SKIP TO MAIN CONTENT

मोडर्नाको बीए.४/बीए.५ बाइभ्यालेन्ट खोपहरू टीजीएद्वारा स्वीकृत

यो अस्ट्रेलियाको साप्ताहिक कोभिड-१९ अपडेट हो।

AUSTRALIAN ISLAMIC CENTRE POP UP VAX CENTRE
A Melbourne resident receives his COVID-19 vaccine at a clinic in Newport. Source: AAP / JAMES ROSS/AAPIMAGE

3 min read

Published

Updated

Presented by Dinita Rishal

Source: SBS



Skip to article content

मुख्य विषयहरू:

  • अस्ट्रेलियन क्यापिटल टेरिटरीले सकारात्मक आएका र्‍याट परीक्षण रिपोर्ट गर्नु पर्ने नियम २८ फेब्रुअरीदेखि हटाउने
  • घरेलु र अन्तराष्ट्रिय उडानका सङ्ख्या महामारीभन्दा अघिको सङ्ख्यामा नपुगेको सिड्नी विमानस्थलको तथ्याङ्क
  • गत २८ दिनमा विश्वव्यापी कोभिड सङ्क्रमण दर ८९% घटेको विश्व स्वास्थ्य सङ्गठनको भनाइ

अस्ट्रेलियाको औषधी नियामक संस्था थेराप्यूटिक गुड्स एड्मिनिसट्रेसन टीजीएले ओमिक्रन तथा बीए.४/बीए.५ भेरिएन्टलाई लक्षित गर्ने मोडर्नाको बाइभ्यालेन्ट खोपलाई स्वीकृति दिएको छ।

तर खोपलाई १२ वर्ष र त्यसभन्दा माथिका लागि बुस्टरको रूपमा प्रयोग गर्नु अघि खोप नियामक समिति अस्ट्रेलियन टेक्निकल एड्भाइजरी ग्रुप अन इम्युनाइजेसन (अटागी)को अनुमति बाँकी छ।

अटागीले मोडर्नाको बीए.१ भेरिएन्ट र ओमिक्रनमा लक्षित बाइभ्यालेन्ट खोपलाई स्वीकृति दिइसकेको छ।

लङ्ग कोभिडको बारेमा सही चेतना हुनु पर्ने बर्नेट इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत ब्रेन्डन क्र्याबले एक संसदीय सोधपुछ समक्ष बताएका छन्।

लङ्ग कोभिड भएका मानिसहरू सरकारद्वारा समावेश नभएको उनको भनाइ छ।

"यो समूहले छलफलहरूमा आफू छुटेको महसुस गरेका छन्। बढी जोखिममा मानिसहरूमा केन्द्रित छँदा अस्ट्रेलियाको नीति व्यापक रूपमा एक्युट कोभिडमा आधारित छ," उनले बताए।

एक नयाँ विश्लेषणले देखाएको छ कि अद्यावधिक रूपमा खोप नलगाएका मानिसहरू अस्पताल भर्ना हुने जोखिम आठ गुणा बढी हुन्छ र मृत्यु हुने जोखिम पाँच गुणा बढी हुन्छ।

घरेलु र अन्तराष्ट्रिय उडानको सङ्ख्या महामारीभन्दा अघिको सङ्ख्यामा अझै नपुगेको सिड्नी विमानस्थलको पछिल्लो तथ्याङ्कले जनाएको छ।

ज्यानुअरी सन् २०२३ मा सिड्नी विमानस्थलमा कुल ३१,२०,००० जना यात्रुहरू थिए, जुन सन् २०१९ ज्यानुअरीको ७९% हो।

अस्ट्रेलियन क्यापिटल टेरिटरी ( एसीटी)ले सकारात्मक आएका र्‍याट परीक्षण रिपोर्ट गर्नु पर्ने नियम २८ फेब्रुअरीदेखि हटाउने भएको छ।

यो नियम कायम रहेको एक मात्र ठाउँ एसीटी हो।

मार्च १ तारिखदेखि एसीटीका बासिन्दाहरूले स्टेट पुस्तकालयहरू (हेरिटेज पुस्तकालय बाहेक), एक्सेस क्यानबेरा केन्द्र लगायत विभिन्न ठाउँहरूबाट नि:शुल्क र्‍याट परीक्षण किटहरू लिन पाउने छन्।

शुक्रवारको तथ्याङ्क अनुसार न्यु साउथ वेल्सको कोभिड सङ्क्रमणमा थोरै वृद्धि देखिएको छ। यस हप्ता ६,५४५ रहेको सङ्ख्या गत हप्ता ६,०३३ थियो।

भिक्टोरियामा नयाँ सङ्क्रमण सङ्ख्या गत हप्ताको ३,३३४ बाट झरेर ३,०५२ रहेको छ।

गत २८ दिनमा विश्वव्यापी कोभिड सङ्क्रमण दर ८९% घटेको विश्व स्वास्थ्य सङ्गठनको भनाइ छ।

त्यस्तै, त्योभन्दा पहिलेको २८ दिनको तुलनामा, गत २८ दिनमा कोभिड-१९ को कारण ज्यान गुमाउनेहरूको सङ्ख्या ६२% ले घटेको छ।

सबैभन्दा धेरै कोभिड सङ्क्रमण अमेरिका, जापान, चीन, कोरिया र जर्मनीमा पुष्टि भएका छन्।

ओमिक्रनको बीए.५ भेरिएन्ट र त्यसका लिनियेजहरूबाट हुने सङ्क्रमणमा कमी देखिएको विश्व स्वास्थ्य सङ्गठनले बताएको छ। गत हप्ताको कूल सङ्क्रमणका ३५.३% केसहरूमा ती भेरिएन्ट पाइएका छन्।

ऱ्यापिड एन्टीजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम

विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागु क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्

६० वटाभन्दा बढी भाषामा समाचार र जानकारी यहाँ उपलब्ध छ sbs.com.au/coronavirus

प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now