SKIP TO MAIN CONTENT

क्रिसमस र नयाँ वर्षका कार्यक्रममा सहभागी हुँदा कोभिड–१९ का सङ्क्रमणको खतराका बारेमा ध्यान दिन आग्रह

कोभिड–१९ सङ्क्रमणबाट गम्भीर रोग लाग्न सक्ने जोखिममा रहेका मानिसहरूले आफ्नो चिकित्सकसँग सल्लाह गरी सुरक्षित योजना बनाउन न्यु साउथ वेल्सकी प्रमुख स्वास्थ्य अधिकारी केरी च्यान्टले आग्रह गरेकी छन्।

Akiko Pollock .jpeg
Akiko Pollock (left) and her mother Yumi (right). Credit: Akiko Pollock

3 min read

Published

Updated

By Yumi Oba

Presented by Krishna Pokhrel

Source: SBS



Skip to article content

मुख्य बुँदा

  • भिड-भाड वा सामुदायिक गतिविधिहरूमा जाँदा र्‍याट टेस्ट गर्न विज्ञहरूको आग्रह।
  • मानिसहरू भेला हुने कार्यक्रम भवन बाहिर गर्न सुझाव।
  • वृद्ध एवम् आशक्त अस्ट्रेलियाली अझै पनि कोभिड–१९ बाट गम्भीर रोग निम्तन सक्ने जोखिममा।

सिड्नीमा बसोबास गर्ने अकिको पोलक, जापानबाट तीन वर्ष पछि आउँदै गरेकी आफ्नी आमाको व्यग्र पर्खाइमा छिन ता कि उनीहरू यस पटकको क्रिसमस धूमधामका साथ मनाउन सकुन्।

तीन नातीनातिनासँग रमाइलो गर्न आउन लागेकी हजुरआमाले खोपका सबै डोज लगाइसकेको भए पनि उनको उमेर र स्वास्थ्य अवस्थाका कारण विशेष ध्यान दिने परिवारले योजना बनाएको छ।

“हामी यसका बारेमा त्यति धेरै चिन्तित नभए तापनि, बेला बेलामा हात धुने, स्यानिटाइज गर्ने र एक अर्काको स्वास्थ्यका बारेमा निगरानी भने गर्नेछौ,” पुलोकले एसबीएससँग भनिन्।

पछिल्लो समय अस्ट्रेलियामा देखिएको कोभिड–१९ सङ्क्रमणदरका कारण भिड भाडमा नजाने उनीहरूले निर्णय गरेका छन्।

न्यु साउथ वेल्सकी प्रमुख स्वास्थ्य अधिकारी केरी च्यान्टले कोभिड सङ्क्रमणका कारण गम्भीर रोग उत्पन्न हुने खतरामा रहेकाहरूले आफ्नो चिकित्सकसँग कोभिडबाट बच्नका लागि सुरक्षात्मक योजना बनाउन अनुरोध गरेकी छन्।

Akiko Pollock 2.jpeg
The Pollock family. Credit: Akiko Pollock

“उनीहरूले पीसीआर जाँचका लागि प्याथलोजि फर्म वा एन्टीभाइरलका बारेमा योग्य रहेको नरहेका बारेमा जानकारी दिन सक्छन्,” डा. च्यान्टले भनिन्।

“खोपको पूर्ण डोज चाहिँ लगाउनुस् किनकि रोगबाट बच्न यो नै उत्तम उपाय हो।”

यता डेकन विश्वविद्यालयका सह–प्राध्यापक हसन भ्याली भने जोखिममा रहेका मानिसहरूको स्वास्थ्य अवस्थाका बारेमा अध्ययन गरी यस्ता मानिसहरूलाई सामाजिक भेलाहरूमा जाने विकल्प प्रदान गर्नु पर्ने बताउँछन्।

“उनीहरूले आफ्ना प्राथमिकता र जोखिमका बारेमा बुझ्छन् भन्ने बारेमा अनुमान गरेर मात्रै पुग्दैन,” उनले भने ।

यता अस्ट्रेलियाको नर्सिङ एवम् मिडवाइफरीकी प्रमुख एलिसन् म्याकमिलान भने वृद्ध र आशक्त मानिसहरू कोभिड–१९ का कारण गम्भीर रोग लाग्ने खतरामा रहेको बताउँछिन्।

“आफ्ना आफन्तलाई आशक्तता केन्द्र तथा एज्ड केयरहरूमा भेट्न जाँदै हुनुहुन्छ भने, त्यहाँका नियमहरूका बारेमा जानकार रहनुहोस्, कृपया योजना बनाउनुहोस्,” उनले भनिन्।

Hassan Vally Photo 2.jpg
Deakin University's associate professor in epidemiology, Hassan Vally Credit: Hassan Vally

नियमित रूपमा हात धुने, स्यानिटाइजर गर्ने वा खोक्दा विचार पुर्‍याउन पनि उनी आग्रह गर्छिन्।

पार्टीहरूमा सहभागिता जनाउँदा ध्यान पुर्‍याउनु पर्ने कुरा

भिक्टोरिया सरकारले नयाँ वर्ष र क्रिसमसका पार्टीहरूमा सहभागिता जनाउँदा लक्षण देखिएको खण्डमा कोभिड जाँच गराउन आग्रह गरेको छ।

बासिन्दाहरूलाई सङ्क्रमण भएको खण्डमा सात दिन आइसोलेसनमा बस्न पनि अनुरोध गरिएको छ।

डाक्टर भ्याली ठुलो जमघटमा भाग लिनु पहिले र्‍याट टेस्ट गर्दा यसले जोखिममा रहेका मानिसहरूलाई बचाउने बताउँछन्।

“सबैभन्दा महत्त्वपूर्ण कुरा, श्वासप्रश्वास सम्बन्धी कुनै लक्षण वा कोभिड सङ्क्रमणबाट निकै हुँदै हुनहुन्छ भने जमघटबाट आफूलाई टाढै राख्नुस्।”

पार्टी आयोजना गर्दा ख्याल राख्नु पर्ने कुरा

डा. भ्याली कार्यक्रमहरू आयोजना गर्दा, घर बाहिर गर्न र कोभिडबाट बच्न आवश्यक कदमहरू चाल्न आग्रह गर्छन्।

“हावाको उचित वह्वा हुँदा श्वासप्रश्वास सम्बन्धी सङ्क्रमणलाई कम गर्न सकिन्छ,” उनले भने।

यस्ता कार्यक्रम आयोजना गर्दा, पङ्खा वा एयर कन्डिसनको प्रयोग गर्ने अथवा झ्याल ढोका खोलेर पनि हावाको वह्वालाई बढाउन सकिन्छ।

एसबीएस अस्ट्रेलियाका बहु सांस्कृतिक र बहुभाषिक समुदायहरूलाई कोभिड-१९ बारे सबै अद्यावधिक जानकारी उपलब्ध गराउन प्रतिबद्ध छ। सुरक्षित र जानकार रहनुहोस्, र नेपाली भाषामा पछिल्लो जानकारीका लागि एसबीएस कोरोनाभाइरस पोर्टल नियमित हेर्नुहोस्


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now