SKIP TO MAIN CONTENT

कोभिड-१९ अपडेट: महामारी नियन्त्रण बारे प्रधानमन्त्रीले अनुसन्धान गर्ने, बेलायतमा पहिलो ओमिक्रन खोपको अनुमति

यो मङ्गलबार १६ अगस्टको कोरोनाभाइरस अपडेट हो।

ANTHONY ALBANESE COVID VACCINATION
Australian Prime Minister Anthony Albanese receiving his fourth vaccine dose in Sydney. (file) Source: AAP / DEAN LEWINS/AAPIMAGE

2 min read

Published

Updated

Source: SBS



Skip to article content

प्रमुख विषयहरू:

  • अस्ट्रेलियामा सानातिना आपतकालीन अवस्थाका लागि ५० वटा अत्यावश्यक हेरचाह क्लिनिक खोलिने
  • पूर्व प्रधानमन्त्री स्कट मोरिसनद्वारा आफ्ना "गोप्य नियुक्ति"को बचाउ
  • फाइजरका प्रमुख कार्यकारी अधिकृत एल्बर्ट बूर्लामा कोभिड-१९ पुष्टि

मङ्गलबारसम्मको तथ्याङ्क अनुसार अस्ट्रेलियामा ७३ जनाले कोभिड-१९ का कारण ज्यान गुमाएका छन्। ती मध्य न्यु साउथ वेल्समा २४ जना, भिक्टोरियामा २० जना र क्वीन्सल्यान्डमा १७ जना थिए।

कोभिड-१९ सम्बन्धी अस्ट्रेलियाभरका पछिल्ला आँकडाहरूका लागि यहाँ थिच्नुहोस्

सानातिना आपतकालीन अवस्थाका लागि ५० वटा अत्यावश्यक हेरचाह क्लिनिकहरू खोल्ने स्वास्थ्य मन्त्री मार्क बट्लरले बताए। यसले मानिसहरूलाई बालक बिलिङ गर्ने सुविधा दिने उनले १० न्यूज फर्स्टलाई भनेका हुन्।

मेलबर्नस्थित मोडर्नाको नयाँ एमआरएनए सुविधाले प्रत्येक वर्ष १० करोड खोपका मात्राहरू उपलब्ध गर्ने उनले जानकारी दिए।

श्वासप्रश्वास सम्बन्धी अरू समस्याको लागि पनि खोप बनाउन सरकारले उक्त सुविधासँग कुरा राख्ने पनि उनले बताएका छन्।

पूर्व प्रधानमन्त्री स्कट मोरिसन कोभिड-१९ महामारीको समयमा कम्तीमा पनि पाँच वटा पदमा नियुक्त भएको प्रधानमन्त्री एन्थोनी एल्बनिजीले पुष्टी गरेका छन्।

महामारीको अवास्थ्य नियन्त्रणमा भए पछि उक्त परिस्थितिहरूको उचित अनुसन्धान गरिने उनले भनेका छन्।

बेलायतले मोडर्नाको अद्यावधिक गरिएको कोभिड-१९ खोपलाई कोभिड-१९ को प्राथमिक र ओमिक्रन भेरिएन्टका प्रयोग गर्ने अनुमति दिएको छ। उक्त खोप १८ वर्ष र त्यसभन्दा बढी उमेरका मानिसहरूले प्रयोग गर्न सक्छन्।

फाइजरका प्रमुख कार्यकारी अधिकृत एल्बर्ट बूर्ला कोभिड-१९ सङ्क्रमित पुष्टि भएका छन्।

फाइजर खोपको चार वटा मात्रा लगाएका बूर्लालाई हाल "धेरै हल्का लक्षणहरू" देखा परिरहेका छन्। उनले प्याक्सलोभिड एन्टी-भाइरल चक्की प्रयोग गरिरहेको कम्पनीले एक विज्ञप्तिमा बताएको छ।

ऱ्यापिड एन्टीजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम

विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्

६० वटाभन्दा बढी भाषामा समाचार र जानकारी यहाँ उपलब्ध छ sbs.com.au/coronavirus

प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now