मोआमा र इचुकामा शनिबारदेखि सन् १९९३ को जस्तै बाढी आउन सक्ने: मौसम विज्ञान ब्युरो

यो अस्ट्रेलियामा हाल जारी बाढी सङ्कट बारे आज सन् २०२२ अक्टोबर २१ को विशेष सामाग्री हो।

AUSTRALIA-EMERGENCY-ENVIRONMENT-FLOODS

Emergency workers evacuate residents from flooded properties in Victoria on 14 October. Source: AFP / WILLIAM WEST/AFP via Getty Images

भिक्टोरिया र न्यु साउथ वेल्सको सीमामा रहेका इचुका, मोआमा, टरमब्यारी र बार्माह भएर बग्ने मर्री नदीमा ठूलो बाढी आएको छ।

भारी वर्षाका कारण गोल्बर्न र काम्पास्पी नदीको सतह छिटो बढे पछि बाढी आएको मौसम विज्ञान ब्युरोले बताएको हो।

"यो बाढी (गोल्बर्न र काम्पास्पी नदीको) र मर्री नदीमा मिसिए पछि इचुका र मोआमामा ठूलो बाढी आएको हो,मौसम विभागद्वारा सूचनामा भनिएको छ।

ब्युरोको अनुसार, शनिबार इचुका वार्फमा पानीको सतह बढेर सन् १९९३ को जस्तै - ९४.७७ मिटर पुग्न सक्ने छ। त्यस्तै, आइतबार र सोमबार यो सङ्ख्या बढेर ९५.० मिटर बढ्ने सम्भावना छ।

मर्री नदीको स्तर २८ देखि ३० अक्टोबर तिर सबैभन्दा उच्च हुने अनुमान छ।

बासिन्दाहरूले बेन्डिगो इमर्जेन्सी रिलिफ सेन्टर (बेन्डिगो शोग्राउन्ड्स)मा आवास पाउन सक्ने भिक्टोरियाको राज्य आपतकालीन सेवाको

भनाई छ।

इचुका इमर्जेन्सी रिलिफ सेन्टरमा (इचुका साउथ बास्केटबल स्टेडियम) रहेका मानिसहरूलाई बेन्डिगोमा सार्न सकिने पनि अधिकारीहरूले बताएका छन्।

इचुकाको काम्पास्पी नदीमा बाढी जारी रहेको हुनाले रोचेस्टरका बासिन्दाहरूलाई सुरक्षित उच्च स्थानमा या बेन्डिगो रिलिफ सेन्टरमा जान आदेश दिइएको छ।

"शुक्रबार र शनिबार मध्यम स्तरको बाढी आउने अनुमान छ। मर्री नदिका बाढीका कारण आउँदा दिनमा भने पानीको सतह बढ्न सक्छ," भिक्टोरियाली राज्य आपतकालीन सेवाले बताएको छ।

त्यस्तै, लडन, वियरदेखि केराङ लगायतका स्थानहरूमा बाढी आउन सक्ने चेतावनी जारी गरिएको छ।

"केरङ र आसपासका क्षेत्रहरूमा सन् २०११ को जनवरीमा आएको जस्तै बाढी आउने अनुमान गरिएको छ, तर तटबन्धभन्दा (बाढीको लाई सहर र मानव बसोबास रहेको स्थानमा पस्नबाट रोक्न बनाइएको संरचना) मुनि रहने छ।"

बार्माह, लोवर मोइरा, बनबर्था र केरङ लगायतका ग्रामिण नगरहरूमा आपतकालीन चेतावनी (इमर्जेन्सी वार्निङ्ग) जारी गरिएको छ। यसकारण ती स्थानका बासिन्दाहरूले अब उक्त ठाउँ छोडेर जान निकै ढिलो भइसकेको अधिकारीहरूको भनाई छ

मूरूप्ना, चार्ल्टन टाउन, मर्चिसन टाउनशिप, नथालिया र पिकोलामा "वाच एन्ड एक्ट" अर्थात् अवस्था हेरेर कदम चाल्नमानिसहरूलाई भनिएको छ

न्यु साउथ वेल्सको वोलोम्बी ब्रूक, लोवर हन्टर, हक्सबेरी नेपियन र कोलो नदीहरूमा शुक्रबार साँझदेखि आइतबारसम्म बाढी आउन सक्ने ब्युरोले बताएको छ।

उत्तर-पूर्वी नराब्री र टेरी हाइ हाइका बासिन्दाहरूलाई बाढीबाट बच्न उच्च स्थानमा जान न्यु साउथ वेल्सको राज्य आपतकालीन सेवाले आग्रह गरेको छ।

बराबा, ग्रेभसेन्ड, पलामलावा, याराम्यान ब्रिज र मुरीका बासिन्दाहरूलाई "वाच एन्ड एक्ट" अर्थात् अवस्था हेरेर कदम चाल्ने चेतावनी दिइएको छ।

"याराम्यानमा शनिबार ठूलो बाढी आउने सम्भावना छ," उक्त चेतावनीमा बताइएको छ।

थप वर्षाका कारण शनिबार र आइतबारको अवधिमा लक्लन नदीको सतह बढ्न सक्ने हुनाले मध्यम पश्चिमी न्यु साउथ वेल्सको सहर फोर्ब्सका बासिन्दाहरूलाई स्थितिको निगरानी गर्न आदेश दिइएको छ।

आपतकालिन अवस्थाबारे आधिकारिक रूपमा अद्यावधिक रहन न्यु साउथ वेल्स एवं भिक्टोरियाली एसईएसको वेबसाइटहरू हेर्नुहोस्।

ज्यानै जाने खतरापूर्ण अवस्थामा हुनुहुन्छ भने ट्रिपल जिरोलाई ००० मा फोन गर्नुहोस्। आँधी, हुरी बतास, असिना वा ढलेको रूखबाट प्रभावित हुनुभएको छ भने न्यु साउथ वेल्स वा भिक्टोरियाली एसईएसलाई क्रमशः १३२ ५०० वा १८०० २२६ २२६ मा फोन गर्नुहोस्।

दोभासेको आवश्यकता पर्छ भने ट्रान्सलेटिङ एन्ड इन्टरप्रेटिङ सर्भिसलाई १३१ ४५० मा बिना कुनै शुल्क फोन गरेर भिक् इमर्जेन्सी हटलाइनमा सम्पर्क गरिदिन भन्नुहोस्।

कान सुन्न गाह्रो छ वा सुन्ने शक्ति अति नै कम भएको छ अथवा बोलाई अस्पष्ट छ भने नेश्नल रिले सर्भिसलाई १८०० ५५५ ६७७ मा फोन गरेर भिक् इमर्जेन्सी हटलाइनमा सम्पर्क गरिदिन भन्नुहोस्।


Share

3 min read

Published

Updated

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now