Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

दुर्घटनाग्रस्त बिमान एक बर्ष पछि फेला पर्यो

Plane accidents

Source: Nepal Police

एक विदेशी यात्रुसहित एकवर्ष अघिदेखि बेपत्ता रहेको एक सानो जहाज आइतबार बिहान फेला परेको छ । पोखरा अल्ट्रालाइट कम्पनिको उक्त सानो जहाज पोखरा विमानस्थलबाट उडेपछि हराएको, माछापुच्छ्रे र अन्नपूर्ण हिमालबीचको खोचमा क्षति ग्रस्त अवस्था मा आज बिहान भेटिएको हो।

उक्त जहाज, गत बर्ष असोज २१ गते हराएको थियो । पोखरा विमानस्थलबाट उडेको उक्त जहाजलाई रसियन पाइलट ५० बर्षीय भ्यालरी बुटेरिनले उडाएका थिए । जहाजमा दक्षिण अफ्रिकी महिला ४० बर्षीया एलिजावेथ वेल यात्रारत थिइन् । ‘माउन्टेन फ्लाइट’ का लागि एक घण्टाको समय लिएर उडेको जहाज उडान भरेको ७ मिनेटपछि नै सम्पर्कविहीन भएको थियो ।

बिमान कम्पनी ले उक्त जहाजको खोजी कार्य त्यस पछि पटक पटक गरेको थियो।

अधिकारीहरुका अनुसार जहाज ड ढे को अवस्थामा भेटिएको थियो र त्यसमा सवार दुवै व्यक्तिहरुको अवशेष पनि फेला परेको छ।


1 min read

Published

Presented by SBS Nepali

Source: SBS


Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now