हवाई सम्पर्कले नेपालसँगको हाम्रो सम्बन्ध थप उचाइमा पुग्नेछ: अस्ट्रेलिया

नेपाल र अस्ट्रेलिया बिच हवाई सेवा सुरु गर्न एक सम्झौतामा प्रारम्भिक हस्ताक्षर भएपछि अस्ट्रेलियाले यसलाई द्विपक्षीय सम्बन्धमा नयाँ आयामको संज्ञा दिएको छ।

Deputy Prime Minister Michael McCormack poses for a photograph inside the new M4 WestConnex tunnel, Homebush, Sydney, Friday, July 12, 2019. The new M4 WestConnex Tunnel will open on Saturday, July 13. (AAP Image/Bianca De Marchi) NO ARCHIVING

Deputy Prime Minister Michael McCormack Source: AAP

सोमवार क्यानडामा भएको उक्त द्विपक्षीय सम्झौताका साथ दुवै देशका हवाईसेवाहरुले उडानहरू भर्न सक्नेछन्।

क्यानडाको मन्ट्रियल सहरमा सेप्टेम्बर २४ देखि सुरु भएको अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनको ४०औं सम्मेलनका क्रममा उक्त सहमति भएको हो।

अस्ट्रेलियाली यातायात मन्त्रालयका प्रतिनिधि जिम होल्फ र नेपालको तर्फबाट पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यले उक्त समझदारी पत्रमा सही गरेका थिए।

नेपालका विमानस्थल पूर्वाधारलाई लिएर विगतमा कुराकानी अड्किने गरेको भए पनि यस पटक भने नेपालले निर्माण कार्य सकिनै लागेको भैरहवा विमानस्थललाई अघि सार्दै अस्ट्रेलियाको उक्त चासो सम्बोधन गरेको बताइएको छ।

Bhairhawa Gautam Buddha International Airport
निर्माण हुँदै गरेको भैरहवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल Source: Facebook

अक्टोबर १ मा भएको सम्झौता अनुसार नेपाली एयरलाइन्सहरूले अस्ट्रेलियाका शहरहरु सिड्नी, पर्थ र ब्रिसबेनमा हप्तामा सात उडान भर्न पाउने छन् भने अस्ट्रेलियाका एयरलाइन्सहरूले दिनमा एक पटक उडान भर्न पाउने जानकारी आचार्यले दिए।

यो पछिल्लो सहमति सहित, नेपालले हालसम्म ४० मुलुकसँग हवाई सम्झौता गरेको छ।

इयुको कालो सूचीबाट हट्ने प्रयास गरे पनि सफल हुन नसकी रहेको समयमा अस्ट्रेलियासँग यस्तो सम्झौता गर्न सके नेपाललाई धेरै फाइदा पुग्ने यस क्षेत्रका विज्ञहरूले बताएका छन्।

दुई देशका प्रतिनिधिमण्डलबिच लामो वार्तापछि भएको उक्त सम्झौताका लागि नेपालको मन्त्रीपरिषद्ले गत साता नै स्वीकृति दिएको थियो।

आइकाउले हरेक तीन वर्षमा गर्ने यस्तो सम्मेलनमा हवाई उड्डयन बारे विश्वव्यापी नीतिहरूमा छलफल हुने गर्दछ।

अस्ट्रेलिया र नेपाल बिच नयाँ आयाम

उप-प्रधानमन्त्री तथा सङ्घीय यातायात मन्त्री माइकल मक्कोर्म्याकले यो नयाँ व्यवस्थाले दुई देश बिच पर्यटन, व्यापार र शिक्षाको क्षेत्रमा उत्साहजनक अवसरहरूको सृजना गर्ने बताएका छन्।

"यी व्यवस्थाहरूले अस्ट्रेलियालीहरूलाई विश्वको अद्भुत भाग भ्रमण गर्न सजिलो मात्र बनाउने छैन, हाम्रो हवाई सेवा उद्योगलाई नयाँ बजार समेत प्रदान गर्नेछ।"

"साथै, यसले व्यावसायिक हवाई साझेदारहरू बिच सहकार्यको मार्ग प्रशस्त पनि हुनेछ," उनले भने।

Trade Minister Simon Birmingham
Source: AAP

अघिल्लो वर्ष ३२,००० नेपालीहरू पर्यटकका रूपमा अस्ट्रेलिया आएको र त्यस्तै ३१,००० अस्ट्रेलियालीहरू नेपाल घुम्न गएको जानकारी दिँदै, सङ्घीय पर्यटन मन्त्री साइमन बर्मिङ्गघमले उक्त नयाँ व्यवस्थाले दुई देशका जनताहरू बिच रहेको सम्बन्ध अझ सुदृढ हुने बताएका छन्।

"नेपालमा जन्मेका ५०,००० भन्दा पनि बढी मानिसहरूले अस्ट्रेलियालाई आफ्नो घर बनाएका छन् र यसबाट अस्ट्रेलिया एवं नेपाल बिच गहिरिँदै गएको सम्बन्ध झल्किन्छ।"

"साथै, थप ५२,००० नेपाली विद्यार्थीहरू अहिले अस्ट्रेलियामा अध्ययनरत छन्," बर्मिङ्गघमले भने।

पछिल्लो समय अस्ट्रेलिया नेपाली विद्यार्थीहरूको प्रमुख रोजाइको गन्तव्य बनेको छ र त्यही कारण पनि आवतजावत गर्नेको सङ्ख्या बढेको हो।

बढ्दो रुचि

"नेपाल अस्ट्रेलियाको सबैभन्दा ठुलो हवाई यात्रुको बजार मध्ये एक हो र सिधा उडान भर्न मिल्ने दुरीमा भए पनि हालसम्म त्यहाँ सिधा हवाई सम्पर्क थिएन।"

"अबको नयाँ व्यवस्था अन्तर्गत, अस्ट्रेलियाका विमानसेवाहरुले काठमान्डुमा साताको सात उडान र नेपालका अन्य विमानस्थलहरूमा थप २८ उडान सेवा भर्न सक्नेछन्," मक्कोर्म्याकले एक विज्ञप्ति मार्फत भनेका छन्।

नेपाल वायुसेवा निगमले आफ्नो वाइड बडी बिमान उडाउने गन्तव्यको सूचिमा, अस्ट्रेलियालाई पनि राखेको छ।

अस्ट्रेलियाबाट नेपाल र नेपालबाट अस्ट्रेलिया आउजाउ गर्ने नेपालीको सङ्ख्या निकै बढेका कारण अस्ट्रेलिया नेपालको रोजाइमा परेको हो।


2 min read

Published

Updated

By SBS Nepali

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now