भिक्टोरियाको कोरोना प्रतिबन्धबाट अस्ट्रेलियाको अर्थतन्त्र माथि पर्ने प्रभाव "गम्भीर"

कोरोना सङ्क्रमणको दोस्रो लहरलाई नियन्त्रण गर्न भिक्टोरियाले चालेको प्रतिबन्ध सम्बन्धी पछिल्ला र कडा कदमहरूको कारण समग्र राष्ट्र कै अर्थतन्त्रमा नकारात्मक असर पर्ने बताइएको छ।

A closed shop in Melbourne (file image)

Victoria's ramped-up coronavirus restrictions is expected to push up the jobless rate. (AAP) Source: AAP

मेलबर्नमा चौथौँ चरणको र रिजनल भिक्टोरियामा पुनः तेस्रो चरणको लकडाउन सुरु हुँदै गर्दा अस्ट्रेलियाका केही प्रमुख अर्थशाश्त्रीहरूले

कोरोना महामारी नियन्त्रण गर्न राज्य सरकारद्वारा चालिएका कडा कदमहरूले राष्ट्रिय अर्थतन्त्रमा नै क्षति पुग्ने अनुमान गरेका हुन्।

केपीएमजीका प्रमुख अर्थविद् ब्रेन्डन रीनका अनुसार ती लकडाउनका प्रभाव स्वरूप आर्थिक हिसाबले अस्ट्रेलियाको दोस्रो ठुलो राज्यले चालू अगस्ट महिनामा मात्र ८३ करोड डलर बराबरको उत्पादन घाटा बहन गर्नुपर्ने छ।

जुलाईको तुलनामा यो करिब २.५ प्रतिशतको ह्रास हो।

Construction worker
Source: AAP

तर, विशेष गरी निर्माण उद्योगले गर्ने काम आगामी दिनहरूमा सुक्दै गएर ठप्प भए आगामी महिना व्यापार घाटा अझ बढ्ने पनि उनले सङ्केत गरे।

"मैले गरेको हिसाब अनुसार हाल १३०,००० कामदारहरू यो चौथौँ चरणको प्रतिबन्धबाट प्रभावित भएका छन् किनकि उनीहरूले घरमा बसेरै कार्यसम्पादन गर्न मिल्दैन," डा रीनले एएपीलाई भने।

ती मध्ये लगभग ५०,००० भन्दा बढी मानिसहरू लकडाउन समाप्ति पछि पुनः काममा फर्किन असमर्थ हुनसक्ने बताइएको छ।

home builder package
New Home construction in growing subdivision Source: Getty Images

अस्ट्रेलियाको चार ठुला ब्याङ्कहरू मध्ये एक रहेको एएनजेडमा वरिष्ठ अर्थशास्त्रीको रूपमा कार्यरत क्याथेरिन बर्च डा रीनसँग सहमति राख्दै भन्छिन् कि सेप्टेम्बर त्रैमासिक अवधिमा राष्ट्रिय बेरोजगारी दर औसत रूपमा ८ प्रतिशत कायम हुनेछ जुन डिसेम्बर त्रैमासिक अवधिसम्ममा वृद्धि हुँदै ८.५ प्रतिशतसम्म पुग्न सक्छ।

रिजर्भ ब्याङ्कका गभर्नर फिलिप लाओ भने यो वर्षको अन्त्यसम्ममा देशको बेरोजगारी दर १० प्रतिशत पुग्न सक्ने बताउँछन्।

यद्धपी उनी यो पनि मान्न तयार छन् कि महामारीका कारण यस्ता प्रक्षेपणहरू सही नहुन सक्ने प्रशस्त मौका छ।

Unemployment is expected to peak at nine and a quarter per cent.
Unemployment is expected to peak at nine and a quarter per cent. Source: AAP

एएमपीका प्रमुख अर्थविद् शेन अलिभर पनि भिक्टोरियाले लिएको कडा प्रतिबन्धहरू सम्बन्धी निर्णयका कारण डिसेम्बर त्रैमासिक अवधिमा सकारात्मक आर्थिक वृद्धि हुने पूर्वानुमान सही नहुने धारणा राख्छन्।

"अर्थतन्त्र माथि थप प्रहार हुँदै गर्दा र बेरोजगारी दर बढ्दै गर्दा सरकारलाई अर्थव्यवस्था सुदृढ बनाउने नीति निर्माण गर्न थप दबाव छ," उनी भन्छन्।

"रिजर्भ ब्याङ्कले अगस्ट महिनामा आफ्नो मौद्रिक नीतिमा कुनै फेरबदल नगरेर आउँदा दिनमा ब्याज दर ०.१ प्रतिशतमा झार्ने सङ्केत दिएको छ।"

हाल अस्ट्रेलियाको आधिकारिक व्याज दर ०.२५ प्रतिशत रहेको छ र भिक्टोरियाले कडा प्रतिबन्धका कदम चाल्नु अघि ट्रेजरीले अस्ट्रेलियाको बेरोजगारी दर ९.५ प्रतिशत हुने पूर्वानुमान सार्वजनिक गरेको थियो।

शुक्रवार अस्ट्रेलियाको केन्द्रीय ब्याङ्कले मौद्रिक नीति सम्बन्धी आफ्नो त्रैमासिक विज्ञप्ति जारी गर्ने तयारी गरिरहेको छ।

Coronavirus Nepali Infographics
Source: SBS Nepali

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ। भेला हुने सङ्ख्या बारे तपाईँको राज्य वा प्रदेशमा हाल कायम व्यवस्था बारे जान्न थप जानकारी यहाँ उपलब्ध छ।

मेलबर्न महानगरीय क्षेत्रमा हाल चौथो चरणको प्रतिबन्ध लागू छ र त्यहाँका बासिन्दाहरूले प्रत्येक दिन बेलुकी ८ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म कर्फ्यु आदेशको पालना गरेर घरबाट निस्कन हुँदैन।  

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।

नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि तलको ब्यानरमा थिच्नुहोस्: 

88df8a89-2c04-41a7-baa8-58337fe4219c


Share

3 min read

Published

Source: AAP




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now