SKIP TO MAIN CONTENT

टकाटा एयर ब्याग जडान भएका सवारीसाधनहरूको लागि नयाँ सुरक्षा चेतावनी जारी

Takata airbags
Source: AAP

1 min read

Published

Updated



Skip to article content

अस्ट्रेलियाभरका उपभोक्ताहरूको हकहित हेर्ने निकायले टकाटा एयरब्यागहरु जडान भएका विभिन्न सवारीसाधनहरू तत्काल लागू हुने गरी नचलाउन भनेको छ ।

विशेष गरी, बीएमडब्लु र होन्डा जस्ता सवारीसाधन निर्माताहरुले चेतावनी जारी गरेपछि अस्ट्रेलियन कम्पिटिसन एण्ड कन्स्युमर कमिसन (एसीसीसी)ले पनि शुक्रवार उक्त सूचना दिएको हो।

“गाडीमा जडान भएका एयरब्यागहरु प्रतिस्थापित नभएसम्म उपभोक्ताहरूले ती सवारीसाधनको प्रयोग नगर्नुहोला,” एसीसीसीले एक विज्ञप्तिमा भनेको छ।

एसीसीसीका उप-प्रमुख डेलिया रिकार्डले थपिन्, "गलत  रूपमा टकाटा एयर  ब्यागहरू चलेमा घातक हुनसक्छ।" 

थप जानकारीका लागि यहाँ जानुहोस्: https://www.ismyairbagsafe.com.au/

Deadly Takata 'alpha' airbags rupture in up to 50% of cases
Source: Choice


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now