SKIP TO MAIN CONTENT

के तपाईँसँग “मास्टर माइन्ड अस्ट्रेलिया च्याम्पियन” बन्ने आँट छ?

विश्व प्रसिद्ध तथा प्रतिष्ठित हाजिरी जवाफ प्रतियोगिता “मास्टरमाइन्ड अस्ट्रेलिया” मा भाग लिन आजै दरखास्त भर्नुहोस्!

Mastermind
Source: SBS On Demand

1 min read

Published



Skip to article content

के तपाईँसँग संसारकै सबैभन्दा कडा प्रश्नहरू सोधिने टेलिभिजन कार्यक्रममा भाग लिने हिम्मत छ?

स्पट लाइट मुनि बसेर सामान्य ज्ञान तथा आफ्नो इच्छाको विषयमा सोधिने प्रश्नहरूको सही जवाफ दिन तपाईँ विशेषज्ञ वा शिक्षण क्षेत्रमा कार्यरत हुनु जरुरी छैन - केवल आफूलाई मन पर्ने विषय बारे अरू भन्दा जान्ने र सामान्य ज्ञानमा रुचि हुनुपर्छ!

तपाईँलाई पिकासो, सेक्सपियर जो मनपरे पनि आजै दरखास्त दिईहाल्नुस!

Mastermind
Source: SBS

शर्तहरू:

तपाईँसँग स्थायी बसोबासको इजाजत ( अस्ट्रेलियामा बस्ने र काम गर्ने अधिकार) वा अस्ट्रेलियाको नागरिकता हुनुपर्नेछ।

आवेदन कर्ताको उमेर कम्तीमा पनि १८ वर्ष पुगेको हुनुपर्नेछ।

आवेदन हाल्ने क्रममा तपाईंले आफ्नो अनुहार प्रस्टसँग देखिने तस्बिर अपलोड गर्नुपर्नेछ।

मास्टर माइन्ड अस्ट्रेलिया हरेक दिन (सप्ताहान्त बाहेक) साँझको ६ बजे एसबीएसमा प्रसारण हुन्छ र एसबीएस अनडिमाण्ड मार्फत पुराना भागहरू दोहोराएर हेर्न पनि मिल्छ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now