गत शनिवार इन्डोनेसियामा गएको सुनामीका कारण अहिलेसम्म चार सयभन्दा बढीको ज्यान गई सकेको छ। यसै क्रममा नेपालको परराष्ट्र मन्त्रालयले सामाजिक सञ्जालमा विज्ञप्ति निकाल्दै इन्डोनेसियालाई बधाई दिन पुगेको थियो।
त्यसमा नेपालकी राष्ट्रपति विद्या भण्डारीले इन्डोनेसियाका राष्ट्रपति जोको विदोडोलाई "बधाई सन्देश" पठाएको बताइएको थियो।
यस सम्बन्धमा सामाजिक सञ्जालका प्रयोगकर्ताहरूले गल्ती औंलाएपछि, मन्त्रालयले गल्ती सच्चाउँदै नयाँ विज्ञप्ति प्रकाशित गरेको छ। पूर्व प्रकाशित विज्ञप्तिमा गल्ती भएको स्वीकार गर्दै, परराष्ट्र मन्त्रालय यसका लागि क्षमा प्रार्थी भएको बताएको छ।
उता इन्डोनेसियामा भने, उक्त सुनामीका कारण १,४०० भन्दा बढी घाइते भएको र अझै १६० जना हराई रहेको बताइन्छ।

Share
