Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

सांस्कृतिक छाप छोड्दै बिदा भयो “गेम अफ थ्रोन्स”

करिब आठ वर्ष पहिले सुरु भएको लोकप्रिय “गेम अफ थ्रोन्स” कथा शृङ्खला इतिहासमा कहिल्यै नमेटिने आफ्नो छाप छोड्दै अन्त्य भएको छ।

game of thrones Daenerys white saviour

Daenerys Targaryen saves the brown people on 'Game of Thrones'. Source: HBO

करिब आठ वर्ष पहिले सुरु भएको लोकप्रिय “गेम अफ थ्रोन्स” कथा शृङ्खलाको अन्त्य भएको छ।

आफैँमा एक सांस्कृतिक घटना मानिएको यो सानो पर्दाको काल्पनिक नाट्य शृङ्खलाले संसार भरिका मानिसहरूलाई मनोरञ्जन प्रदान गर्न सफल रहेको थियो।

जर्ज रेमण्ड रिचार्ड मार्टिनद्वारा लिखित उपन्यासमा आधारित “गेम अफ थ्रोन्स”ले एक सांस्कृतिक हलचल नै ल्याइदियो भन्दा अतिशयोक्ति नहोला।

मध्ययुगीन समयको कथालाई टेलिभिजनमा उतारेर लगभग एक दशकसम्म २०० भन्दा बढी देशहरूका दर्शकहरूलाई बाँधेर राख्न सक्षम “गेम अफ थ्रोन्स” आफ्नो आठौँ शृङ्खलासँगै बिदा लिएको छ।

संसारकै सबैभन्दा महँगो मानिएको उक्त टेलिभिजन सिरिजले ६० भन्दा बढी पुरस्कारहरू जितिसकेको छ भने भर्खरै सकिएको आठौँ सिजनको पहिलो भाग मात्र पाँच करोड भन्दा बढी पटक गैरकानुनी रूपमा डाउनलोड गरी हेरिएको बताइएको छ।

यसका साथै, यो सिजनका प्रत्येक भाग ४ करोड भन्दा बढी दर्शकहरूले हेर्दै रेकर्ड कायम गरिसकेको अवस्था छ।

यथार्थ जीवनमा प्रभाव

Game of Thrones, Beverages, Beers, Wines, Juices
Source: ommegang.com

यस शृङ्खलामा आधारित रहेर राजनैतिक देखि अन्य किसिमका विज्ञापनहरू तथा सामानहरू बजारमा आइसकेका छन्।

अनि, यही लोकप्रियताको आडमा एक प्यारोडी “ओपेरा” नाटक पनि प्रदर्शनी भइसकेको छ। 

अमेरिकी राष्ट्रपति ट्रम्प स्वयमले पनि यही नाटकको थीम समात्दै आफूले रुससँग मिलेर गरिएको भनिएको जालसाजीपूर्ण कार्यबाट मुक्ति पाएको एक ट्विट सार्वजनिक गरेका थिए।

pic.twitter.com/222atp7wuB

यो टेलिभिजन शृङ्खलाका कारण केही युरोपेली देशहरूमा पर्यटन क्षेत्रको बिस्तार भएको बताउँछन् न्यारेटोलोजीका प्रोफेसर टम भ्यान लार।

“आइसल्यान्ड, उत्तरी आयरल्यान्ड र विशेष गरी डिब्रोभनिकमा पर्यटकहरूको भीड नाटकीय रूपमा बढेको छ। यसो हुनुको प्रमुख कारण भनेको यी ठाउँहरू ‘गेम अफ थ्रोन्स’मा देखाइनु नै हो,” उनी भन्छन्।

उल्झिएको विषयवस्तु तथा अचम्मका पात्रहरूले यथार्थमा पनि आफ्नो प्रभाव बेला-बेलामा देखाउन थालेका छन् - विशेष गरेर युरोपको राजनीतिमा।

युरोपियन कमिसनको अध्यक्ष बन्ने दाउमा रहेका फ्रान्ज टिम्मरम्यान्स भन्छन्, “अहिले संयुक्त अधिराज्य स्टेरोइडमा रहेको गेम अफ थ्रोन्स जस्तै भएको छ।”

तर, यति विघ्न लोकप्रिय भएको यो नाट्य शृङ्खला पनि विवाद रहित भने हुन सकेन।

१० लाख मानिसहरूले आफूहरूलाई यस शृङ्खलाको अन्त्य जसरी भयो, त्यो मन नपरेको भन्दै त्यसलाई परिवर्तन गर्न आफूहरूको माग अगाडी सारेका छन् ।

प्रोफेसर लारका अनुसार, कथावस्तु निकै द्रुतगतिमा अगाडी बढ्नु पनि दर्शकहरूलाई चित्त नबुझेको कुरा मध्य एक हो।


2 min read

Published

Updated




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now