दक्षिण अस्ट्रेलिया: खेलकुदमा नेपाली भाषीहरुको बढ्दो संलग्नता

दक्षिण अष्ट्रेलियाका नेपाली भाषीहरुको खेलकुद गतिविधिमा संलग्नता तिब्र रुपमा बढेको छ। क्लबहरु क्रमस: बहु सामुदायिक समेत हुँदैछन् – नेपालीहरुका क्लबमा अन्य समुदायबाट समेत खेलाडी आउन थालेका छन् जसले क्लबहरुको बढ्दो लोकप्रियतालाई दर्शाउँछ।

ANCA Kids

Source: Supplied

केही वर्ष अघिसम्म यस्ता गतिविधिमा उनीहरुको उपस्थिति प्राय सुन्य थियो। आज भोली धेरै क्लबहरु स्थापना भएका छन् र उनीहरु मान्यता प्राप्त लिग खेलहरुमा सहभागिता जनाउन थालेका छन्। लिग खेल र सामुदायिक रुपमा आयोजना हुने कैयन प्रतियोगिताहरुले यसको झल्को दिने गरेको छ।

खासमा फुटबल र क्रिकेटमा नेपाली भाषी समुदायको झुकाव देखिन्छ। यदाकदा रुपमा भलिबल र अन्य खेल्कुदमा उनीहरुको सहभागिता देखिए पनि यो समुदायमा फुटबल र क्रिकेट नै बढी लोकप्रिय छ।

यहाँ बस्ने नेपालीहरुले सन् २०१२मा स्थापना गरेको एडिलेड खुकुरी फुटबल क्लब यसरी प्रगति गर्नेहरुमध्ये अग्रपंतिमा पर्छ। फुटबल फेडेरेसन साउथ अष्ट्रेलियामा दर्ता भएको एडिलेड खुकुरी क्लबमा नेपालमा व्यवसायिक फुटबल खेल्ने खेलाडीको उपस्थिति निकै छ। 

अष्ट्रेलियामा पढ्न आउने नेपालका व्यावसायिक खेलाडीहरु आफ्नो व्यावसायिक खेललाई निरन्तरता दिन क्लबमा आबद्ध भएर खेल्ने गर्छन्। क्लबका सचिव राजन लामिछानेका अनुसार क्लबले गत सालबाट लिग ५ बाट व्यवसायिक खेल सुरु गरेको हो। यो साल लिग ४ खेल्ने मौका पाएको क्लब लिग ३ मा जान निकै मेहेतन गरेर खेलिरहेको लामिछानेले बताए।

Adelaide Dragon Football Club
Source: Adelaide Dragon Football Club

यहाँ स्थित भुटानी समुदायमा पनि फुटबल र क्रिकेट खेल्ने क्लबहरु छन्। एडिलेड ड्रागन फुटबल क्लबका कप्तान धन राई वार्षिक रुपमा क्लबले खेलाउने ड्रागन कपको तयारीमा निकै व्यास्त छन्, हिजो आज। भर्खरै ब्रिस्बेनमा सम्पन्न भुटानीहरुको अन्तर राज्य फुटबलमा सहभागिता जनाएर फर्केको क्लबका खेलाडी आफैले आयोजना गर्ने खेलको तयारीमा जुटिसकेका छन्। यो वार्षिक खेलमा नेपाली, भुटानी र अन्य समुदायबाट १२ टिमको सहभागिता रहने राईले बताए।

फुटबल फेडेरेसन साउथ अष्ट्रेलियामा दर्ता नभएका कारण यो क्लबले औपचारिक मान्यता भने पाएको छैन। यसका कारण एडिलेड ड्रागन लिग खेल्नबाट बञ्चित छ । राईले समाजका अगुवाहरुले क्लब दर्ता प्रकृयामा सहयोग नपर्‍याएको गुनासो गरे।

"मैले अग्रज दाजुहरुलाई कानुनी प्रकृयाका लागि धेरै सहयोग मागे पनि प्राप्त भएन। यसले समुदायका उदाउँदा खेलाडीहरुलाई हामीले चाहेर पनि अवसरहरु सृजना गर्न सकेका छैनौं", राईले भने।

तर ड्रागन क्लबमा खेल्ने अधिकांश खेलाडी स्थानीय क्लबमार्फत लिग खेल्ने आफ्नो धोको पूरा गर्दैछन्। जस्तो मंगल मगर र लक्ष्मी राई युनिभर्षिटी अफ साउथ अष्ट्रेलियाबाट स्टेट लिग खेल्ने गर्छन। अन्य धेरै खेलाडीहरु सल्सब्री युनाइटेड सार्क, पारालोई इगल, एलिजाबेथ भेल सक्कर क्लब, पाराहिल्स नाइट जस्ता क्लबबाट आफ्नो खेल व्यावसायलाई अघि बढाईरहेका छन्।

ड्रागनसित दुईवटा पुरुष र एउटा महिला टिम छ। राईका अनुसार उनीहरु ल्कब दर्ता प्रकृयासंगै भलिबल टिम पनि निर्माण गर्ने प्रयासमा छन्।

Adelaide Nepalese Cricket Association
Women players from Adelaide Nepalese Cricket Association team returning to pavillion Source: Adelaide Nepalese Cricket Association/Ranzan Photography
फुटबल मात्र हैन, नेपाली भाषीले क्रिकेट खेलमा पनि निकै प्रगति गरेका छन्।

नेपाली क्रिकेटप्रेमीहरुको एडिलेड नेपालीज क्रिकेट एसोसिएसन (एन्का) व्यवसायिक खेलमा निकै अघि छ । एन्काका भर्खरै पुन: निर्वाचित अध्यक्ष बिजय जोशी अक्टोबरबाट सुरु हुने ६ महिने लिग खेलका लागि अहिले देखि नै खटिरहेका छन्। साउथ अष्ट्रेलियन क्रिकेट एकाडेमीमा दर्ता भैसकेको यो टिममा पनि नेपालमा व्यावसायिक क्रिकेट खेल्ने धेरै खेलाडीहरु सहभागी छन्। अष्ट्रेलिया आउनु अघि जोशी स्वयम् पनि ललितपुर क्षेत्र नं ३ बाट क्रिकेट खेल्थे।

पढाईको सिलसिलामा यहाँ आएर ३-४ वर्ष यहाँ बिताउदाँ समेत क्रिकेट प्रतिको आफ्नो लगावलाई निरन्तरता दिन खेलाडीका लागि क्लब सहयोगी सिद्ध बनेको छ।क्लबले खेल्ने ६ महिने लामो लिग खेल सुरु हुनै लाग्दा खेलाडीहरु हरेक आइतबार र बुधबार तयारी खेलमा व्यास्त छन् ।

नेपाली भाषी भुटानी युवाहरुले स्थापना गरेको क्रिकेट पनि निकै सकृय छ। अन्तर राज्य स्तरीय हुने भुटानीहरुको सामुदयिक क्रिकेट प्रतियोगिताले पनि समुदायका युवालाई क्रिकेट प्रति आकर्षित गरेको देखिन्छ। तर कानुनी रुपमा दर्ता नभएका कारण क्लबले लिग म्याच भने खेल्ने मौका पाएको छैन।

खेलकुदमा आफ्नो भविष्य देख्ने वा शौकका रुपमा खेललाई लिने यी धेरै युवाजमातलाई भने आर्थिक समस्या छ। दर्ता भएका क्लबहरुले जेनतेन केही प्रायोजकहरु भेटेको छन्। तर पर्याप्त भने छैन।
ADFC
Source: Supplied

यसता धेरै खेलकुद प्रतियोगिताले युवाहरुलाई व्यास्त र तन्दुरुस्ता राख्ने मात्र हैन अन्य समुदायसित सम्बन्ध विस्तारमा प्रशस्ता सहयोग पुगेको देखिन्छ। खेलका माध्यमबाट स्थापना हुने यसतो सम्बन्धले अन्तर समुदाय बीच विश्वास र सहकार्यका निम्ति बाटो खोलेको छ।


3 min read

Published

Updated

By Indra Adhikari



Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now