Latest

अस्ट्रेलियाको महामारी सम्बन्धी आपतकालिन प्रतिक्रिया आजबाट सकिँदै, यसले के परिवर्तन ल्याउँछ?

यो साप्ताहिक अस्ट्रेलियाली कोभिड-१९ अपडेट हो।

AUSTRALIAN DAILY LIFE

Workers and pedestrians are seen during lunch time at Circular Quay on a sunny day under the canopy of jacaranda trees in Sydney. (file) Source: AAP / BRENDAN ESPOSITO/AAPIMAGE

मुख्य बुँदा:
  • नयाँ एएनयुको अध्ययनले १० मध्ये एक अस्ट्रेलियालीले लङ्ग कोभिडको अनुभव गरेको देखाएको छ
  • विश्व स्वास्थ्य सङ्गठनको रिपोर्टका अनुसार विश्वव्यापी कोभिड मामिलाहरूमा १० प्रतिशतको गिरावट
  • मडेर्नाको दोहोरो खोप अब अस्ट्रेलियामा उपलब्ध
  • वेस्टर्न सिड्नीका बासिन्दाहरूले आफूहरूमाथि लकडाउनको समयमा जातीय विभेद भएको अनुभव गरेको रिपोर्ट
अस्ट्रेलियाका राज्य तथा प्रदेशहरूमा आज १४ अक्टोबरदेखि कोभिड-१९ भएकाहरूले अनिवार्य आइसोलेसनमा बस्नु पर्ने नियम हट्दै छ।

वृद्ध स्याहार, असक्तता स्याहार, अबोरिजिनल स्वास्थ्य स्याहार र अस्पतालका स्याहार क्षेत्रमा कार्यरत क्याजुअल कामदारहरू बाहेक अन्यको लागि महामारी बिदा विपद् भुक्तानीको म्याद पनि सकिएको छ।

न्यु साउथ वेल्स स्वास्थ्य विभागले कोभिड-१९ सङ्क्रमण देखिएका उच्च जोखिम भएका क्षेत्रहरूमा काम गर्ने कामदारहरूले सात दिन पछि सम्पूर्ण लक्षणहरूबाट मुक्त भएपछि मात्र काममा फर्कनु पर्ने छ।

ऱ्याटको परिणामबारे जानकारी गराउनु पर्ने बाध्यकारी व्यवस्था अझै पनि केही राज्य तथा प्रदेशहरूमा यथावत् रहने छ।

उच्च जोखिम भएका स्थानहरूमा मास्क लगाउने र देशका स्वास्थ्य कर्मचारीहरूले अनिवार्य खोप लगाउनु पर्ने नियम बाहेक धेरैजसो कोभिड-१९ सम्बन्धी नियमहरू हटाइएको छ।
अस्ट्रेलियन नेसनल युनिभर्सिटी एएनयुको एक नयाँ अध्ययनले कम्तीमा १० मध्ये एक अस्ट्रेलियाली लङ्ग कोभिडबाट गुज्रिएको देखाएको छ।

प्रमुख लेखक प्रोफेसर निकलस बिडलका अनुसार धेरै किसिमका लक्षणहरूबाट पीडित वा लङ्ग कोभिड भएकाहरूले आफ्नो कुशलतामा कमी आएको बताउने सम्भावना रहन्छ।

सुरुवातको कोभिड भाइरस र ओमिक्रनको BA.1 सबभेरीएन्ट दुवैलाई लक्षित गर्ने मडेर्नाको दोहोरो प्रभावका खोपमा अब अस्ट्रेलियालीहरूको पहुँच हुने छ।

यद्यपि, विश्व स्वास्थ्य सङ्गठनको विज्ञहरूको एक समूहले यस्ता खोपहरू प्रयोग गर्ने सुझाव दिन अहिलेको तथ्याङ्क पर्याप्त नभएको बताएको छ।

गार्डियनको रिपोर्टका अनुसार बुस्टर खोप लिनेहरूको सङ्ख्या कम भएका कारण गत महिना अस्ट्रेलियाले आफ्नो २० प्रतिशत खोपहरू फाल्नु परेको थियो।

यद्यपि विश्व स्वास्थ्य सङ्गठनले एक भन्दा बढी मात्राका खोपहरूमा १५ देखि ४० प्रतिशत खेर जानुलाई स्वीकार्य मानेकोमा अस्ट्रेलियाले नष्ट गर्नु परेको मात्रा पनि स्वीकार्य रहेको छ।
सिड्नीको बहु सांस्कृतिक सबर्बहरू रहेको पश्चिमी सिड्नीका बासिन्दाहरूले आफूहरूलाई निशाना बनाइएको र जातीय विभेदको अनुभव गरेको अस्ट्रेलियन क्याथलिक युनिभर्सिटी र युनाइटेड वर्कर्स युनियनद्वारा सार्वजनिक गरिएको रिपोर्टमा देखाइएको छ।

यद्यपि, विश्व स्वास्थ्य सङ्गठनको विज्ञहरूको एक समूहले यस्ता खोपहरू प्रयोग गर्ने सुझाव दिन अहिलेको तथ्याङ्क पर्याप्त नभएको बताएको छ।

महामारी सम्बन्धी लकडाउनको समयमा सिड्नीका पूर्वी सबर्बहरूको तुलनामा आफूहरूमाथि विभेद गरिएको उनीहरूको अनुभव छ।

"पश्चिमी सिड्नीका बासिन्दाहरू र अन्य जोखिम युक्त स्थानीय सरकार क्षेत्रहरूलाई सिड्नीका अन्य स्थानको तुलनामा बढी कडा प्रतिबन्धहरूका साथ हिँडडुल र रात्रि कालिन समयमा कर्फ्यु लगाएर एकै स्थानमा सीमित गराइयो।"

वेस्टर्न अस्ट्रेलियाले राज्य सञ्चालित खोप केन्द्रहरूको सङ्ख्या घटाउने निर्णय गरेको छ। यद्यपि जीपीकोमा र फार्मेसीहरूमा खोपहरू भने उपलब्ध रहेका छन्।

नयाँ मोडलिङले साउथ अस्ट्रेलियामा आगामी लहर डिसेम्बरको सुरुवाततिर उच्च बिन्दुमा पुग्ने देखाएको छ।

तर यो पहिलेको लहरहरू भन्दा कम गम्भीर किसिमको हुने अनुमान गरिएको छ।

राज्यमा क्रिसमसको समयमा अस्पताल भर्ना हुनेहरूको सङ्ख्या उच्च हुने अनुमान गरिएको छ।
कोभिड-१९ र अन्य महामारी सम्बन्धी एक स्वतन्त्र कार्य बलले कोभिड-१९ को सुरुवात 'जुनोटिक हुन सक्ने' पत्ता लगाएको छ। जसको अर्थ यो भाइरस जनावरबाट मानिसहरूमा सरेको भन्ने हुन्छ।

उक्त कार्य बलले कोभिड-१९ ल्याबबाट जन्मिएको भन्ने सम्बन्धमा "पुष्टि गर्न सकिने वा विश्वसनीय प्रमाण" नभेटिएको पनि बताएको छ।

विश्व स्वास्थ्य सङ्गठनको पछिल्लो रिपोर्टका अनुसार अक्टोबर ९ सम्मको एक हप्ताको समयमा विश्वव्यापी नयाँ मामिलाहरूमा १० प्रतिशतको गिरावट आएको छ भने यसबाट ज्यान गुमाउनेहरूको सङ्ख्यामा एक प्रतिशतले कमी आएको छ।

जर्मनी, चीन, फ्रान्स, अमेरिका र इटालीले सबैभन्दा धेरै साप्ताहिक सङ्क्रमण दर्ता गरेका छन्।

ऱ्यापिड एन्टीजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम
विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्

६० वटाभन्दा बढी भाषामा समाचार र जानकारी यहाँ उपलब्ध छ sbs.com.au/coronavirus

प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू


Share

Published

Updated

Presented by Sunita Pokharel
Source: SBS

Share this with family and friends


Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand