Latest

कर्मचारीलाई कोभिड-१९ बाट सुरक्षित राख्नु रोजगारदाताको जिम्मेवारी: अस्ट्रेलियन युनियन्स

यो अस्ट्रेलियाको पछिल्लो साप्ताहिक कोभिड-१९ अपडेट हो।

ANDREW GILES WOOLWORTHS REFUGEE PRESSER

Employees at Woolworths. (file) Source: AAP / JONO SEARLE/AAPIMAGE

Key Points
  • अस्ट्रेलियामा साप्ताहिक कोभिड-१९ सङ्क्रमण घट्ने क्रम जारी
  • र्‍याट परीक्षणका बारेमा उठेका प्रश्नहरू टीजीएद्वारा अस्वीकार
  • अमेरिकामा मे ११ तारिखदेखि कोभिड सम्बन्धी आपतकालीन घोषणाहरू बन्द गरिने
अस्ट्रेलियाका राज्य तथा टेरिटरीहरूमा कोभिड-१९ का नयाँ सङ्क्रमण, मृत्यु र अस्पताल तथा आइसीयु भर्नाहरूको साप्ताहिक सङ्ख्या घट्दै गएको छ।

यस शुक्रबारको तथ्याङ्क अनुसार न्यु साउथ वेल्समा ६,५६७ नयाँ सङ्क्रमित फेला परेका छन् भने यो सङ्ख्या गत हप्ता ७,६५३ थियो।

त्यस्तै, भिक्टोरियामा गत हप्ता ३,४४६ को तुलनामा यस हप्ता ३,०५६ नयाँ मामिलाहरू पुष्टि भएका छन्।

यसको अनुसार राज्य वर्तमान सङ्क्रमण लहरको अन्त्यमा हुन सक्ने न्यु साउथ वेल्सकी प्रमुख चिकित्सा अधिकारी केरी च्यान्टले बताएकी छिन्।
कर्मचारीहरूलाई सुरक्षति राख्नु रोजगारदाता कानुनी जिम्मेवारी रहेको अस्ट्रेलियन युनियन्सले जनाएको छ।

"कोभिड अहिले पनि एक वास्तविक कार्यस्थल र सामुदायिक जोखिम हो। तपाईँलाई काममा सुरक्षित राख्नु तपाईँको रोजगारदाताको जिम्मेवारी रहेको कार्यस्थलीय कानुनमा स्पष्ठ उल्लेख छ," संस्थाले जारी गरेको बयानमा लेखिएको छ।

"कार्यस्थल सुरक्षित राख्ने विषयलाई रोजगारदाताहरूले कुनै पनि रूपमा हल्कामा लिनु हुँदैन।"
महामारी सुरु भएदेखि ५,००० भन्दा बढी वृद्ध हेरचाह बासिन्दाहरूको कोभिड-१९ सङ्क्रमणका कारण ज्यान गएको स्वास्थ्य विभागको तथ्याङ्कले जनाएको छ।

र्‍याट परीक्षणका बारेमा उठेका प्रश्नहरूलाई थेराप्यूटिक गुड्स एड्मिनिस्ट्रेसन (टीजीए)ले अस्वीकार गरेको छ।

अस्ट्रेलियामा प्रयोग भएका र्‍यापिड एन्टिजेन परीक्षणका किटहरू विश्व स्वास्थ्य संगठनको स्वीकृती प्राप्त रहेको टीजीएका वैज्ञानिक - पीटर डोहर्टी इन्स्टिच्युट फर इन्फेक्सन र इम्युनिटी र नेशनल (सेरोलोजी) रेफरेन्स ल्याबोरेटरीले पुष्टि गरेका छन्।

"केवल तीनवटा र्‍याटहरूले न्युनतम आवश्यकताहरू पूरा गरेका थिएनन्, र तीनलाई अस्ट्रेलियाली बजारमा आपूर्ति गरिएको थिएन," टीजीएले बताएको छ।
The World Health Organization said the new COVID-19 cases dropped globally in the past 28 days.

The Western Pacific Region, which includes Australia, saw an 81 per cent decline in new COVID-19 cases but recorded a 173 per cent rise in deaths.

China, the US, Japan, the UK and Brazil recorded the highest deaths at the country level.

The US will end COVID-19 emergency declarations on May 11, allowing Americans to receive free tests, vaccines and treatments.

गत २८ दिनमा विश्वभर कोभिड-१९ को नयाँ सङ्क्रमण सङ्ख्या घटेको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ।

अस्ट्रेलिया पनि समावेश हुने पश्चिमी प्रशान्त क्षत्रमा ८१% कमी आएको छ भने, मृत्यु हुनेको सङ्ख्या १७३% बढेको छ।

देश अनुसार भने चीन, अमेरिका, जापान, बेलायत र ब्राजिलमा सबैभन्दा उच्च मृत्यु दर पाइएको छ।

अमेरिकाले मे महिनाको ११ तारिखदेखि कोभिड-१९ का आपतकालीन घोषणाहरू बन्द गर्ने छ। यसको अर्थ अमेरिकीहरूले निशुल्क परीक्षण, खोप र उपचार पाउने छन्।

ऱ्यापिड एन्टीजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम
विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्

६० वटाभन्दा बढी भाषामा समाचार र जानकारी यहाँ उपलब्ध छ sbs.com.au/coronavirus

प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू


Share

Published

Updated

Presented by Dinita Rishal
Source: SBS

Share this with family and friends


Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand
कर्मचारीलाई कोभिड-१९ बाट सुरक्षित राख्नु रोजगारदाताको जिम्मेवारी: अस्ट्रेलियन युनियन्स | SBS Nepali