Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

दुई नेपालीको ज्यान गएको दुर्घटनाका सवारी चालक सिड्नी एयरपोर्टबाट पक्राउ

दुई नेपाली विद्यार्थीहरूले ज्यान गुमाएको दुर्घटनामा सवारी चालक रहेका अर्का एक नेपालीलाई शुक्रवार साँझ सिड्नी अन्तर्राष्ट्रिय एयरपोर्टबाट प्रहरीले हिरासतमा लिएको छ।

Parramatta court house
Source: AAP

अस्ट्रेलिया छाड्न लागेको अवस्थामा २२ वर्षीय गाडी चालकलाई प्रहरीले एक भन्दा बढी आरोपहरूका साथ पक्राउ गरेको जनाइएको छ।

जुलाई २८ आइतबार बिहान ३:४० बजे कुमा नजिक मोनरो हाइवेमा भएको दुर्घटनामा २२ वर्षीय समीक्षा सुबेदी र २१ वर्षीय गोपाल भण्डारीले ज्यान गुमाएका थिए।

पाँच जना सवार माज्दा ६ नियन्त्रण बाहिर गए पछि पल्टँदा बन्यानको रोज भ्याली रोड नजिक पुगेको थियो।

घटनामा गाडी चालकको टाउकोमा चोट लागेको थियो भने अन्य दुई १९ र २० वर्षीय यात्रुहरूको पनि टाउकोमा बाहिरी चोट लागेको थियो।

उनलाई  घटना पश्चात् क्यानबेरामा उपचारार्थ लागिएको थियो।

एक हप्ता लामो अनुसन्धान पश्चात् उनलाई सिड्नी एयरपोर्टबाट पक्राउ गरिएको बताइएको छ।

पक्राउ गरी मास्कोट प्रहरी कार्यालय लगिएका उनी माथि लगाइएका आरोपहरू मध्ये मृत्युको कारक हुने गरी जोखिमपूर्ण गाडी चलाएको दुई वटा मुद्दा पनि रहेको छ।

उनलाई जमानत दिन अस्वीकार गरिएको थियो भने उनि शनिवार पारामाटा अदालतमा उपस्थित हुनेछन्।


1 min read

Published

Updated

By SBS Nepali

Source: SBS


Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now