SKIP TO MAIN CONTENT

उपसभामुख शिवमाया तुम्बाहाङ्फेको राजीनामा

प्रतिनिधि सभाकी उपसभामुख शिवमाया तुम्बाहाङ्फेले सोमबार त्यो पदबाट राजीनामा दिएपछि संसदको सभामुखको संकट समाधान तर्फ लागेको छ। गत असोज महिनामा तत्कालीन सभामुख कृष्णबहादुर महरामाथि बलात्कारको आरोप लागेपछि सभामुखको पद खाली भएको हो।

Nepal's parliament speaker
Source: RSS

2 min read

Published

Updated

By Sewa Bhattarai

Presented by SBS Nepali

Source: SBS



Skip to article content

सत्तारूढ दल नेकपाले सभामुख नेकपाकै हुनुपर्ने दावी गरिरहेको थियो। तर संविधानमा सभामुख र उपसभामुख छुट्टाछुट्टै दल र लिंगको हुनुपर्ने प्रावधान छ र उपसभामुख तुम्बाहाङ्फे पनि नेकपाकै हुन्। 

पछिल्लो निर्वाचनमा तुम्बाहाङ्फे र महराले छुट्टाछुट्टै दल एमाले र माओवादीको प्रतिनिधित्व गरेका थिए, र दुई दल एक भएपछि परिस्थिति जटिल बनेको हो। 

नेकपाले गत हप्ता तुम्बाहाङ्फेलाई राजीनामा दिने निर्देशन दिएको थियो। तर तुम्बाहाङ्फे भने दलहरूले आफ्नो उम्मेद्वार छानिसकेपछि मात्रै राजीनामा दिनेमा अडिग थिइन। 

नेकपाले पुर्वमाओवादीका सांसद अग्नि सापकोटालाई उम्मेद्वार बनाउने घोषणा गरेपछि तुम्बाहाङ्फेले आफ्नो पदत्याग गरेकी हुन्।

Nepal Speaker
Source: RSS

यसै हप्ता संसदका ज्येष्ठ सांसदको अध्यक्षतामा सभामुखको निर्वाचन हुने बताइएको छ। संसदमा नेकपाको बहुमत भएकाले सभामुख नेकपाकै हुने निश्चितप्रायः छ। 

थुप्रै महिना लामो सभामुख संकट अन्त्य हुने संकेत देखिएता पनि यसले अझ धेरै जटिलताहरू उत्पन्न गरेको छ। उपसभामुख तुम्बाहाङ्फेले आफू नै सभामुखको पदका लागि योग्य रहेको बारम्बार बताउँदै आएको थिइन र महिला भएका भएका कारण आफूमाथि अन्याय गरिएको संकेत गरेकी थिइन्। 

राजीनामा गर्नुअघि पत्रकार सम्मेलन गरेर उनले भनिन् "पार्टीको निर्देशन किन मानिनस्?भन्ने प्रश्न धेरैले गर्नुभो। तर म पार्टीको उपसभामुख होईन, प्रतिनिधि सभाको हो। र यो संस्थालाई मैले प्रणालीगत रूपमा अघि बढाउन सक्छु कि सक्दिन भन्ने मेरो बाजी थियो। आज मैले बाजी जितेको छु। उम्मेद्वार नतोकिए सम्म मैले राजीनामा गरेर यो संस्थालाई नेतृत्वबिहीन बनाउन चाहँदिनथें, र गरिन। तर मैले के थाहा पाएँ भने यो देशमाराजतन्त्र त हामी सबैले मिलेर सजिलै फाल्यौं, तर पितृसत्ता फाल्न भने अझै धेरै मेहनत गर्नुपर्ने रहेछ।"

त्यस्तै नेकपाले छानेका उम्मेद्वार अग्नि सापकोटा पनि विवादित व्यक्ति हुन्।

 पुर्व माओवादी सापकोटामाथि द्वन्द्वकालमा हत्या गरेको आरोप लागेको छ र त्यो विषय टुंगो लागेको छैन। संसदको सभामुख जस्तो सम्मानित पदमा "युद्ध अपराधी"को छनोट गरिएकोमा कतिपयले विरोध गरेका छन्। 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now