SKIP TO MAIN CONTENT

गाईको म्वाइँ नखान अस्ट्रियन सरकारद्वारा चेतावनी

अस्ट्रियन सरकारले गाईको म्वाइँ खाने कार्यलाई एक “खतरनाक उपद्रो” भन्दै आफ्ना नागरिकहरूलाई त्यस्तो काम नगर्न भनेको छ।

Austrians are posting photos of themselves kissing cows online to raise money for charity, but the government has warned them to stop.
Austrians are posting photos of themselves kissing cows online to raise money for charity, but the government has warned them to stop. Source: Instagram 'malte.dummesaulol'

1 min read

Published

Updated

By SBS Nepali

Source: SBS



Skip to article content

गाईको म्वाइँ खाँदै गरेका तस्बिरहरू सामाजिक सञ्जालमा सार्वजनिक गर्ने क्रम बढ्दै जाँदा अस्ट्रियन सरकारले भने आफ्ना नागरिकहरूलाई त्यसो नगर्न आग्रह गरेको छ।

गत बुधवार कासल नामको एक स्विस एपले #KuhKussChallenge (गाई किस च्यालेन्ज) सुरु गर्दै स्विट्जरल्याण्ड र अन्य जर्मन भाषा बोलिने देशहरूमा मानिसहरूलाई गाईको म्वाइँ खाइरहेको तस्बिर सार्वजनिक गर्न आव्हान गरेको थियो।

च्यारिटीको लागि पैसा उठाउन उनीहरूले आफ्ना प्रयोगकर्ताहरूलाई गाईको म्वाइँ खान उक्साएको बताइएको छ।

तर, हिजो बिहीबार अस्ट्रियाका कृषि मन्त्री एलिजाबेथ कोस्टिङ्गरले उक्त च्यालेन्जलाई एक “खतरनाक उपद्रो”को संज्ञा दिएकी हुन्।

उनको कार्यालयले जारी गरेको एक विज्ञप्तिमा उल्लेख छ, “गाईबस्तु चराउने ठाउँहरू र घाँसे मैदानहरू बच्चाहरूका लागि खोलिएका चिडियाखाना होइनन्।”

“यस्ता कार्यले गम्भीर परिणाम निम्त्याउन सक्छ,” मन्त्री कोस्टिङ्गरले विज्ञप्ति मार्फत भनिन्।

उनका अनुसार, जिब्रोले छोएर होस् वा नछोएरै, यसरी गाईबस्तुलाई “किस” गर्दा - उनीहरू आफ्ना बाच्छा-बाच्छीलाई खतरा हुने ठानी आक्रामक हुन सक्छन् र त्यसले दुर्घटना निम्तिन सक्छ।

अस्ट्रियाको पहाडी क्षेत्रका लागि पर्यटकहरू र पशुपालन गर्ने किसानहरू दुवै उत्तिकै महत्त्वपूर्ण मानिन्छन्।

स्थानीय अर्थतन्त्रका खम्बा मानिएका पर्यटन तथा पशुपालन दुबैलाई मिलाएर अगाडी लैजान अहिले त्यहाँको सरकारलाई अफ्ठेरो हुनसक्ने बताइएको छ।

 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now