SKIP TO MAIN CONTENT

राष्ट्रपति ट्रम्प विरुद्ध महाभियोग पारित

ट्रम्प विरुद्ध महाभियोग लगाउने प्रस्ताव अमेरिकी तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सबाट पारित भएको छ ।

Donald Trump will become the first US president to be impeached twice.
Donald Trump will become the first US president to be impeached twice. Source: AAP

2 min read

Published

Updated

By SBS News

Presented by Krishna Pokhrel

Source: SBS



Skip to article content

तल्लो सदनमा उनी विरुद्धको प्रस्ताव पारित भए सँगै एकै कार्यकालमा  दोस्रो पटक महाअभियोगको प्रस्ताव पारित हुने उनी पहिलो अमेरिकी रास्ट्रपति बनेका छन्। 

गत हप्ता संसद् भवन क्यापिटल हिलमा भएको हिंसात्मक घटना पछि उनी माथि डेमोक्रयाटको वर्चस्व रहेको संसद्को तल्लो सदनद्वारा  महाअभियोग प्रस्ताव पारित भएको हो ।

महाभियोगको विपक्षमा १ सय ९७ भोट परेकोमा २ सय ३२ भोट पक्षमा परेको छ ।

ट्रम्पको दल रिपब्लिकनका १० प्रतिनिधीहरुले पनि आफ्नै नेता विरुद्ध भोट हालेका छन् ।

गत वर्ष पनि उनी विरुद्धको महाभियोग प्रस्ताव तल्लो सदनबाट पारित भएको थियो ।

The US House of Representatives debates the second impeachment of President Donald Trump.
The US House of Representatives debates the second impeachment of President Donald Trump. Source: US House of Representatives

तर तत्कालीन समयमा उनको दल रिपब्लिकनका कुनै पनि सांसदले उनी विरुद्ध भोट खसालेका थिएनन् ।

महाभियोग लगाई पदच्युत गर्न भने संसद्को माथिल्लो सदन सिनेटबाट प्रस्ताव पारित हुनु पर्ने हुन्छ । यसका लागि ट्रम्पका दलका सिनेटरहरूको पनि आवश्यकता रहने बताइन्छ ।

सिनेटमा ट्रायलका दौरान दुई तिहाइको बहुमतबाट उनी माथिको प्रस्ताव पारित भए उनी तत्काल आफ्नो पदबाट हट्नु पर्ने हुन जान्छ ।

ट्रम्पको कार्यकाल आगामी २० तारिखमा सकिँदै गर्दा उनी विरुद्धको प्रस्ताव सिनेटमा लिएर जाने सम्भावना नरहेको बताइन्छ ।

मतदान अगाडी राष्ट्रपति ट्रम्पले ह्वाईट हाउसको प्रेस कार्यालय मार्फत जारी ''भविष्यमा हुने हिंसा अन्त्य गर्न आग्रह'' गरेको विज्ञप्ति पढेर सुनाइएको थियो ।

“प्रदर्शनको रिर्पोटका आधारमा म आग्रह गर्छु कि कुनै पनि हिंसा,कुनै पनि कानुन भङ्ग वा कुनै पनि तोडफोड हुनु हुदैन्,” उनले विज्ञप्ति मार्फत भने ।

“यो मेरो पक्षमा होइन र अमेरिकाको पक्षमा पनि होइन ,तनाव कम गर्न र शान्त रहन सबै अमेरिकीहरूलाई आग्रह गर्दछु,”उनले भने ।

National Guard soldiers have been photographed sleeping in the Capitol building ahead of a House vote to impeach Donald Trump.
National Guard soldiers have been photographed sleeping in the Capitol building ahead of a House vote to impeach Donald Trump. Source: Getty

सिनेटको आपतकालिन बैठक बसेर उनी माथिको प्रस्ताव पारित हुने सम्भावना कम रहेको बताइन्छ ।

यद्यपि सिनेटबाट उनी माथिको आरोप पुष्टि भएमा पनि उनलाई अर्को चुनावमा भाग लिन नदिनका लागि अर्को मतदान गराउनु पर्ने हुन्छ ।

 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now