-२ मामिलाहरू पाइएका छन्।

विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक डा टेड्रस एड्हानम गेब्रेयससले कोभिड-१९ सम्बन्धी मृत्यु दरमा पछिल्ला चार हप्तामा ३५ प्रतिशतको वृद्धि भएको बताएका छन्।

गत हप्ता मात्र विश्वभर १५ हजारले ज्यान गुमाएको उनको भनाइ छ।

ओमिक्रन भेरिएन्टलाई लक्षित गरेर अपडेट गरिएको बुस्टर खोप वितरण गर्नेमा अमेरिका बेलायत पछिको दोस्रो देश बन्न सक्ने देखिएको छ।

ऱ्यापिड एन्टीजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम
विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्

६० वटाभन्दा बढी भाषामा समाचार र जानकारी यहाँ उपलब्ध छ sbs.com.au/coronavirus

प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू






Share

Published

Presented by Sunita Pokharel
Source: SBS

Share this with family and friends


Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand