SKIP TO MAIN CONTENT

नाच्नु नै मेरो जिन्दगी हो: सुशान्त खत्री

पछिल्लो समयमा आफ्नो प्रतिभा देखाउने धेरै माध्यमहरु मध्ये टेलिभिजनमा प्रस्तुत गरिने प्रतियोगिताहरुबाट प्रतिष्पर्धीहरुले नाम र दाम दुवै कमाउने गरेका छन्। गीत, सङ्गीत तथा अभिनयसंगै नृत्य प्रतियोगिताहरु पनि अब नेपालीहरु बीच लोकप्रिय बन्न थालेका छन्।

SUshant Khatri
Sushant Khatri is a popular Nepali dancer making it big time in India Source: Facebook/imsushantkhatri

2 min read

Published

Updated

By SBS Nepali

Source: SBS



Skip to article content
खत्रीसँगको हाम्रो पुरा कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरमा प्ले बटन थिच्नुहोस्

सन् २०१८ सम्म आइपुग्दा नाच-गान प्रति नेपालीहरुको दृष्टिकोण पनि परिवर्तित हुन थालेको छ। हाम्रा बाजे बराजुहरुको पालीमा झैँ नर्तक तथा नर्तकीहरू पुन: शहर बजारमा राम्रो नाम तथा दाम कमाउन थालेका छन् । भलै त्यो सोरठी वा मारुनी नभएर पाश्चात्य संस्कृतिमा आधारित ब्रेक डान्स वा डिस्को हुन् !

त्यस्तै नव-नर्तक बनेर लोकप्रियता कमाउने नेपालीहरुको जमातमा सुशान्त खत्री भन्ने नाम नृत्य कलाका पारखीहरुका लागि नयाँ होइन। विभिन्न भारतीय टेलिभिजन रियालिटी शोहरुबाट निकै वाहवाही बटुलेर अहिले अरुलाई नाच्न सिकाउने काममा समेत लागेका खत्री भर्खरै अस्ट्रेलिया भ्रमणमा आएका थिए।

Sushant Khatri in Sydney
Source: SBS Nepali

नेपालमा नृत्यलाई करियरकै रुपमा हेर्ने प्रचलन नहुँदा परिवारबाट खासै सहयोग नपाएका सुशान्त, आफ्नो अठोट तथा आफ्नी दिदीको आशिर्वाद लिएर भारत तर्फ हानिएका थिए।

आफ्नै दिदिको नृत्य कलाबाट प्रभावित भएर यस क्षेत्र प्रति लगाव बढेको बताउने सुशान्त अहिले धेरैको लागि प्रेरणाको स्रोत बनेका छन्।

अनि एक भारतीय टेलिभिजनमा आउने गरेको एउटा नृत्य प्रतियोगिताबाट एकाएक चर्चामा आए।

सन् २०१६ मा भारतीय टेलिभिजनको लोकप्रिय कार्यक्रम 'डान्स प्लस सिजन २' मा अन्तिम चार प्रतिष्पर्धीहरु मध्ये पर्न सफल सुशान्तले चौथो स्थानमा चित्त बुझाउनु परे पनि उनका प्रशंसकहरुको संख्या भने बढी नै रह्यो।

नृत्यलाई बुझ्ने र सहयोग गर्ने सोचाइ अझै पनि सोचे जस्तो नभएको प्रतिक्रिया सुशान्तले एसबीएस नेपालीसँग एक साक्षात्कारको क्रममा दिंदै भने, "हामीले मानिसहरुलाई अझ बुझाउनु छ - नाचेर पनि कमाई-खान सकिन्छ।"

आफुले सिकेका ज्ञान उनले नेपालमा नि:शुल्क नृत्य कक्षाहरु तथा कार्यशालाहरू मार्फत बाँड्ने गरेको पनि बताएका छन्।

नृत्यबाट पाएको सफलताका कारण पछिल्लो समयमा सुशान्तले विभिन्न म्युजिक भिडियो देखि चलचित्रमा अभिनय गर्ने समेत अवसर प्राप्त गर्न थालेका छन्।

"म छिट्टै अब बलिवुडका सिनेमाहरुमा पनि देखा पर्दै छु", आफु अभिनित हिन्दी सिनेमाको बारे खुलाउँदै उनले भने।

उनले गएको सप्ताहन्तमा सिड्नीमा आयोजित एक सांस्कृतिक कार्यक्रममा आफ्नो प्रतिभाको परिचय दिएका थिए।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now