नयाँ एसबीएस रेडियो एप डाउनलोड गर्नुहोस्

नेपाली लगायत ६० भन्दा बढी भाषाहरुमा तपाईंलाई मनपर्ने एसबीएस पोडकास्ट, रेडियो कार्यक्रम र गीत-सङ्गीतहरु कुनैपनि बेला, जहाँ बाट पनि सुन्नको लागि सबै भन्दा राम्रो उपाय नै नि:शुल्क एसबीएस रेडियो एप हो।

SBS Radio App

Download the SBS Radio app from the App Store or Google Play and listen to your favourite programs anywhere. Source: SBS

नयाँ स्वरुपका साथ् प्रस्तुत गरिएको एसबीएस रेडियो एप प्रयोग गर्दै पोडकास्ट र एसबीएस रेडियो १, २ र एसबीएस अरेबिक२४ बाट ६० भन्दा बढी भाषामा समाचारहरुको प्रतक्ष्य प्रसारण वा आफुले चाहेको समयमा कार्यक्रम सुन्नुहोस्। हाम्रो सांगीतिक रेडियो स्टेशनहरु एसबीएस पप एसिया, एसबीएस पप देशीएसबीएस चिल सुन्नुहोस्। तपाईंले एसबीएस द्वारा अंग्रेजी भाषामा प्रस्तुत गरिएका पोडकास्टहरु पनि पाउन सक्नुहुने छ, जस्तो कि, आइज अन गिलेड र एनआइटिभी को टेक इट ब्ल्याक

नि:शुल्क एसबीएस रेडियो एप डाउनलोड गर्नुहोस्

apple_store_0.png
google_play_0.png

आइफोन प्रयोगकर्ताहरुले एसबीएस रेडियो एपलाई एप स्टोर बाट डाउनलोड गर्न सक्नुहुने छ।

एण्ड्रोइड फोनका प्रयोगकर्ताहरुले एसबीएस रेडियो एपलाई गुगल प्ले बाट डाउनलोड गर्न सक्नुहुने छ।

यदि तपाईंले पहिलेनै एसबीएस रेडियो एप डाउनलोड गरिसक्नु भएको छ भने, तपाईंले एपलाई अद्यावधिक गर्नुपर्ने छ। कृपया एप स्टोर (आइफोन प्रयोगकर्ताहरु) वा गुगल प्ले (एण्ड्रोइड फोनका प्रयोगकर्ताहरु) जानुहोस् र स्क्रिनमा प्रस्तुत हुने निर्देशनहरु पुरा गर्नुहोस्।

आफ्नो भाषामा कार्यक्रमहरु कसरी खोज्ने

पहिलो पटक आफ्नो एप खोलेपछि, आफुले चाहेको भाषा (हरु) को छनौट गर्नुहोस्।

तपाईंले भाषाहरुको छनौट गर्न "My Audio" ट्याबमा जानुपर्ने छ। माथिल्लो स्क्रिनको दाहिने भागमा रहेको सेटिङ्ग्स आइकनमा क्लिक गर्नुहोस्। त्यसपछि 'Language Preferences' क्लिक गर्नुहोस् र आफुले बोल्ने भाषा चुन्नुहोस्।

My Audio settings
Select languages under My Audio by tapping the settings icon. Source: SBS

एपका अन्य सुविधाहरु प्रयोग गर्न

स्क्रिनको तल्लो भागमा रहेको मेन्यु प्रयोग गरेर एपका अन्य सुविधाहरु प्रयोग गर्नुहोस्।

'Home' ट्याबमा तपाईंले एसबीएस भर बाट प्रस्तुत गरिएका सामाग्रीहरु पाउनुहुने छ।

'Radio' ट्याबमा तपाईंले रेडियो कार्यक्रमको प्रतक्ष्य प्रसारण सुन्न सक्नुहुने छ। आफुलाई मनपर्ने स्टेशन खोज्न, माथिल्लो भागमा दायाँ वा बायाँ स्वाइप गर्नुहोस्। भेट्नुभए पछि, सम्बन्धित च्यानलबारे जानकारी लिन, स्क्रिनको माथिल्लो भागको दायाँमा रहेको अप्शन मेन्युमा 'see schedule" वा "see full schedule" मा क्लिक गर्नुहोस्। उपलब्ध सामाग्रीहरुको सुची हेर्न "see full list' मा क्लिक गर्नुहोस् र बजेका गीतका गायकहरुको नाम पनि प्राप्त गर्नुहोस्।

एसबीएस पोडकास्टमा उपलब्ध सम्पूर्ण सामग्रीहरुका लागि "Podcast" ट्याबमा क्लिक गर्नुहोस्।

"My Audio" मा तपाईंले छनौट गर्नुभएका कार्यक्रम र पोडकास्टहरु पाउन सक्नुहुने छ।

आफुलाई मनपर्ने कार्यक्रमहरुसंग जोडिनुहोस्

आफुलाई मनपर्ने कार्यक्रमहरु बाट केहिपनि नछुटाउनुहोस्। कुनै कार्यक्रमसंग जोडिन, Radio वा Podcast ट्याबमा रहेको कार्यक्रमलाई चुन्नुहोस् र 'फलो' मा क्लिक गर्नुहोस्।

त्यसपछि ती सामाग्रीहरु 'My Audio' ट्याबमा देखिने छन्। तपाईंलाई गराइने जानकारीबारे परिवर्तन तपाईंले सेटिङ्ग्स मार्फत गर्न सक्नुहुने छ।

Multilingual podcasts in the SBS Radio app
Discover podcasts in over 60 languages Source: SBS

Share

2 min read

Published

Updated




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now