SKIP TO MAIN CONTENT

"लकडाउनको अवधिमा मानिसहरूले मदिरा कम पिए”

कोभिड महामारीको अन्तर्गतको लकडाउन लगायातका अवस्थामा पनि मानिसहरुको मदिरा सेवन गर्ने बानीमा सुधार आएको न्यु साउथ वेल्स विश्वविद्यालय द्वारा गरिएको एक अध्ययनले देखाएको छ।

A person drinking alcohol (AAP)
ارتفاع معدل احتساء الأستراليين للكحول خلال وباء كوفيد-19. Source: AAP

3 min read

Published

Updated

By Peggy Giakoumelos

Presented by SBS Nepali

Source: SBS News



Skip to article content

 


मुख्य बिषय

  • लकडाउनमा अधिकास मानिसले कम रक्सी पिए
  • मदिरा बिक्री केन्द्र बन्द भएकाले युवाहरूमा पिउने बानीमा असर पर्‍यो
  • मदिरा पिउनेमा महिला पुरुष बराबर

जव युरोपियनहरू पहिलो पटक अस्ट्रेलिया आए त्यतिबेला देखि नै यहाँका मानिसहरुको मदिरा सँगको सम्बन्ध जटिल बन्दै आएको छ ।

 

यो जटिलतालाई कोभिड १९ महामारीले अझ चौडा बनाइदिएको छ ।

drink
Experts suspect there's been a surge in alcohol consumption during the pandemic. Source: Getty

न्यू साउथ वेल्स विश्वविद्यालय का अनुसन्धानकर्ताहरुले न्यू साउथ वेल्स राज्यमा लकडाउन भन्दा अघि लकडाउनको अवधिमा र लकडाउन पछि मदिराको खरिदबिक्री र सेवनमा कस्तो प्रभाव परेको रहेछ भनेर अनुसन्धान गरेका छन् ।

 

प्राध्यापक एलिसन रिटर, यु एन एस डब्लुमा ड्रग पोलिसि मोडलिङ कार्यक्रमका निर्देशक एवम् अनुसन्धानकी लेखिका पनि हुन ।

 

उनी अध्ययनबाट आएको निष्कर्षबाट आफू चकित परेको बताउछिन ।

 

उनि भन्छिन् "हामीले सोचेका थियौ कि मानिसहरूले लकडाउनका बेला मदिरा सेवनको मात्रालाई बढाएका थिए होला तर अध्ययनले यस्तो नभएको र ३ मध्ये दुईले लकडाउनका बेला कम पहिले भन्दा कम मदिरा पिउने गरेको भेटियो ”

प्रोफेसर रिटर भन्छिन् कि सर्वेक्षणमा सहभागी भएका पाच  सय मध्ये एक तिहाइले आफ्नो पिउने बानी बुझेका थिए र मदिराको उपभोग कम गर्न कुरालाई गम्भीरताका साथ लिएका थिए ।

युवा उमेर समूहका मानिस बषौ देखि कम पिइरहेको पाइएको छ र यो लकडाउनका अवधिमा यो उमेर समूहमा मदिरा पिउने क्रममा अझ कमी आउने आशा गरिएको थियो यो मदिरा बेच्ने पसलहरू बन्द भएकाका कारण पनि हो

बाकि रहेका एक तिहाइले लकडाउनका क्रममा अन्य बेला भन्दा पिउने बानीमा वृद्धि भएको बताएका थिए तर लकडाउन पछि गत जुन महिनामा ती मानिसहरु  सँग पुन प्रश्न गर्दा उनीहरूले आफ्नो बानीमा सुधार भएको बताए ।

Alcohol vs COVID-19
Source: Pexels

अध्ययनले १८ देखि २४ वर्ष उमेर समूहका मानिसहरूले यो समयमा मदिरा पिउने सबैभन्दा बढी नियन्त्रण गरेको देखाएको छ । प्रोफेसर रिटर भन्छिन् "युवा उमेर समूहका मानिस बषौ देखि कम पिइरहेको पाइएको छ र यो लकडाउनका अवधिमा यो उमेर समूहमा मदिरा पिउने क्रममा अझ कमी आउने आशा गरिएको थियो यो मदिरा बेच्ने पसलहरू बन्द भएकाका कारण पनि हो ”

 

अध्ययनमा महिला र पुरुषमा दुवैमा मदिरा खपत गर्ने वा कम गर्ने मामलामा केही फरक देखिएन ।

 

अधिकास ४० वर्ष माथिका मानिसहरूले मदिराको सेवन अत्यधिक गरेको देखियो । डाक्टर केल्री विकिन्सन भन्छिन् यो उमेर समूहका मानिसहरूलाई सुरक्षित रूपमा पिउने बारेमा अभियानको आवश्यकता देखियो ।

मदिराको अनलाइन बिक्री भने गत फेब्रुअरीमा १९ प्रतिशतले वृद्धि भएको देखिएको छ ।

Personas celebrando con licor en fiesta
شرطة نيو ساوث ويلز تغرم 28 شخصا ألف دولارا لخرقهم قيود التجمع. Source: Pixabay

लकडाउनको समयमा मदिरा पसलहरू बन्द भएकाले यो बढेर २९ प्रतिशत सम्म पुगेको अध्ययनले देखाएको छ ।  तर यो समयमा मदिरा मात्र नभएर अन्य घरायसी सामाग्री पनि अनलाइनबाटै मगाउने क्रम वृद्धि भयो ।

धेरै जसो मानिस लकडाउन अघि विभिन्न सामाजिक भेलाहरूमा पिइरहेका हुन्थे र लकडाउन पछि यसमा कमी आयो ।

सर्वेक्षणमा आफ्नो मदिराको खपत केही परिवर्तन नर्गर्ने समूह पनि भेटियो । 

 

अध्ययनले नकारात्मक भावना सँग मदिराको खपतको उल्लेखनीय वृद्धिलाई पनि नकारेको छ ।

 

धेरै जसो मानिस लकडाउन अघि विभिन्न सामाजिक भेलाहरूमा पिइरहेका हुन्थे र लकडाउन पछि यसमा कमी आयो । अध्ययनका क्रममा लकडाउनले ल्याएको नकारात्मकता हटाउन ज्यादा पिउने गरेका मानिस नभेटिएको देखिएको छ ।

यद्यपि एक्लै मदिरा पिउने मानिसहरू जसलाई मदिराबाट हुने समस्याहरूको सामना गर्नु पर्ने हुन्छ । यो पुरुषहरूमा बढेको देखियो ।

डाक्टर टिना ल्याम मेलबर्न स्थित मोनाश एडिक्सन रिर्सचमा रिसर्च फेलोका रूपमा कार्यरत छन् ।

 

उनी भन्छिन् देशका अन्य भागमा विशेष गरी मेलर्वनमा यसको प्रभाव कस्तो पर्‍यो भनेर अध्ययन हुनु निकै चासो विषय बन्नेछ ।

अल्कोहल बेवरेज अस्ट्रेलियाले यो अध्ययन प्रतिवेदनको स्वागत गरेको छ ।

 

उसले भनेको छ यो अध्ययनले ती समूहका मानिसहरुके उन्मादलाई शान्त पारेको छ जो सामाजिक रूपमा मदिराको आनन्द लिनेहरू माथि कढा नियमहरू लाद्न चाहन्थे । 

 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now