हुन पनि हो, बनाएको रनको आधारमा हार-जीत हुने यस खेलमा दुवै टोली न्यु जीलैण्ड र इंग्लैण्डले बराबर रन बनाएका थिए।
त्यसपछि खेलिएको सुपर ओभरमा पनि फेरी अचम्मै तरिकाले बराबर रन बनेको थियो।
केही सीप नलागे पछि, अन्त्यमा क्रिकेट प्रशासक, आईसिसिको नियम अनुसार-इंग्लैण्डलाई विजेता तोकियो।
तर्क थियो- इंग्लैण्डले आफ्नो विपक्षी भन्दा बढी ४ र ६ रन- खेल सीमा पार गरी बटुलेको छ।

तर अहिले आएर इंग्लैण्डलाई एक रन बढी अम्पाएरको गल्तिले गर्दा पाएको चर्चा चलिरहेको छ।
न्युजीलैण्डका मार्टिन गप्टिललेले फालेको बल बेन स्टोक्सलाई लागि सीमा पार भए पछि इंग्लैण्डले जम्मा ६ रन पाएको थियो, ४ रन सीमा पार भएकोमा र अर्को २ उनीहरूले कुदेकोमा।
तर नियम अनुसार, गप्टिलले बल फाल्दा दुई ब्याट्सम्यानहरूले दोस्रो रन लिन भ्याई सकेका थिएनन्, त्यही भएर उनीहरू कुदेको एक रन मात्र गनिनु पर्थ्यो।
त्यो गल्ती नभएको खण्डमा न्यु जीलैण्डले इंग्लैण्डलाई एक रनका आधारमा जित्ने मौका पाउँथ्यो।
यस विषयमा प्रतिक्रिया दिँदै न्युजीलैण्डका क्याप्टेन केन विलियमसनले जे हुनु भई सक्यो भन्दै आफूलाई उक्त नियमको बारेमा थाह नभएको बताए।
यो जितसँगै इंग्लैण्ड पहिलो चोटि विश्व-विजेता बनेको छ।
