मो समय सम्म बाँच्न धेरै चिकित्सकहरु र परिक्षणहरुले बढी भन्दा बढी फलफुल र स्वस्थबर्धक खानेकुरामा धेरै ध्यान दिनु भनि बताउछन्। तर हाल संसारकै महिलाहरुमध्ये की उमेरले जेठी एम्मा मोरानोले भने फलफुल तर्फ़ आफूले कहिले उतिसारो ध्यान नदिएको बताउछिन्। उनी ११६ बर्षकी रहेकी छिन्।
अझ उनी त आफू बीस बर्षको उमेरमा जे खाने गर्थिन, अहिले पनि नित्य त्यहिनै खाने गरेको बताउछिन्। उनी दिर्घायु हुनुको रहस्य, उनको विचारमा , लगभग सय बर्ष देखि आफुले कुखुराको अण्डा नित्य खानु रहको उल्लेख गर्छिन। आफ्नो जीवनकालमा उनले एकलाख भन्दा बढी अण्डा खाईसकेको बताउछिन्।
पहिले उनि नित्य तीन अण्डा र रातको खान मा नित्य कुखुराको मासु खाने गर्थिन्। तर अचेल भने उनको मासु खुवाई कमजोर दाँतका कारण कम भएको छ भनी मोरानोकी चिकित्सकले जानकारी दिएका छन्। यही नोभेमबर महिनाको २२ तारिख उनको उमेर ११७ हुने छ।
