बढ्दो कोभिड सङ्क्रमण नयाँ वर्ष पछि पनि कायम हुने: उपप्रमुख चिकित्सा अधिकारी

उपप्रमुख चिकित्सा अधिकारी माइकल किडले वर्तमान कोभिड सङ्क्रमण लहर र क्रिसमसको समयमा के अपेक्षा गर्न सकिन्छ भन्ने विषयमा एसबीएससँग कुराकानी गरेका छन्।

MELBOURNE DAILY LIFE

COVID- infection expected up to and beyond Christmas and New Year Source: AAP / DIEGO FEDELE/AAPIMAGE

मुख्य बुँदाहरू:
  • सङ्क्रमणहरू क्रिसमस र न्यु यर पछि पनि कायम रहने उपप्रमुख चिकित्सा अधिकारीको चेतावनी
  • केही भेरिएन्टहरू बढी सङ्क्रामक
  • उच्च जोखिममा रहेका मानिसहरूलाई मौखिक एन्टीभाइरल औषधी महत्त्वपूर्ण
ओमिक्रनका बढ्दा भेरिएन्ट र सबभेरिएन्टका कारण प्रमुख राज्यहरूमा गत हप्ता नयाँ कोभिड सङ्क्रमण सङ्ख्या करिब दोब्बर बढेको छ।

"पछिल्लो हप्तामा हामीले अस्पतालमा भर्ना हुने, परीक्षणको रिपोर्ट गरिने, वृद्ध हेरचाह केन्द्रहरूमा सङ्क्रमण र मौखिक एन्टीभाइरल औषधीका प्रेसक्रिप्सनहरू बढेको पाएका छौँ," उपप्रमुख चिकित्सा अधिकारी माइकल किडले एसबीएससँगको अन्तर्वार्तामा बताए।

वर्तमान सङ्क्रमण लहर कहिले सम्म जारी हुन्छ भनी ठोस रूपमा भन्न नसक्ने भए तापनि "क्रिसमस र नयाँ वर्षको दिन भन्दा पछि सम्म कायम हुने" उनले चेतावनी दिएका छन्।

यो कत्तिको सही हो?

थुप्रै क्षत्रहरूमा परीक्षण गर्न र त्यसको रिपोर्ट गर्न अनिवार्य छैन।

पीसीआरबाट पत्ता लागेका सङ्क्रमणहरू, अस्पताल भर्नाको विवरण, आइसीयु भर्नाको जानकारी, वृद्ध हेरचाह केन्द्रमा सङ्क्रमण र एन्टी-भाइरल औषधीका प्रेसक्रिप्सन बारे जानकारी भने रिपोर्ट भइरहेको छ," प्राध्यापक किडले बताए।

त्यसैले, देश भर सामान्य रूपमा देखिएको प्रवृत्ति "ठिक" हो।

उच्च सङ्क्रमण सङ्ख्या केही दिनमा पुग्ने छ, र त्यो घटेमा पनि प्रत्येक दिन मानिसहरू सङ्क्रमित भएको पाइने छ।

"सङ्क्रमित हुने जोखिम अझै रहन्छ," उनले थप चेतावनी दिए।
Michael Kidd- Right.jpg
Deputy Chief Medical Officer Michael Kidd. Credit: Department of Health and Aged Care
"बढी सङ्क्रामक"

वर्तमान सङ्क्रमण लहरमा विभिन्न लक्षणहरू देखिएका छन्। कोही व्यक्तिहरूमा कम लक्षण देखिएका छन्क, कसैमा लक्षण देखिएका छैनन् र केही व्यक्तिहरू असाध्यै बिरामी भएका छन्।

"केही मानिसहरू बिरामी भएर थकानका कारण ओछ्यानबाट उठ्न सकेका छैनन् र उनीहरूलाई सास फेर्न गाह्रो भएको पाइएको छ। धेरैले ब्रेन फग (स्पष्ट रूपमा सोच्न नसक्ने) भएको बताइरहेका छन्," प्राध्यापक किडले बताए।

"म लङ्ग कोभिडलाई लिएर निकै चिन्तित छु। हामीले अस्ट्रेलियामा लङ्ग कोभिड हुने मानिसहरूको सङ्ख्या बढेको पाएका छौँ," उनले बताए।

यद्यपि, वर्तमान भेरिएन्ट र सब्भेरिएन्टहरू विगतमा देखिएका भन्दा गम्भीर रोग निम्त्याउने किसिमका नरहेको उनी बताउँछन्।

"तर केही भने बढी सङ्क्रामक छन्," उनले चेतावनी दिए।
"यसको अर्थ हामीले सङ्क्रमण भएका मानिसहरूबाट अरूलाई सर्न नदिन विशेष ध्यान दिनु पर्छ।"
उपप्रमुख चिकित्सा अधिकारी माइकल किड
गम्भीर रोग र अस्पताल भर्नाको लागि एन्टी-भाइरल औषधी

पछिल्लो कोभिड लहरको तुलनामा, अहिले हामीसँग गम्भीर बिरामी र अस्पताल भर्नाबाट जोगिनको लागि मौखिक औषधीहरू छन्।

लागेभ्रियो (Lagevrio® - molnupiravir) र प्याक्सलोभिड (Paxlovid® - nirmatrelvir र ritonavir) एन्टी-भाइरल औषधीहरू कोभिड-१९ सङ्क्रमण भएका ७० वर्षभन्दा माथिका व्यक्तिहरू र कुनै दीर्घकालीन रोग या स्वास्थ्य जोखिममा भएका १८ वर्षभन्दा माथिका व्यक्तिहरूका लागि उपलब्ध छ।

तपाईँको योग्यता यहाँ हेर्नुहोस्।

"यी कोटाहरूमा पर्ने मानिसहरूले कोभिड-१९ सङ्क्रमण भएको थाहा हुने बित्तिकै यी औषधीहरूका लागि आफ्नो जीपीलाई सम्पर्क गर्नु पर्छ," प्राध्यापक किडले बताए।

तपाईंले जीपीबाट एन्टी-भाइरल औषधीहरू लिनका लागि मेडिकेयर कार्ड चाहिन्छ। कार्ड नभएका तर ती औषधीका लागि योग्य रहेका मानिसहरूले आफ्नो राज्य या प्रदेशको स्वास्थ्य विभागमार्फत पहुँच पाउन सक्ने प्राध्यापक किडले बताए।

मास्क लगाउन कडा सुझाव

भवन भित्रका क्षत्रहरूमा मास्क लगाउन "निकै कडा सुझाव" दिइएको छ।

"विशेष गरी मानिसहरूको भिड हुने ठाउँहरूमा।

"जस्तै, पसल, सुपर मार्केट, धेरै मानिसहरू भएको लिफ्टमा जाँदा। र हावा आउने जाने झ्याल या भेन्टिलेसन राम्रो नभएको ठाउँमा," प्राध्यापक किडले बताए।

विमानस्थल र विमानहरू पनि धेरैले मास्क लगाउन थालेको उनले बताए।
होलिडेको समयमा सबैलाई सुरक्षित राख्ने

क्रिसमस र न्यु यरको छुट्टी अर्थात् होलिडेको समयमा आफू र आफ्ना प्रियजनलाई सुरक्षित राख्ने तरिकाहरू:
  • खोपहरूको बारेमा जानकार रहनुहोस् र समयमा खोप लगाउने
  • राज्य र प्रदेश सरकारका सुझावहरू अपनाउने
  • मास्क लगाउने
  • शारीरिक दूरी कायम राख्ने
  • केही लक्षण देखा परेमा घरमै बसेर आराम गर्ने र परीक्षण गर्ने
  • अस्पताल, वृद्ध हेरचाह केन्द्र, वृद्ध मानिसहरू र उच्च जोखिममा रहेका जो कोहीबाट पनि टाढा रहनु होस्
एसबीएस अस्ट्रेलियाका बहु सांस्कृतिक र बहुभाषिक समुदायहरूलाई कोभिड-१९ बारे सबै अद्यावधिक जानकारी उपलब्ध गराउन प्रतिबद्ध छ। सुरक्षित र जानकार रहनुहोस्, र नेपाली भाषामा पछिल्लो जानकारीका लागि एसबीएस कोरोनाभाइरस पोर्टल नियमित हेर्नुहोस्

Share

Published

Updated

By Yumi Oba
Source: SBS

Share this with family and friends


Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand