भिक्टोरियामा आज रातीबाट लकडाउन

भिक्टोरियामा होटेल होलिडे इन बाट फैलिएको सङ्क्रमण नियन्त्रण भित्रै राख्न आज रातिबाट लागु हुने गरी ५ दिने लकडाउनको घोषणा गरिएको छ ।

Fears some businesses will not survive Victoria's fourth lockdown

Source: SBS/Aaron Wan

शुक्रवार राति १२ बजे देखि लागु हुने गरी राज्य पाँच दिने लकडाउनमा जाने त्यहाँका प्रिमीयर ड्यानिएल एन्ड्रीउजले बताएका छन् ।

“भिक्टोरीयालीहरु यस अघि पनि यो अवस्थाबाट गुज्रिसकेका छन् ,जनतालाई थाहा छ यो रणनीतिले काम गर्दछ ।” उनले भने ।

“मलाई थाहा छ यो समाचार भिक्टोरीयालीहरुले आज सुन्न चाहेका थिएनन्, यो स्थानमा हामी आउन चाहेका थिएनौ,हामीले बनाएको कुरालाई यथावत् राख्न हामीले यो निर्णय गर्नै पर्छ ।” प्रिमीयरले भने ।

लकडाउनका दौरान,विद्यालय र अति आवश्यक बाहेकका  पसलहरू बन्द रहनेछन् । 

मेलर्वन क्षेत्र गत अगस्ट महिनामा भएको लकडाउनको जस्तै अवस्थामा रहने भएको छ ।

रेस्टुरेन्ट लगायतका आतिथ्य क्षेत्रका सेवाहरू टेक–अवे सेवामा मात्र सीमित हुनेछन् ।

घर छाड्नका लागि चार निर्दिष्ट कारणहरू हुनु पर्नेछन् – आवश्यक सामाग्रीको किनमेल, हेरचाह, दिनको दुई घण्टा व्यायामका र घरबाटै काम वा पढाई गर्न नमिल्ने अवस्थामा मात्र घर बाहिर निस्कन पाइनेछ । 

धार्मिक एवम् भेला एवम् सेवाहरू बन्द रहनेछन् भने अन्तिम संस्कारमा १० जना मानिस मात्र भेला हुन पाउनेछन् । 

होलिडे इन होटेल सँग सम्बन्धित सङ्क्रमितको सङ्ख्या १३ पुगेपछि अन्य क्षेत्रमा पनि सङ्क्रमणको जोखिम बढ्ने भन्दै शुक्रवारको मन्त्रीपरिषदबाट उक्त निर्णय भएको हो ।

बेलायती नयाँ भाइरस तीव्र गतिमा बढिरहेकाले पुरै भिक्टोरिया जोखिममा रहेको त्यहाँका प्रिमीयरले बताए । 

“हामीले कुनै एक व्यक्तिमा सङ्क्रमण भएको नतिजा नपाउँदै उसले आफ्ना नजिकका मानिसहरूलाई सारिसकेको हुन्छ ।” प्रिमीयरले भने ।

प्रधानमन्त्री स्कट मोरीसनले सङ्क्रमणलाई मध्यनजर गदै उपयुक्त कदम चाल्न आग्रह गरेपछि राज्यको मन्त्रीपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

 


Share

Published

Updated

By SBS News
Presented by SBS Nepali
Source: SBS

Share this with family and friends


Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand