SKIP TO MAIN CONTENT

अस्ट्रेलियामा जातीय समुदाय र अन्तर्राष्ट्रिय विद्यार्थीहरू महामारीबाट अरूभन्दा बढि पिडित

यो कोभिड-१९ सम्बन्धि साप्ताहिक अस्ट्रेलियाली अपडेट हो।

NSW CORONAVIRUS COVID19
A worker wearing a mask wipes down a public bench at a train station in Sydney. Source: AAP / PAUL BRAVEN/AAPIMAGE

3 min read

Published

Updated

Source: SBS



Skip to article content

मुख्य विषयहरू:

  • टीजीएद्वारा १२ देखि १७ वर्ष उमेर समूहका लागि बुस्टर खोप स्वीकृत
  • वेस्टर्न अस्ट्रेलियाले यस महिनाको अन्त्यसम्म चार वटा पीसीआर परीक्षण केन्द्रहरू बन्द गर्ने
  • लगातार ८ हप्ताका लागि विश्वव्यापी साप्ताहिक कोभिड-१९ सङ्क्रमणमा कमी

कोभिड-१९ महामारीको प्रभाव सबैभन्दा धेरै अग्रपङ्क्तिका कर्मचारी, महिला, बालबालिका, वृद्ध हेरचाहका बासिन्दा, अशक्तता भएका मानिसहरू, जातीय समुदाय र अन्तर्राष्ट्रिय विद्यार्थीहरू माथि पारेको एक स्वतन्त्र समीक्षाले जनाएको छ।

"सरकार र सरकारी कर्मचारीहरूले अनिश्चितताको आधारमा निर्णयहरू लिइरहेका थिए। त्यसबेला अझ प्रभावकारी निर्णय लिन सकिन्थ्यो भनेर कुनै सदस्यले पनि विश्वस्त भएर भन्न सक्दैनन्," उक्त रिपोर्टमा उल्लेख गरिएको छ।

"तर फर्केर हेर्दा, केही प्रमुख गल्तीहरू भएको हामी देख्न सक्छौँ।"

समीक्षाको रिपोर्टमा बताइएको छ कि सरकार र व्यवसायहरूले त्यसबेला निष्पक्ष र न्यायोचित रूपमा आर्थिक सहयोग प्रदान गर्नु पर्ने थियो।

त्यस्तै, लकडाउन र सीमा बन्दीहरू कम गरी, विद्यालयहरू सञ्चालित राखेर, वृद्ध अस्ट्रेलियालीहरूलाई थप सुरक्षा दिइनु पर्ने पनि रिपोर्टले बताउँछ।

"आप्रवासी र अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई आर्थिक सहयोग नदिँदा मानिसहरू जोखिममा पर्दछन्," रिपोर्टमा उल्लेखित छ।

"दुर्गम आदिवासी र टोरेस स्ट्रेट आइल्यान्डर समुदाय र नयाँ आप्रवासी तथा युद्धग्रस्त देशहरूबाट हालै आएका थुप्रै शरणार्थीहरू बस्ने क्षत्रमा प्रहरी र सेना तैनाथ गर्नु पनि उत्पादक थिएन।"

जनवरी २०२२ सम्म कोभिडका कारण ज्यान गुमाएका मानिसहरू मध्य अस्ट्रेलियामा जन्मिएकाहरूको तुलनामा अन्य देशमा जन्मिएका मानिसहरूको सङ्ख्या झन्डै तीन गुणा बढी थियो।

"बेलायतमा जन्मिएका मानिसहरूको मृत्युदर अस्ट्रेलियामा जन्मिएकाहरूको जस्तै थियो। तर विश्वको मध्य पूर्वी क्षत्रमा जन्मिएका मानिसहरूको मृत्युदर १२ गुणा बढी थियो," रिपोर्टले बताउँछ।

यस रिपोर्टले चिन्ताजनक विषयहरू उल्लेख गरेको, र भविष्यमा लेबर सरकारले कुनै राष्ट्रिय अनुसन्धान गरेमा यसको प्रयोग गरिने प्रधानमन्त्री एन्थनी एल्बनिजीले बताए।

"हामीले महामारीबाट पाठ सिक्नु पर्दछ," उनले पत्रकारहरूलाई बताए।

उक्त रिपोर्ट एन्ड्रु फरेस्टको मिन्डरू फाउन्डेसन, पल राम्से फाउन्डेसन र जोन एन्ड मिरियम वाइली फाउन्डेसनको आर्थिक सहयोगमा तयार पारिएको हो।

कोभिड-१९ सङ्क्रमित अस्ट्रेलियालीहरूले ३१ डिसेम्बरसम्म कुनै पनि जीपी वा अन्य चिकित्सकहरूले प्रदान गर्ने टेलिहेल्थ सेवाका लागि मेडिकेयर छुटहरू पाउन सक्ने अस्ट्रेलियन मेडिकल एसोसिएसनले बताएको छ।

थेराप्युटिक गुड्स एडमिनिस्ट्रेशन (टीजीए)ले मोडर्नाको कोभिड-१९ खोपलाई १२ देखि १७ वर्ष उमेर समूहका लागि बुस्टर खोपको रूपमा प्रयोग गर्न अस्थायी अनुमति दिएको छ।

सङ्घीय स्वास्थ्य मन्त्रीबाट यसको अन्तिम स्वीकृति लिनु अघि अस्ट्रेलियन टेक्निकल एडभाइजरी ग्रुपले उक्त बुस्टर खोपको फाइदा बारे मूल्याङ्कन गर्ने बताइएको छ।

वेस्टर्न अस्ट्रेलियाले पीसीआर परीक्षणको घट्दो मागका यी परीक्षण केन्द्रहरू अक्टोबरको अन्त्यसम्म बन्द गर्ने भएको छ - राकिंगह्याम जेनेरल हस्पिटलको सार्वजनिक ड्राइभ-थ्रू क्लिनिक, रोयल पर्थ हस्पिटलको पैदल जानुपर्ने क्लिनिक र ब्रूम हेल्थ क्याम्पस तथा बन्बरी हेल्थ क्याम्पसका क्षत्रिय क्लिनिकहरू।

लगातार ८ हप्ताका लागि विश्वव्यापी साप्ताहिक कोभिड-१९ सङ्क्रमणमा कमी आएको विश्व स्वास्थ्य सङ्गठनका निर्देशक-जेनेरल डा. टेड्रोस अधानोम गेब्रेयससले बताएका छन्।

यद्यपि, कोभिड अन्तर्राष्ट्रिय सार्वजनिक स्वास्थ्य आपतकालीन विषय रहन जारी रहेको उनको भनाइ छ।

जर्मनी, फ्रान्स, चीन, इटाली र अमेरिकामा सबैभन्दा धेरै सङ्क्रमणहरू पुष्टि भएका छन्।

प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू

ऱ्यापिड एन्टीजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्

६० वटाभन्दा बढी भाषामा समाचार र जानकारी यहाँ उपलब्ध छ sbs.com.au/coronavirus


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now