पर्यटकीय रोजगारहरू महामारी अघिको स्तरमा फर्कँदै: अस्ट्रेलियाली तथ्याङ्क कार्यालय

यो अस्ट्रेलियाको साप्ताहिक कोभिड-१९ अपडेट हो।

2019 SYDNEY NYE FIREWORKS

German tourists pose for photographs at the Sydney Harbour Bridge. (file) Source: AAP / CITY OF SYDNEY - LUKAS COCH/AAPIMAGE

मुख्य बुँदाहरू:

  • न्यु साउथ वेल्समा साप्ताहिक नयाँ कोभिड सङ्क्रमण बढ्ने क्रम जारी
  • एक अध्ययन अनुसार महामारीको सुरुवाती चरणमा निकोटिन प्रयोगमा ३०% वृद्धि
  • सन् २०२१ मा न्यु साउथ वेल्सको डेल्टा सङ्क्रमण लहरको समयमा तिराइएका जरिमानाले राम्रोभन्दा बढी हानि गरेको अनुसन्धानकर्ताहरूको भनाइ

पर्यटन क्षत्रका रोजगारीहरू महामारीभन्दा अघिको स्तरमा लगभग फर्किएको अस्ट्रेलियाली तथ्याङ्क कार्यालय (एबीएस)ले जनाएको छ।

"महिलाले गर्ने कामभन्दा पुरुषले गर्ने कामहरू बढेका छन्। सन् २०१९ को अवस्थाको तुलनामा पुरुषका कामहरू ९२.७% बढेका छन् र महिलाले गर्ने कामहरू ८६.७% बढेका छन्," कार्यालयको रिपोर्टमा उल्लेखित छ।

एबीएसका पर्यटन तथ्याङ्क प्रमुख जोनथन खूका अनुसार अस्थायी रूपमा आउने गरेका होलिडेमेकरका कामहरू बढेका हुन्।

"तर, शिक्षा र प्रशिक्षण क्षत्रको भने निकै बिस्तारै प्रगति भइरहेको छ," उनले भने।

यस हप्ता न्यु साउथ वेल्समा ८,९०५ नयाँ कोभिड-१९ केसहरू पुष्टि भएको शुक्रवार बताइएको छ। यो सङ्ख्या गत हप्ता ७,८७१ थियो।

भिक्टोरियाको पनि साप्ताहिक सङ्क्रमण सङ्ख्या ३,३१९ बाट बढेर ३,९६० पुगेको छ।

युनिभर्सिटी अफ सिड्नी र अमेरिकाको ड्युक युनिभर्सिटीको संयुक्त अनुसन्धानले पत्ता लगाएको छ कि महामारीको समयमा क्यान्सर भएका मानिसहरू निकै तनावजनक अवस्थामा रहन बाध्य थिए।

यसको प्रमुख कारण स्वास्थ्य जाँच र उपचार गर्न जाँदा परिवारका सदस्य, सहयोगी या स्याहारको लागि तोकिएका व्यक्तिलाई सँगै लैजान नपाउने कडा नियम रहेको अनुसन्धानले जनाएको छ।

यसरी, अर्को महामारीमा प्रविधि र सहयोगीहरूको उपयुक्त प्रयोग गर्ने माग गरिएको छ।

महामारीको सुरुवाती समयमा अस्ट्रेलियामा निकोटिनको प्रयोग ३०% बढेको युनिभर्सिटी अफ क्वीन्सल्यान्डका अनुसन्धानकर्ताहरूले बताएका छन्।

समग्र रूपमा अस्ट्रेलियामा निकोटिन र सुर्तीको प्रयोग कम हुँदै गएको, तर महामारीले यस प्रक्रियालाई अस्थायी रूपमा रोकेको एसोसिएट प्राध्यापक फंग थाइले जानकारी दिएका हुन्।

सन् २०२१ मा न्यु साउथ वेल्सको डेल्टा सङ्क्रमण लहरको समयमा तिराइएका जरिमानाले राम्रो गर्नु भन्दा बढी हानि गरेको युनिभर्सिटी अफ न्यु साउथ वेल्सका अनुसन्धानकर्ताहरूको भनाइ छ।

"ती जरिमानाका परिणाम स्वरूप दुई मुख्य समस्याहरू देखिएका छन्। पहिलो, मानिसहरू अझै ती जरिमानाका कारण ऋण तिर्दै छन्," प्रमुख अनुसन्धानकर्ता प्राध्यापक ल्युक म्याकमाराले बताए।

"दोस्रो, ठूलो सङ्ख्यामा प्रहरी बल खटाइएका क्षत्रहरूमा प्रहरी र बासिन्दा बिचको सम्बन्ध बिग्रिएको छ।"

"मानिसहरूलाई नियम पालना गराउने उद्देश्यका साथ जारी गरिएका जरिमानाहरूले बासिन्दाहरूलाई सिकाउनुको साटो सजाय दिएको थियो।"

कोभिड-१९ भाइरस कसरी उत्पन्न भएको भनी बुझ जरुरी रहेको विश्व स्वास्थ्य सङ्गठनकी प्राविधिक कोभिड-१९ प्रमुख मारिया भ्यान केर्खोभले बताएकी छिन्।

"यो महामारी कसरी सुरु भएको थियो भन्ने बुझ्न आवश्यक छ। यसले वर्तमान अवस्थाको साथ साथै, भविष्यमा यस्ता महामारीलाई कसरी रोक्न सकिन्छ भनेर सिकाउँछ," डाक्टर केर्खोभले बताइन्।

"यो महामारी कसरी सुरु भयो भनी ठोस रूपमा भन्नलाई अहिले हामीसँग कुनै तथ्याङ्क छैन।"

गत २८ दिनमा त्यसभन्दा अगाडीको २८ दिने अवधिको तुलनामा विश्वव्यापी कोभिड-१९ केसहरू (४१ लाख) ४०% घटेका छन्।

सोही अवधिमा सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ५७% कम भएको विश्व स्वास्थ्य सङ्गठनले १६ मार्चमा सार्वजनिक गरेको रिपोर्टमा जनाएको छ।

सबैभन्दा धेरै कोभिड सङ्क्रमण अमेरिका, जापान, चीन, रुस र जर्मनीमा देखा परेका छन्।

ऱ्यापिड एन्टीजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम

विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागु क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्

६० वटाभन्दा बढी भाषामा समाचार र जानकारी यहाँ उपलब्ध छ sbs.com.au/coronavirus

प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू

एसबीएस अस्ट्रेलियाका बहुसांस्कृतिक र बहु भाषिक समुदायहरूलाई सबै कोभिड-१९ अद्यावधिक जानकारी उपलब्ध गराउन प्रतिबद्ध छ। सुरक्षित रहनुहोस्, र आफ्नो भाषामा पछिल्लो समाचारका लागि एसबीएसको कोरोनाभाइरस पोर्टलमा हर्नुहोस्।


3 min read

Published

Updated

Presented by Dinita Rishal

Source: SBS



Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now