SKIP TO MAIN CONTENT

एकै बैठकमा नेपाल, चीन र भारत

(From right) Chinese President Xi Jinping, Prime Minister Pushpa Kamal Dahal, Sita Dahal and Indian Prime Minister Narendra Modi in a meeting at Goa on Saturday, October 15, 2016. Photo Courtesy: Prakash Dahal
Source: Getty

1 min read

Published

Presented by SBS Nepali

Source: SBS


Skip to article content

भारतको गोवामा आयोजित ब्रिक्स सम्मेलनमा सहभागी फर्केका प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भ्रमण अत्यन्तै उपयोगी भएको बताएका छन् । त्रिभुवन विमानस्थलमा ओर्लेपछि पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले उक्त अभिव्यक्ति दिएका हुन्।

उनले चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग एकसाथ भएको भेटलाई संयोग मात्रै भएको बताएका छन् । आफू एउटा कार्यक्रममा जानको लागि कुर्दै गर्दा चिनियाँ राष्ट्रपतिसँग भेट भएको उनले बताएका छन् । भेटमा उनले चिनियाँ राष्ट्रपतिसँग नेपाल भ्रमण र नेपालको विकास, संविधान लगायतको विषयमा कुरा भएको र यो भेट पूर्वनिर्धारित नभएकाले खुलेर कुरा गर्न मिलेको उनले बताए।

दुई नेताहरु बीच छलफल हुदै गर्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि आइपुगेका थिए।

तीन जनाको भेटमा त्रिपक्षीय कुरा भएको प्रधानमन्त्री दाहालले दाबी गरे । आफ्नो लागि मात्र नभएर, पुरै नेपालको लागि यो त्रिपक्षिय बैठक सकारात्मक रहेको उनले आश्वाशन दिए।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now