SKIP TO MAIN CONTENT

अस्ट्रेलियाको महँगो उच्च शिक्षाका लागि शिक्षा ऋण

उच्च शिक्षा हासील गर्न अस्ट्रेलिया विश्वकै महँगो देशहरु मध्येको एक रहेकोले यहाँ उच्च शिक्षा हासील गर्न योग्य बिद्द्यार्थीहरु मध्ये ९० प्रतिशतले बिश्वबिधालयमा पढ्नकै लागि पनि ऋण लिने गरेको तथ्यांक रहेको छ।

Graduates
Graduates Source: AAP

3 min read

Published

Updated

By Audrey Bourget

Presented by SBS Nepali

Source: SBS



Skip to article content

बिद्द्यार्थीहरुलाई पढाई खर्चमा सघाउ पुर्याउने उद्देश्यलेनै विभिन्न ऋण तथा छात्रवृत्तिको व्यवस्था पनि अस्ट्रेलियामा गरियको छ ।

शैक्षिक खर्चलाई हेर्ने हो भने सामान्यतया तीन बर्षको स्नातक तहकोलागि बिद्द्यार्थीहरुले ३२ हजार डलरसम्म खर्च गर्नु पर्दछ ।  धेरैले यो रकम आफ्नै खल्तीबाट निकाल्न सक्दैनन्।

ग्राटन इन्स्टिच्युटका उच्चा शिक्षा कार्यक्रमका निर्देशक यन्ड्रयु नोर्टन बताउछन बिद्द्यार्थीहरुका अगाडी दुईवटा, कमनवेल्थ सहयोग (CSP ) या पुरा शुल्क भुक्तान स्थानको प्रस्ताब राखिन्छ।

उनका अनुसार "कमनवेल्थ सहयोग स्थान भनेको बिश्वबिधालयहरुको यस्तो स्थान हो जहा संघिय सरकारद्वारा आर्थिक सहायता प्रदान गरिन्छ, र त्यो सहायताको दायरा कानुन अथवा ब्यापार सम्बन्धि डिग्री लिन, मात्र २ हजार डलर देखि मेडिसिनका लागि २० हजारसम्म प्रदान गर्ने रहेको छ। यसको मतलब यी कोर्सका लागि पुरा शुल्क तिर्नुभन्दा सस्तो हुन्छ।"

उच्चा शिक्षा ऋण कार्यक्रम (HELP) अन्तर्गत चार प्रकारका ऋण योजना रहेका छन्। जसमध्य मुख्य र सबैभन्दा लोकप्रिय भनेको हेक्स- हेल्प (HECS-HELP)हो।

यस योजनामा अस्ट्रेलियाका नागरिकहरुले सरकारबाट उच्चा शिक्षाका लागि ऋण सहयोग लिन सक्छन । र निश्चित आम्दानि गरिसकेपछि बिद्यार्थीहरुले उक्त रकम तिर्न सुरु गर्नुपर्छ।

यन्ड्रयु नोर्टन भन्छन यो योजना अहिले सम्म ५६ हजारसम्मको भएपनि आगामी आर्थिक वर्ष पछी यो झरेर ५२ हजार डलर हुनेछ।

साथमा जुन महिनाको अन्त्यसम्म यो ऋण सहयोग लिएर अस्ट्रेलिया बाहिर बसोबास गर्नेहरुले सरकारलाई तिर्नु नपर्ने नियम भएकोमा आगामी आर्थिक वर्षपछी जहा रहेपनि निश्चित आम्दानि पश्चात अस्ट्रेलियन डलरमा रुपान्तरण गरेर तिर्नु पर्नेछ।

हेक्स बाहेक पनि बिद्द्यार्थीको सहयोग गर्न अन्य तीनवटा ऋण लिने ब्यबस्था रहेको छ, जस मध्ये  फि- हेल्प, यसए-हेल्प र ओयस-हेल्प पर्दछन।

यन्ड्रयु नोर्टनका अनुसार फि-हेल्प (FEE-HELP) पुरा शुल्क भुक्तानी स्थानमा रहेका बिद्ध्यार्थिहरुका लागि हो, जो बिशेष गरि निजि सेवा प्रदायकहरुबाट स्नातकोत्तर तहको शिक्षा हासील गर्न चाहन्छन।

त्यस्तै यसए-हेल्प ( SA-HELP) शैक्षिक सेवा बाहेकका बिद्ध्यार्थि सुविधाहरु तिर्नका लागि प्रयोग गरिन्छ, जसमा प्रत्येक बिश्वबिधालयले ३ सय डलर लिने गर्दछन।

ओयस-हेल्प (OS-HELP) अन्तर्गत बिदेशी विश्वविद्यालयबाट एक सेमेस्टर पढ्न इच्छुकहरुको लागि हो।

कमनवेल्थ सहयोग सियसपी अस्ट्रेलियाका स्थाई बासिन्दा र नागरिकले पाएता पनि हेल्प ऋण योजना अस्ट्रेलियन नागरिकता भएकाहरुको लागि मात्र उपलब्ध छ।

यसरि हेल्प ऋण अस्ट्रेलियन नागरिकलाइ मात्र दिईदा अस्ट्रेलियन नागरिकता नलिएका स्थाई बासिन्दाहरुलाई घाटा हुने नोर्टन बताउछन।

यो ब्यबस्थाबाट शरणार्थी र शरणको खोजीमा रहेकाहरु जो अस्थाई संरक्षण भिसामा रहेका छन् उनीहरुलाई सरकारी सहयोग बिना शिक्षाको पहुच पाउन धेरै गाह्रो हुने देखिन्छ।

शरणार्थी काउन्सिलका टिम ओ'कनर उनीहरुलाइ शिक्षा दिलाउनका लागि विभिन्न विश्वविद्यालयहरुमा छात्रबृत्तिलागि काम गरिरहेको बताउछन ।

अहिलेसम्म उनीहरुले अस्ट्रेलिया भरिका १४ वटा विश्वविद्यालयहरुमा कार्य गरिरहेका छन्।

 बिद्द्यार्थी ऋण योजनाहरुको बारेमा थप जानकारी तलको लिंकमा उपलब्ध छ।

(http://studyassist.gov.au/sites/studyassist/helppayingmyfees).

शरणको खोजीमा रहेका र शरणार्थीहरुको लागि उपलब्ध छात्रवृत्तिका बारेमा थप जानकारीका लागि तलको शरणार्थी काउन्सिलको वेब साइटमा क्लिक गर्नुहोस।

https://www.refugeecouncil.org.au/ourwork/scholarships-people-seeking-asylum-refugees/

अन्य उपयोगी लिंकहरु

Study Assist - Help paying my fees http://studyassist.gov.au/sites/studyassist/helppayingmyfees/pages/help-paying-my-fees

Scholarships for asylum seekers and refugees https://www.refugeecouncil.org.au/ourwork/scholarships-people-seeking-asylum-refugees/

New HELP overseas obligation https://www.ato.gov.au/Individuals/Study-and-training-support-loans/Overseas-repayments/

Universities Australia https://www.universitiesaustralia.edu.au/

Two refugees become inaugural winners of university scholarship

 

 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now