SKIP TO MAIN CONTENT

ड्रीम वोर्ल्ड को दुर्घटनामा चार मारिए

Dreamworld Horror
Source: AAP

1 min read

Published

Presented by SBS Nepali

Source: SBS


Skip to article content

अस्ट्रेलियाको गोल्ड कोस्ट शहरमा रहेको ड्रीम वोर्ल्डमा आज एक "राईड " वा मनोरन्जनात्मक गतिबिधिमा सामेल हुँदा चार जना मारिएका छन्।  ड्रीम वोर्ल्, पर्यटकहरु माझ निक्कैनै लोकप्रिय रहेको पारिवारिक मनोरन्जनात्मक स्थल हो।

प्राप्त समाचार अनुसार मारिनेहरुमा दुई पुरुष र दुई  महिला रहेका छन्। उक्त दुर्घटना पछि ड्रीम वोर्ल्ड  भोलि बुधबार थप अनुसन्धानका  लागि बन्द रहने छ।  घटना त्यहाँको क्यामेरामा खिचिएको बताईएको छ , जसले  प्रहरीहरुलाई  सूचना संकलन गर्न सजिलो पर्नेछ। अपुष्ट समाचारका  अनुसार ती राईडहरु आज दुई पल्ट बिग्री सकेका थिए।  प्रहरीहरुले त्यस सम्बन्धमा थप जाँच-बुँझ गर्ने बताएको छ।

करिब छ महिना अघि पनि एक पर्यटक गम्भीर घाईते भए पछि ड्रीम वोर्ल्ड  केहि दिनका  लागि बन्द भएको थियो.


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now