दुई सातामा २ बालिकाको ज्यान लिएपछि हिंस्रक चितुवा मार्न स्थानीय प्रशासनले बैतडीको तल्लोस्वराड क्षेत्रमा प्रहरी परिचालन गरेको छ ।
आइतबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले चितुवा मार्न प्रहरी खटाउने निर्णय गरेको हो । जिल्ला प्रहरी र पाटनस्थित दंगा प्रहरी इकाईबाट १५ जनाको टोली पठाएको छ । सोमबारदेखि टोलीले उदयदेव र बिशालपुर क्षेत्रमा चितुवाको खोजी सुरु गरेको स्थानीय प्रशासनले जनाएको छ ।
चितुवाको आक्रमणबाट गत शनिबार राति उदयदेव–२ कफाडीमा ४ वर्षीया बालिका चञ्चला चन्दको मृत्यु भएको थियो । भदौ पहिलो साता उदयदेव–९ मकैलमा ७ वर्षीया बालिका अञ्जली चन्दको ज्यान लिएको थियो
