Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

विमान सेवाका कर्मचारीहरुद्वारा २ करोड डलर भन्दा बढीको लागु औषध तथा अवैध मुद्रा तस्करी गरेको आरोप

अस्ट्रेलियन सङ्घीय प्रहरीद्वारा मालिण्डो एयरकी एक महिला परिचारिका सहित आठ जना हवाई सेवामा कार्यरत अन्य व्यक्तिहरूलाई कथित रूपमा अस्ट्रेलियामा लागु औषध भित्राएको भन्दै पछिल्लो दुई-हप्तामा मेलबर्नबाट हिरासतमा लिएको छ।

Eight arrests have been made in over the importation of over $20 million worth of illicit drugs via an international airline cabin crew.

Drugs and cash. Source: AAP

ती मध्ये उक्त विमान सेवामा कार्यरत दुई कर्मचारीहरूले उच्च कोटिको हेरोइन तथा आइस भनेर पनि चिनिने मेटाएम्फ़ेटामाइन, सिड्नी तथा मेलबर्नका विमानस्थलहरुहुँदै कथित रूपमा वर्षौँदेखि अस्ट्रेलिया भित्राइरहेको अधिकारीहरूले जनाएका छन्।

अधिकारीहरूका अनुसार मेलबर्नलाई आधार बनाएको एक भियतनामी आपराधिक गिरोहले २ करोड डलर भन्दा बढी मूल्य बराबरको उच्च कोटिको हेरोइन तथा आइस मलेसिया हुँदै अस्ट्रेलिया भित्र्याएको हो।

कथित रूपमा आफ्नो शरीरमा लुकाएर ती विमान कर्मचारीहरूले उक्त लागु पदार्थहरू अस्ट्रेलिया भित्राएको साविती बयान दिएका छन्।

उनीहरूका अनुसार यो भन्दा अगाडी, १९ पटकसम्म आफूहरूले यसरी लागु पदार्थ अस्ट्रेलिया भित्र्याएका थिए।

कारबाहीको क्रममा अधिकारीहरूले १ करोड ४५ लाख बजार मूल्य भएको ६ किलो हेरोइन सहित ६४ लाख बजार मूल्य भएको ८ किलो आइस तथा १ किलो कोकेन मेलबर्नका सात विभिन्न ठाउँहरूबाट जफत गरेका थिए।

AFP officers seized $20 million worth of drugs and money they say was imported by an international airline cabin crew.
AFP officers seized $20 million worth of drugs and money they say was imported by an international airline cabin crew. Source: AAP

त्यसैक्रममा अनुसन्धानकर्ताहरूले एक-एक थान पोर्षा मक्यान, मिनी कुपर जस्ता विलासीको प्रतीक मानिएका गाडीहरू तथा उल्लेखनीय मात्रामा नगद पनि बरामद गरेका थिए।

भिक्टोरिया प्रहरी अन्तर्गतको अपराध कमान्ड आयुक्त टेस् वल्शका अनुसार जफत गरिएको हेरोइनको सङ्ख्या मात्रलाई हेर्ने हो भने त्यो करिब ४२,००० सडक छेउ हुने लागु औषध व्यापार बराबर रहेको छ।

"हामीले समातेको लागु औषधको परिमाण ठुलो छ तर यो गिरोहले यसभन्दा बढी नै मात्रामा लागु पदार्थ अस्ट्रेलिया भित्र्याएको हाम्रो अनुमान छ," वल्शले मेलबर्न प्रहरी मुख्यालयमा पत्रकारहरूलाई बताइन।

Victoria Police Assistant Commissioner Tess Walsh addresses the media at the Australia Federal Police head quarters in Melbourne.
Victoria Police Assistant Commissioner Tess Walsh addresses the media at the Australia Federal Police head quarters in Melbourne. Source: AAP

सङ्घीय प्रहरीकी एक कमान्डर अमाण्डा केट्सका अनुसार मलेसियामा थप सोधपुछकासाथ अनुसान्धान जारी नै रहेको छ।

"हामीलाई यसबारे पहिल्यै थाहा नभएको होइन तर सधैँ जसो हामी हात लाग्यो शून्यै भने जस्तै अवस्थामा पुग्थ्यौँ, उनले भनिन्।

"पछिल्लो पाँच महिनाको अवधिमा मात्र हामीलाई विमानमा काम गर्ने परिचारक एवं परिचारिकाहरु पनि यसमा संलग्न भएको थाहा भयो।"

पछिल्लो आठ दिनमा मेलबर्नका रिचमण्ड, साउथ ब्याङ्क, एब्बट्सफर्ड, सनशाइन नर्थ लगायत सहरको केन्द्रीय व्यापार इलाकामा अवस्थित घरहरूमा छापा मारिएको थियो।

वल्शका अनुसार भिक्टोरियामा हेरोइनको पुनरागमन भएको छ र यसका साथै हेरोइनको अत्यधिक सेवन अनि त्यस कारण मृत्यु हुने मानिसहरूको सङ्ख्यामा पनि वृद्धि भएको छ।

अस्ट्रेलियन बोडर फोर्सको भिक्टोरिया क्षेत्रीय कमान्डर क्रेग पाल्मरले कुनै पनि विमान सेवाका कर्मचारीहरू कानुन भन्दा माथि नरहेको तथा उनीहरूले लागु पदार्थ ओसार-पसार गरेको भेटिए कडा दण्डको भागी हुने बताएका छन्।

Heroin fentanyl pills.
Consumption of the highly potent opioid fentanyl has more than doubled in regional Australia. (AAP) Source: AAP

2 min read

Published

Updated




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now