अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वको चुनौतीहरूको सामना गर्न र सामूहिक सुरक्षा प्रवर्धन गर्न नेतृत्व निर्वाह गरेको भन्दै स्कट मोरीसनलाई अमेरिकी सेनाको उच्च सम्मान प्रदान गरेका हुन् ।
अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्ले मङलबार ट्विट मार्फत मोरीसनको भूमिकाको सम्मानमा “लिजन अफ मेरीट” प्रदान गरिएको जानकारी गराएको हो ।
“द लिजन अफ मेरीट” अमेरिकी सेना र विदेशी सैन्य वा राजनीतिक व्यक्तिहरूलाई प्रदान गरिन्छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी एवम् जापानी प्रधानमन्त्री शिन्जो आवे पनि सोहि समारोहमा सम्मानित भएका छन् ।
अमेरिकाका लागि अस्ट्रेलियन राजदूत आर्थर सिनोदिनोसले प्रधानमन्त्री मोरीसनको तर्फबाट उत्त सम्मान स्वीकार गरेका छन् ।
सम्मान पछि ट्विट मार्फत सिनोदिनोसले “विश्वको चुनौती र सामूहिक सुरक्षालाई प्रवर्द्धन गर्न संयुक्त राज्य र अस्ट्रेलिया बिचको साझेदारीलाई मजबुत पार्न प्रधानमन्त्रीको भूमिकाको सम्मान गरिएको छ ” उनले बताए ।
जापानी प्रधानमन्त्री अबेलाई इन्डो प्यासेफिक क्षेत्रमा उनले निभाएको स्वतन्त्र भूमिका र दर्शनका लागि सम्मानित गरिएको छ भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अमेरिका र भारत बिचको रणनीतिक साझेदारी प्रति सम्मान गरिएको छ ।
