SKIP TO MAIN CONTENT

इस्टर बिदाको बेला पेट्रोलको भाउ आकासिँदै

इस्टरको मुखैमा आएर अस्ट्रेलियामा पेट्रोलको भाउ आकासिएको छ।

Vast majority of Australians spent on petrol over the first weekend since coronavirus restrictions on essential travel were relaxed.
A man pumps petrol at a service station in Melbourne, Monday, Aug 27, 2012. (AAP Image/Julian Smith) NO ARCHIVING Source: AAP

2 min read

Published

Updated

By SBS Nepali

Source: SBS



Skip to article content

अहिले अस्ट्रेलियामा प्राय स्कुलहरू इस्टरका लागि बन्द भई सकेका छन्। आगामी शुक्रवारदेखि सुरु हुने इस्टर छुट्टीको मौका पारेर परिवार तथा साथीहरूसँगै कतै घुम्न जाने योजना बनाइरहनु भएको छ भने बजेट चाहिँ अलिक बढाउनु पर्ला है!

Great Ocean Road
(SBS) Source: SBS

अहिले, नोभेम्बर यताकै सबैभन्दा महँगो भाउमा अनलेडेड पेट्रोलको बिक्री वितरण भइरहेको बताइएको छ।

उक्त पेट्रोलको मूल्य औसतमा ३.५ सेन्ट प्रति लिटरका दरले अस्ट्रेलिया भर नै वृद्धि भएको अस्ट्रेलियन इन्स्टिट्युट अफ पेट्रोलियमले जनाएको छ। यसका साथै, अहिले अनलेडेड पेट्रोलको अस्ट्रेलियाभर औसतन मूल्य प्रति लिटर १.४५ डलर पुगेको छ।

क्रिसमस भन्दा अगाडी पेट्रोलको मूल्य १.३५ देखि १.५८ डलरको बिचमा थियो।

कम्सेकका वरिष्ठ अर्थविद् रायन फेल्स्म्यानका अनुसार यो छुट्टी अवधिभर नै अनलेडेड पेट्रोलको भाउ करिब १.५ डलरको हाराहारीमा रहनेछ।

उनको अनुसार मूल्य वृद्धि हुनुमा अस्ट्रेलियाको पेट्रोलजन्य इन्धनको मूल्यमा छुट हुने चक्रीय प्रणाली कारक रहेको छ।

“डिस्काउण्टिङ्ग साइकल” भनेर चिनिने उक्त मूल्य समायोजन चक्र अनरुप पेट्रोलजन्य इन्धनको भाउ तल माथि भई रहन्छ।

मूल्य वृद्धि हुनुको अर्को कारण भनेको काँचो तेलको मूल्य बढ्नु पनि एक हो।

पछिल्लो ६ हप्तामा तेल उत्पादन गर्ने प्रमुख राज्यहरूको सङ्गठन ओपेक तथा रुसले पेट्रोल उत्पादन घटाउने निर्णय गरेको थियो भने भेनेज्युएला, लिब्या तथा सुडानबाट वैश्विक बजारमा निर्यात हुने कच्चा तेलमा पनि कमी भएको थियो।

फेल्स्म्यानका अनुसार, यो वर्षको दोस्रो भागमा भने उपभोक्ताले केही राहतको महसुस गर्न सक्नेछन्।

“कच्चा तेल उत्पादन घटाउने साउदी अरबसँगको आफ्नो सम्झौताबाट रुस अलग हुन चाहे र अमेरिकीहरूले चट्टान मुनि ड्रिल गरेर निकाल्ने कच्चा तेलको मात्रा बढेमा तेलको भाउ घट्न सक्छ,” उनले बताए।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now