बालबालिकामा लङ्ग कोभिडले दैनिक क्रियाकलापमा असर गर्दछ: विश्व स्वास्थ्य सङ्गठन

यो अस्ट्रेलियाको साप्ताहिक कोभिड-१९ अपडेट हो।

AUSTRALIA-SYDNEY-RESTRICTIONS-EASING

A teacher welcomes students outside a primary school in Sydney, Australia. (file) Credit: Xinhua News Agency/Xinhua News Agency via Getty Ima

मुख्य विषयहरू:

  • बच्चाहरूमा लङ्ग कोभिडका लक्षणहरू थकान, गन्धमा परिवर्तन र एन्जाइटी हुन सक्छन्
  • लङ्ग कोभिड बारे एक सिनेट अनुसन्धानमा अस्ट्रेलियाका प्रमुख चिकित्सा अधिकारी पल केली उपस्थित
  • भिक्टोरियामा नयाँ साप्ताहिक कोभिड-१९ सङ्क्रमणमा वृद्धि

विश्व स्वास्थ्य सङ्गठनले बालबालिका र किशोर किशोरीहरूमा हुने लङ्ग कोभिड अर्थात् कोभिड पछिको अवस्थाका लागि एक नयाँ क्लिनिकल परिभाषा सार्वजनिक गरेको छ।

लङ्ग कोभिड भएका बालबालिकाहरू सोही उमेर समूहका स्वस्थ बच्चाहरूको तुलनामा बढी थाक्ने, उनीहरूले गन्धमा परिवर्तन महसुस गर्ने र एन्जाइटी हुने सम्भावना देखिएको छ।

"ती लक्षणहरूले सामान्यतया दैनिक क्रियाकलापमा प्रभाव पार्छन् - जस्तै, खानपान, शारीरिक गतिविधि, व्यवहार, शैक्षिक प्रदर्शन, सामाजिक कार्यहरू (इष्टमित्र र परिवारसँगको घुलमिल) र विकासात्मक समस्याहरू," विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ।

"लक्षणहरू कोभिड-१९ निको भएको केही समय पछि, या सङ्क्रमण सुरु भए देखि नै पनि देखिन सक्छन्। र यी लक्षणहरू समयसँगै बढ्न या घट्न र फिर्ता आउन सक्छन्।"

बालबालिकामा लङ्ग कोभिडका लक्षणहरू पहिलो सङ्क्रमण भएको तीन महिना भित्र सुरु हुन सक्ने, र वयस्कहरूमा जस्तै कम्तीमा दुई महिनासम्म रहन सक्ने सङ्गठनले जानकारी दिएको छ।

वयस्कहरूमा लङ्ग कोभिडका लक्षणहरू यस प्रकारका छन्: थकान, सास फेर्न गाह्रो हुने, सास छोटिने, स्मरणशक्तिमा असर, ध्यान दिन र निन्द्रामा समस्या, निरन्तर खोकी लाग्ने, छाती दुख्ने, बोल्न गाह्रो हुने, मांसपेशी दुख्ने, गन्ध या स्वाद राम्ररी नआउने, डिप्रेसन या एन्जाइटी र ज्वरो।

इन्स्टिच्युट फर हेल्थ मेट्रिक्स एन्ड इभ्यालुएसनको तथ्याङ्कले सन् २०२१ को अन्त्यसम्म १४ करोड ५० लाख मानिसहरूमा कोभिड-१९ पछि स्वास्थ्य समस्या देखिएको बताएको छ।

अस्ट्रेलियाका प्रमुख चिकित्सा अधिकारी पल केली र डेप्युटी प्रमुख चिकित्सा अधिकारी माइकल किड लङ्ग कोभिड सम्बन्धी भएको एक सिनेटको अनुसन्धानमा उपस्थित भएका छन्।

लङ्ग कोभिड विरुद्ध लड्नका लागि सरकारले योजना तयार गरिरहेको प्राध्यापक केलीले बताएका छन्।

तर योजना कहिले तयार हुन्छ भन्ने बारेमा भने उनले तोकेका छैनन्।

लङ्ग कोभिडको एक ठोस परिभाषा नभएको वर्तमान अवस्थामा यस बारे तथ्याङ्क सङ्कलन गर्न जटिल र चुनौतीपूर्ण रहेको प्राध्यापक केलीले बताए।

"अहिले हामीले प्रयोग गरिरहेका परिभाषाहरू विश्व स्वास्थ्य सङ्गठन र बेलायतको नाइस (नेशनल इन्स्टिच्युट फर हेल्थ एन्ड केयर एक्सिलेन्स)का हुन्। तिनीहरू अनुसन्धानका लागि उचित छन्," उनले भने।

"तर यो अवस्थालाई वास्तवमा बुझ्न भने यो भन्दा बढी चाहिन्छ। र त्यो यदि कसैले गर्दैनन् भने हामीले यहाँ गर्नु पर्छ।"

यस वर्ष कोभिड-१९ का "थप केही " सङ्क्रमण लहरहरू आउन सक्ने प्राध्यापक केलीले बिहीवार बताएका थिए।

"तीव्र सङ्क्रमणको सुस्त भए तापनि, यो महामारी अन्त्य हुन धेरै समय लाग्ने जस्तो मलाई लाग्छ," उनले बताए।

सन् २०२२ मा कोभिड सुरु भए देखि अस्ट्रेलियाले १८,००० जनाभन्दा बढी मानिसहरू गुमाएको छ। त्यस मध्य १४,८५५ जनाको सन् २०२२ मा मृत्यु भएको थियो।

न्यु साउथ वेल्समा सङ्क्रमण सङ्ख्यामा थोरै गिरावट आएको शुक्रबार बताइएको छ।

गत हप्ता ६,४४० वटा केसहरू पुष्टि भएका थिए भने यस हप्ता ६,०३३ जना सङ्क्रमित पुष्टि भएका छन्।

उता भिक्टोरियामा भने साप्ताहिक सङ्क्रमण सङ्ख्यामा कमी आएको छ। गत हप्ता २,९४१ जना नयाँ सङ्क्रमित थिए भने यस हप्ता उक्त सङ्ख्या बढेर ३,३४४ पुगेको छ।

ऱ्यापिड एन्टीजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम

विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्

६० वटाभन्दा बढी भाषामा समाचार र जानकारी यहाँ उपलब्ध छ sbs.com.au/coronavirus

प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू

एसबीएस अस्ट्रेलियाका बहुसांस्कृतिक र बहु भाषिक समुदायहरूलाई सबै कोभिड-१९ अद्यावधिक जानकारी उपलब्ध गराउन प्रतिबद्ध छ। सुरक्षित रहनुहोस्, र आफ्नो भाषामा पछिल्लो समाचारका लागि एसबीएसको कोरोनाभाइरस पोर्टलमा हर्नुहोस्।


Share

3 min read

Published

Presented by Dinita Rishal

Source: SBS



Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now