SKIP TO MAIN CONTENT

इन्डोनेसियामा आएको सुनामीका कारण मृत्यु हुनेहरूको सङ्ख्या बढ्न सक्ने

वैज्ञानिकहरूका अनुसार ज्वालामुखी विस्फोटन भए पछि पानीभित्र पहिरो जाँदा शनिवार इन्डोनेसियाको सून्डा स्ट्रेटमा सुनामी आएको हो। उक्त सुनामीका कारण कम्तीमा २२२ जनाको मृत्यु भएको छ भने ८४० भन्दा बढी घाइते भएका छन्। र यो सङ्ख्या बढ्न सक्ने अधिकारीहरूले जनाएका छन्।

indonesia Tsunami
Indonesian officers carry an injured person into an ambulance after a tsunami hit the Sunda Strait in Banten, Indonesia 23 December 2018. EPA/TUBAGUS Source: EPA

1 min read

Published

By SBS Nepali

Source: SBS



Skip to article content

कुनै पूर्व चेतावनी बिना नै रातिको समयमा आएको सुनामीले तटीय क्षेत्रका साथै पश्चिमी जाभा र दक्षिणी सुमात्रा टापुमा क्षति पुर्‍याएको छ। 

छालले घरहरू, होटेलहरू र समुन्द्रको तटमा रहेका भवनहरूलाई तहसनहस पारेको छ। उक्त सुनामीमा बाच्न सफल भएका मानिसहरू भन्छन्, कुनै पूर्व चेतावनीको सङ्केत थिएन र जतिबेला उनीहरूले छाल आएको देखे त्यति बेला ढिलो भैसकेको थियो।

इन्डोनेसियामा यति धेरै जनधनको क्षति हुने गरी सुनाम आएको एक वर्षमा यो दोस्रो पटक हो।

२८ सेप्टेम्बरमा पनि दुई हजार पाँच सय मानिसहरूको सुलावासी टापुमा आएको सुनामी कारण मृत्यु भएको थियो। तर शनिवारको सुनामी सँगै आएको भूकम्पका कारण स्थानीयहरूले सुरक्षा सतर्कता अपनाउन समय पाएनन्।

सुमात्रा र जाभा टापुमा अवस्थित अनाक क्राकाटाउ ज्वालामुखी विस्फोट भए पछिको आएको यो सुनाम पूर्व ती दुवै स्थानमा कहिले पनि भूकम्प आएको थिएन

वैज्ञानिकहरूका अनुसार उक्त ज्वालामुखी विस्फोटनले पानी भित्र निम्त्याएको पहिरोका कारण सुनाम आएको हो।

इन्डोनेसियाको जमिन तथा भैतिक विज्ञान एजेन्सीले अनाक क्राकाटाउ ज्वालामुखी विस्फोट भएको २४ मिनेट पछि सुनाम आएको जनाएको छ।

सो क्षेत्रका स्वास्थ्य केन्द्र तथा अस्पतालहरूलाई घाइतेहरू आउने क्रम बढी रहँदा व्यवस्थापन गर्न गाह्रो भइरहेको क्लिनिकका उप निर्देशक डा. रहमद फित्रियादीले बताएका छन्।

भग्नावशेषहरूमा खोजी र उद्धार कार्यले निरन्तरता पाई रहँदा मृत्यु हुनेहरूको सङ्ख्या अझ बढ्न सक्ने इन्डोनेसियाका राष्ट्रपति जोको योडोड़ोले बताएका छन्।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now