कोभिड-१९ अपडेट: विश्व स्वास्थ्य सङ्गठन भन्छ महामारीको 'अन्त्य देखिएको छ'

यो १५ सेप्टेम्बरको कोरोनाभाइरस अपडेट हो।

Australia: Kurilpa Derby

Participants parade through the streets of Brisbane's West End during the Kurilpa Derby on 4 September 2022. The Kurilpa Derby is organised as a community celebration of vibrant and multicultural West End. The event was returned to its original format after having been cancelled in 2020 and radically restructured in 2021 due to the COVID-19 pandemic. Credit: Joshua Prieto/Sipa USA

मुख्य बुँदाहरू

  • नयाँ कोभिड-१९ मामिलाहरूमा २८ प्रतिशत र मृत्युहरूमा २२ प्रतिशतको गिरावट: विश्व स्वास्थ्य सङ्गठन
  • नयाँ सङ्ख्या युके र अमेरिकामा बढेको सब-भेरिएन्ट BA.4.6 को सङ्ख्या बढेकोबारे स्वास्थ्य अधिकारीहरू सचेत
  • अनुसन्धानले युवा अस्ट्रेलियालीहरूमा मानसिक स्वास्थ्य अवस्थामा नाटकीय सुधार आएको देखायो

विश्व स्वास्थ्य सङ्गठनले नयाँ कोभिड-१९ मामिलाहरूमा २८ प्रतिशतको गिरावट आएको र ११ सेप्टेम्बरसम्मको साप्ताहिक रिपोर्टमा यसबाट मृत्यु हुनेहरूको सङ्ख्यामा २२ प्रतिशतको कमी देखाएको छ।

जापान, कोरिया, अमेरिका, रुस र चीनमा सबैभन्दा धेरै कोभिड-१९ मामिलाहरू देखिएका छन्।

सङ्गठनका महानिर्देशक टेड्रस अध्हानम गेब्रिएसस् भन्छन् सन् २०२० को मार्च महिना यता साप्ताहिक मृत्युहरूमा यो नै सबैभन्दा कम सङ्ख्या हो।

"महामारीको अन्त्य गर्न हामी यति राम्रो अवस्थामा भएको पहिलो पटक हो। हामी अझै त्यहाँ पुगेका छैनौँ तर यसको अन्त्य देखिएको छ।"

साथै उनले विश्वव्यापी मङ्कीपक्स मामिला कम हुने क्रमले पनि निरन्तरता पाएको बताए।

स्वास्थ्य अधिकारीहरूले ओमिक्रनको नयाँ सब-भेरिएन्ट BA.4.6 को निगरानी गरी रहेका छन्।

अमेरिका र बेलायतमा बढ्दो सङ्ख्यामा रहेको यस सबभेरीएन्ट अमेरिकामा कुल सङ्क्रमणको नौ प्रतिशत र बेलायतमा कुल सङ्क्रमणको ३.३ प्रतिशतमा रहेको पाइएको छ।

भिक्टोरियाको पर्यटन उद्योग कोभिड-१९ को असरबाट बाहिरिँदै गरेको पाइन्छ।

बिहीबार भिक्टोरियाका पर्यटन मन्त्री स्टिभ डिमोपोलसले पछिल्लो दुई वर्ष पछि पहिलो पटक आएको २ हजार ५ सय पर्यटक सवार क्रुज पानी जहाजलाई स्वागत गरेका छन्।

थप क्रुजहरू अक्टोबर अन्त्यदेखि आगामी वर्षको अप्रिलसम्ममा आउने अपेक्षा गरिएको छ।

अस्ट्रेलियन नेसनल युनिभर्सिटीको एक नयाँ विश्लेषणले कोभिड-१९ महामारी जारी रहे पनि युवा अस्ट्रेलियालीहरूमा मानसिक स्वास्थ्यको अवस्थामा नाटकीय सुधार आएको देखाएको छ।

अनुसन्धानका अनुसार १८ देखि २४ वर्ष समूहका अस्ट्रेलियालीहरू आफ्नो जीवन र भविष्यलाई लिएर आसावादी देखिएका छन्। ४५ देखि ६४ उमेर समूहका हरूको भन्दा उनीहरूले कम मानसिक तनाव लिएको पनि अध्ययनले देखाएको छ।

ऱ्यापिड एन्टीजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम

विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्

६० वटाभन्दा बढी भाषामा समाचार र जानकारी यहाँ उपलब्ध छ sbs.com.au/coronavirus

प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू


Share

2 min read

Published

Presented by Sunita Pokharel

Source: SBS



Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now