दशैंका नयाँ नोट भारतको बन्दरगाहमा अड्कियो

New Nepali notes

Source: Getty

नेपालमा दशैंको टिकाको क्रममा आफन्तलाई सौगात को रुपमा पैसा दिने प्रचलन रहेको छ र बर्षौ देखि यो परम्परा चलिआएको छ । र यसका लागि नेपालको राष्ट्र बैंकले नयाँ नोट देशमा भित्राउने पनि गर्ने गरेको छ। तर यस बर्ष भने राष्ट्र बैंकले मगाएको नयाँ नोटहरु कोलकता बन्दरगाहमा अड्किएको समाचार आएको छ। र यसले गर्दा दक्षिणामा प्रयोग हुने नयाँ रुपैयाँको अभाव भएको छ।

नेपाली दैनिक नागरिकका अनुसार, २० र ५० का नयाँ नोट कोलकाता बन्दरगाहमा अड्किएपछि बजारमा अभाव भएको छ । विदेशमा छापेर कोलकाता बन्दरगाहमा ल्याइपुर्याइएका ती नोट दसैंअघि नेपाल ल्याउन नसकिएका कारण अभाव भएको नेपाल राष्ट्र बैंकको भनाइ छ ।

विदेशमा छापिएका नेपाली नोट कोलकातासम्म पानीजहाज र त्यहाँबाट रक्सौलसम्म रेलमा ल्याउने गरिन्छ । त्यहाँबाट सडकमार्ग हुँदै राष्ट्र बैंकको ढुकुटीमा ल्याउने गरिएको राष्ट्र बैंक अधिकारी बताउँछन् । नोट छाप्ने कम्पनीको विशेष निगरानीमा कोलकाता र त्यसपछि भारतका सुरक्षाकर्मी र राष्ट्र बैंकका कर्मचारीले रक्सौलसम्म र त्यसयता नेपाली सुरक्षाकर्मीको रेखदेखमा राष्ट्र बैंकको ढुकुटीसम्म ल्याइने गरेको उनीहरुको भनाइ छ ।

५० रुपैयाँ दरका नयाँ नोट दसैंलाई लक्ष्य गरेर इन्डोनेसियामा छापेर ल्याउन लागिएको थियो । गभर्नर चिरञ्जीवी नेपालको हस्ताक्षर भएको ५० दरका ती नोट पहिलो खेपमा ३ करोड थान ल्याइएको थियो । दोस्रो खेपमा ल्याउन लागिएका ७ करोड थान नयाँ नोट कोलकाता बन्दरगाहामै अड्किएका छन् ।

राष्ट्र बैंकले ५० रुपैयाँ दरका कुल २४ करोड थान र २० रुपैयाँ दरका २१ करोड थान (४ अर्ब २० करोड रुपैयाँ बराबर) का नोट ल्याउँदै थियो ।

 


Share

Published

Updated

Presented by SBS Nepali
Source: SBS

Share this with family and friends


Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand