न्यु साउथ वेल्स र क्वीन्सल्याण्डमा कोभिड लहर उच्च बिन्दुमा पुगे पनि मास्क लगाउन आग्रह

यो पछिल्लो साप्ताहिक कोभिड अपडेट हो।

SYDNEY AIRPORT XMAS DELAYS

Travellers arrive and depart at Sydney Domestic Airport in Sydney, Thursday, December 22, 2022. Millions of people will pass through Australia's airports this Christmas, with travellers being urged to be patient if delays occur. Source: AAP / NIKKI SHORT/AAPIMAGE

मुख्य बुँदाहरू

  • सम्पूर्ण भिक्टोरियावासीहरूले ३१ डिसेम्बरसम्म निःशुल्क ऱ्याट पाउने
  • विश्व स्वास्थ्य सङ्गठनद्वारा चीनमा भएको कोभिड आउटब्रेकलाई लिएर चिन्ता व्यक्त
  • साउथ अस्ट्रेलियामा आजबाट निःशुल्क मास्क वितरण गरिने

न्यु साउथ वेल्स स्वास्थ्य अधिकारी डा केरी च्यान्टले चौथो लहरको कोभिड-१९ मामिलाहरू उच्च बिन्दुमा पुगेको बताएकी छिन्।

तर समुदायमा यसको फैलावट उच्च रहेको भन्दै सचेत गराएकि छिन।

"हामी अझै पनि मानिसहरूलाई अस्पताल तथा वृद्ध स्याहार केन्द्रहरूमा मास्क लगाउन आग्रह गर्छौँ, र मानिसहरूले त्यस्ता स्थानहरूमा यी मापदण्डहरू अनुसरण गर्नु धेरै महत्त्वपूर्ण छ।"

"मास्कले जोखिम कम गर्छ र यो भिडभाड हुने बन्द स्थानहरूमा लगाउन सुझाइएको छ। आफ्नो वरपर को उच्च जोखिममा रहेको छ भनेर सधैँ थाहा नहुन सक्छ।"

क्वीन्सल्याण्डका प्रमुख स्वास्थ्य अधिकारी डा जोन जेरार्डले ऱ्यापिड एन्टीजेन परीक्षण (ऱ्याट) नतिजा रिपोर्ट गर्नेहरूको सङ्ख्यामा कमी आएको बताएका छन्।

साथै पिसिआर परीक्षणमा सङ्क्रमण रहेको परिणाम आउने सङ्ख्या, एम्बुलेन्सलाई बोलाउने सङ्ख्या र वृद्ध स्याहार केन्द्रका बासिन्दाहरूमा देखिने मामिलाहरूमा पनि महत्त्वपूर्ण गिरावट आएको उनको भनाइ छ।

शुक्रवार न्यु साउथ वेल्समा ३८ हजार ६ सय १० साप्ताहिक कोभिड मामिलाहरू दर्ता भएका छन् जुन एक हप्ता अगाडी ४० हजार ६ सय ९५ रहेको थियो।

त्यस्तै भिक्टोरियामा अघिल्लो हप्ता २४ हजार ६ सय ५२ मामिलाहरू दर्ता गरिएकोमा यस हप्ता २४ हजार २ सय ३८ नयाँ साप्ताहिक मामिला रिपोर्ट गरिएको छ।

सम्पूर्ण भिक्टोरियावासीहरूले डिसेम्बर ३१ सम्म कुनै पनि राज्य सञ्चालित जाँच केन्द्रहरूबाट दुई प्याकेट ऱ्याट निःशुल्क लिन सक्नेछन्।

यद्यपि, राज्यमा, ३१ डिसेम्बर देखि सम्पूर्ण राज्य सञ्चालित पिसिआर परीक्षण केन्द्र साथै मोबाइल खोप सेवा बन्द हुनेछन्।

साउथ अस्ट्रेलियाले २३ डिसेम्बरदेखि निःशुल्क फेस मास्क वितरण गर्ने भएको छ।

त्यस्ता मास्कहरू साउथ अस्ट्रेलिया प्याथोलोजी परीक्षण स्थलहरूबाट लिन सकिने छ।

राज्यको सरकारी तथा निजी अस्पतालहरूमा भ्रमण गर्नेहरूले अनिवार्य मास्क लगाउनु पर्छ।

र राज्यको प्याथोलोजी परीक्षण केन्द्रहरू सार्वजनिक बिदाको समयमा पनि खुल्ला रहनेछन् तर मागलाई हेरेर नियमित खुल्ला हुने समय भने परिवर्तन हुन सक्नेछ।

विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशकले टेड्रस एड्हानम गेहब्रेयससले चीनमा देखिएको कोभिड-१९ आउटब्रेकलाई लिएर चिन्ता व्यक्त गरेका छन्।

"चीनलाई आफ्नो तथ्याङ्क साझा गर्न र हामीले गरेको आग्रह अनुरूप अध्ययन गर्न हामीले निरन्तर भनी रहेका छौँ।" पत्रकार सम्मेलनमा उनले भने।

डा गेहब्रेयससले बताए कि यस वर्ष कोभिड-१९ महामारीमा निकै कमी आएको छ साथै विश्वव्यापी मंकीपक्स फैलावट पनि घट्दै छ।

"आगामी वर्ष यी दुवै स्वास्थ्य आपत्काल हटेको घोषणा गरिन्छ भन्ने कुरामा हामी आसावादी छौँ।"

जापान, कोरिया, अमेरिका, फ्रान्स र ब्राजिलमा यस हप्ता सबैभन्दा धेरै कोभिड मामिलाहरू दर्ता भएका छन्।

सार्वजनिक बिदाका समयमा निम्न विपद् तथा जानकारी प्रदान गर्ने सेवाहरू उपलब्ध रहेका छन् :

लाइफ लाइन - १३ ११ १४. बहिरोपन भएका वा सुन्न गाह्रो हुनेहरूले लाइफलाइनलाई ०४७७ १३१ १४४ मा टेक्स्ट पठाउन सक्ने छन्।

माइन्ड म्याप_यूथ पोर्टल - १८०० ८६२ १११

एक्सेस मेन्टल हेल्थ टिम - १८०० ६२९ ३५४ वा ०२ ६२०५ १०६५

सुसाइड कल ब्याक सर्भिस - १३०० ६५९ ४६७

ऱ्यापिड एन्टीजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम

विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्

६० वटाभन्दा बढी भाषामा समाचार र जानकारी यहाँ उपलब्ध छ sbs.com.au/coronavirus

प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू


Share

3 min read

Published

Updated

Presented by Sunita Pokharel

Source: SBS



Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now