Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

अस्ट्रेलियाका नयाँ गभर्नर जनरल डेभिड हर्लीद्वारा शपथ ग्रहण

न्यु साउथ वेल्स राज्यका पूर्व गभर्नर डेभिड हर्लीले अस्ट्रेलियाका २७ औँ गभर्नर जनरलका रुपमा आजदेखि आफ्नो कार्यभार सुरु गरेका छन्।

David Hurley has been sworn in as Australia's new governor-general.
David Hurley has been sworn in as Australia's new governor-general. Source: AAP

सोमबार बिहान क्यानबेरा स्थित संसद् भवनमा आयोजित एक औपचारिक समारोह बिच डेभिड हर्लीले आफ्नो पदभार ग्रहण गर्दै शपथ ग्रहण गरेका छन्।

उनलाई उच्च न्यायालयकी प्रमुख न्यायाधीश जस्टिस सुसन किफेलले पद तथा गोपनीयताको शपथ खुवाएकी थिइन्।

पूर्व गभर्नर जनरल सर पिटर कस्ग्रभको ५ बर्से कार्य अवधिको समाप्तिसँगै जनरल हर्लीले उक्त कार्यभार आजदेखि लागू हुने गरी सम्हालेका हुन्।

गत वर्षको डिसेम्बर महिनामा प्रधानमन्त्री स्कट मरिसनले अस्ट्रेलियाका २७ औँ गभर्नर जनरलका रूपमा हर्लीको नाम घोषणा गरेका थिए।

“जनरल हर्ली एकदम खरा स्वभावका व्यक्ति हुन्। उनी कसैका अगाडी नझुकी सोझै आँखा हेरेर आफ्नो कुरा राख्न सक्छन्।

सैनिक नेतृत्व गर्दा होस् कि न्यु साउथ वेल्सको गभर्नर हुँदा होस्, हक्की स्वभावका हर्लीले आफ्नो कुरा नचपाई राख्न नाम कमाएका छन्,” प्रधानमन्त्री मरिसनले उनको नाम घोषणा गर्दा भनेका थिए।

सन् २०१४ देखी केही महिना अघिसम्म न्यु साउथ वेल्स राज्यका गभर्नर रहेका हर्लीले चार दशकभन्दा बढी समय अस्ट्रेलियन सेनामा बिताइसकेका छन् जस मध्ये तीन वर्ष उनी सेनापति रहेका थिए।

Governor-General of the Commonwealth of Australia David Hurley
David Hurley, Avustralya'Nın yeni genel valisi olarak yemin etti. Source: AAP

अस्ट्रेलियन जनतालाई गभर्नर जनरलहरूको काम कति महत्त्वपूर्ण छ भनेर बुझाउन आफू लागि पर्ने उनले बताएका छन्।

“गभर्नर जनरलहरूले निभाउने महत्त्वपूर्ण संवैधानिक भूमिकामा सामुदायिक संलग्नता प्रति म जोड दिनेछु,” उनले भने।

न्यु साउथ वेल्स राज्यको गभर्नर रहेको अवधिमा आफूले अस्ट्रेलियाको सांस्कृतिक विविधतामा कति धेरै धनी रहेछ भन्ने थाहा पाएको पनि उनले बताए।

“अस्ट्रेलियाभर हजारौँ सङ्गठन तथा मानिसहरूले यो देशको विविधतालाई दर्साउन महत्त्वपूर्ण भूमिका खेलेका छन्। म गभर्नर जनरलको हैसियतमा उनीहरूको कामलाई सहयोग पुर्‍याउन हरदम सक्रिय रहने छु।”

लामो अनुभव सँगालेका पूर्व सैनिक, तनावमा रहेका ग्रामीण भेकका जनता र अस्ट्रेलियामा शरण माग्न आउनेहरूका साथ-साथै यहाँका आदिवासीहरूलाई सहयोग गर्ने मानिस र विभिन्न संस्थाहरूमा विद्यमान "काम गर्ने उत्साह"लाई आफूले नजिकबाट अनुभव गरेको पनि उनको भनाइ छ।

अस्ट्रेलियाका पूर्व चार गभर्नर जनरल मध्ये तीन जना सैनिक पृष्ठभूमिको रहेको भन्ने तथ्य धेरै मानिसलाई मन नपरेको कुरा बाहिर आउँदै गर्दा हर्लीले भने आफूलाई पूर्व सैनिकका रूपमा मात्र नहेर्न आग्रह गरेका छन्।

आजको शपथ ग्रहण समारोह पछि उनले स्थानीय आदिवासीहरूको भाषा ङ्गुन्नवलमा पनि बोलेका थिए।

महारानी एलिजाबेथ द्वितीयाले सन् १९५२मा गद्दी सम्हाले यता हर्ली अस्ट्रेलियाका १६ औँ गभर्नर जनरल हुन्।

Australia's new Governor-General, David Hurley.
Australia's new Governor-General, David Hurley. Source: AAP

2 min read

Published

Updated

By SBS Nepali

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now